गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, December 21, 2010

धर्ती टेकी जुन टिप्दा झेल गर्‍यो जिन्दगी ले

रचना २०६७ पौष ७

धर्ती टेकी जुन टिप्दा झेल गर्‍यो जिन्दगी ले
आफु सँग आँफैले खेल गर्‍यो जिन्दगी ले ।

हाँसो बोकी मायाँ बाँड्ने कमलो त्यो मन मा
सुख्ख सँङ्ग दुख्ख रोपी खेल गर्‍यो जिन्दगी ले ।

सस्तो राम्रो बलियो भनी भनी शहर मा
दुनियाँ लाई ढाँटी किन मोल गर्यौ जिन्दगी ले ।

कहिले आधा कहिले पावा काँटा मिलाएर
तराजुमा दुख्ख राखी तोल गर्यो जिन्दगी ले ।

बिपत्तिमा आपत पर्दा मन बाँधी बाँधी
खडेरिमा बाढी आउँदा खोला तर्यो जिन्दगी ले ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

सिनो सँङ्ग ब्वाँसा बन्दै किन जिउछन मान्छे हरु

रचना २०६७ पौष ७

सिनो सँङ्ग ब्वाँसा बन्दै किन जिउछन मान्छे हरु
मृत्‍यु सँङ्ग डराउँदै किन रुन्छन मान्छे हरु ।

यौबन को प्यासी मन भुलाएर यतै त्यतै
रात सित बैश किनी किन जिउँछन मान्छे हरु ।

उज्यालोमा नचिने झै गर्छन् तिनै पुरुष हरु
साँझ पछी मेरै जोबन किन पिउँछन मान्छे हरु ।

यस्तो लाग्छ अभाबमा फाटेको त्यो तन लाई
ओल्टै पोल्टै एकान्तमा किन सिउँछन मान्छे हरु ।

मेरो लागि जल्न तयार हिजोका ति मर्द हरु
उमेर ढल्दा तिनै आज किन हिउँ छन मान्छे हरु ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, December 16, 2010

उडी जाने बतास हरु बादल लिएर आउ

रचना २०६७ पौष ०२

उडी जाने बतास हरु बादल लिएर आउ
सावने झरी हरु मलाई भिजाएर जाउ ।

थाकेको छु म कुर्दा कुर्दै तिमी लाई
आएर तिमी तिर्खा मेटाएर जाउ ।

रुखे का यिनै मेरा मन हरु लाई
मौसमी बषन्त उपहार दिएर जाउ ।

म भोको छु यसै नपाइ प्रेम तिम्रो
लागेको प्यास जवानी को मेटाएर जाउ ।

खुशी हरु रहर हरु लिएर आउ तिमी
म कुर्छु सडक मा सँधै भेटएर जाउ ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

चडेर सोला चितामा,भन्दै थि उनी अस्ती

रचना २०६७ पौष ०२

चडेर सोला चितामा,भन्दै थि उनी अस्ती
मरेर फेरी जिउछु रे,भन्दै थि उनी अस्ती ।

चुसेर रस फुलको,बाटो मा मैले फ्याँके रे
ओइलेर सही जिउछु रे,भन्दै थि उनी अस्ती ।

गरेको भुल दुबै ले,लगाउँदै दोस मलाई
स्वार्थी लाई भुल्छु अबत,भन्दै थि उनी अस्ती ।

घरी घरी जिउँदै मार्यौ,चोखो मायाँ लाउँदा
नखाएको बिष लाग्यो,भन्दै थि उनी अस्ती ।

न मेटिने दाग मनको,बात उसलाई लाएँ रे
तिमी बिना नै बाँच्छु अब,भन्दै थि उनी अस्ती ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

आउने रहर कहाँ थियो परदेश मा मलाई

२०६७ पौष ०१

आउने रहर कहाँ थियो परदेश मा मलाई
खोला तरी डाँडै काट्नु परदेश मा मलाई ।

दु:ख सङ्ग आँशु भएनी आफ्नै आँगन प्यारो
हाँस्ने मन ठ्याक्कै छैन परदेश मा मलाई ।

न जाउ भनी बाटो छेक्थ्यौ अस्रुधारा झार्दै
सम्झिएर छाती पोल्छ परदेश मा मलाई ।

न्यानो काख न्यानो हात न्यानो रात छाडी
चिस्यानिमा सताउँदै छ परदेश मा मलाई ।

आकाश छुने रहर बोकी सुन टिप्न आउँदा
गरिबीले गिज्याउँदै छ परदेश मा मलाई ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, December 15, 2010

जोडेर तोड्नु परे नाता,न लाएकै बेस

रचना २०६७ पौष १
गजल

जोडेर तोड्नु परे नाता,न लाएकै बेस
कफन दिने खुनी मायाँ,न लाएकै बेस ।

दुखी दुखी तिमी सँङ्ग,रम्नु भन्दा बरु
ढुङ्गा माथि मुटु राखी,न हाँसेकै बेस ।

किन रम्नु दुई दिने,राम छायाँ मात्र
रात डाकी जोबन यो,न साँचेकै बेस ।

फुल्न नपाई कोपिला मै,टिपी चुड्नु भन्दा
ओइली झर्ने फुलको थुङ्गा,न गाँसेकै बेस ।

जाली कुरा जाली मायाँ,गरी मार्छौ भने
तिम्रो हातको अमृत पनि न पिएकै बेस ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Friday, December 10, 2010

मैले रुँदा आकाश जस्तो तिमी कहाँ रुन्छौ

गजल रचना २०६७ मंसिर २५


मैले रुँदा आकाश जस्तो तिमी कहाँ रुन्छौ
धर्ती जस्तो शित् पोखेर तिमी कहाँ रुन्छौ ।

पत्थर को न पर्यौ तिमी कहाँ पग्लिन्थ्यौ र
छाती भित्र बिझाउने मन भए पो रुन्छौ ।

निल्काँडा को काँडा जस्तो घोच्ने तिम्रो बानी
ठेस लाग्दा कठै गर्ने तन भए पो रुन्छौ ।

बन जलेर खाग हुँदा निस्ठुरी त्यो मन लाई
न्याउल रुँदा सङ्गै रुने दिल भए पो रुन्छौ ।

हुनु पर्छ तिमी भित्र प्रिती गाँस्ने मुटु
बिछोडको पिडा तिम्लाई था भए पो रुन्छौ ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, December 8, 2010

न चाहेरै कती कुरो,हुँदो रैछ जिन्दगीमा

गजल रचना २०६७मंसिर्२२

न चाहेरै कती कुरो,हुँदो रैछ जिन्दगीमा
शिर माथि पिर पनि,फुल्दो रैछ जिन्दगीमा ।

फुल मात्र जिबन ठान्थे,हाँशो हुँदा खेरी
बल्ल आज थाहा पाएँ,काँडा जिन्दगीमा ।

कथा केहो ब्यथा केहो,थाहै थिएन हिजो
आँशु पनि हुँदो रैछ,रुँदा जिन्दगीमा ।

दुख्खै मात्र भोग्नु रैछ,अझै के छ बाँकी
पाप धर्म बाँकी होला,देखन जिन्दगीमा ।

लेखिएर न मेटिने,आफ्नै रैछ कथा
घाम पानी सँङ्गै हुने,यात्रा जिन्दगीमा ।

अर्पण तामाङ (योन्जन)
तरहरा- सुनसरी
हाल दोहा कतार

हाँसेरै आँशु टर्ने भए,दुखे पनि हाँसी दिन्थे

गजल रचना २०६७ मंसिर २२

हाँसेरै आँशु टर्ने भए,दुखे पनि हाँसी दिन्थे
बिना फुलको माला भए,मनैले बरु गाँसी दिन्थे ।

सारंङ्गिमा रेट्दा जिबन,पिर सबै भुल्ने भए
गाइने दाइको हत्केलामा,जिबन बरु राखी दिन्थे ।

छाती पिटी कहाँ रुनु,दुख्ख पर्‍यो भनी मलाई
दुनियाँमा मिल्ने भए,पिर सबै साटी दिन्थे ।

भाकल गरे भए भर्को,घुस चढाई मन्दिरमा
स्वार्थी मनले हुने भए,देवता लाई ढाटी दिन्थे ।

सबै समान किन हुन्न टेक्ने धर्ती एउटै हुँदा
सन्सार सुखी हुने भए आफ्नै शिर काटी दिन्थे ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Monday, December 6, 2010

नमेटुन्जेल प्यास दिल्को भेट्थी हिजो अस्ती

गजल मिती २०६७ मंसिर २०

नमेटुन्जेल प्यास दिल्को भेट्थी हिजो अस्ती
बैगुनी ले गुन्ले तिर्छु भन्थी हिजो अस्ती ।

तिम्रो हात्ले दियौ भने बिष पनि सबै
हाँसी हाँसी पिइ दिन्छु भन्थी हिजो अस्ती ।

धेर भयो कि थोर भयो मेरो मायाँ कुन्नी
मेरो घरको बलेसिमा धाउँथी हिजो अस्ती ।

धाउनै छाडि आउनै छाडि पँधेरिमा पनि
मिर्मिरे मै घैला सङ्ग आउथी हिजो अस्ती ।

ऐँचो पैँचो पिरति मा न पाउँदा तिनै
सावाँ ब्याज सबै तिर्छु भन्थी हिजो अस्ती ।

अर्पण तामाङ (योन्जन)
तरहर-२ सुनसरी
हाल दोहा कतार

Sunday, December 5, 2010

म र मेरो इतिहाँसले ।।।

कविता मिती २०६७मंसिर १९

भञ्ज्याङमा भारी बोक्तै
जिन्दगीले उकालो चड्दा
मनको बिसौनिमा
खकन उभ्याउँछु म!
साँगुरिको उकालोले मलाई
घसेट्न सम्म घसेटेको छ !
लुमघाट को गर्तिरले
खिच्न सम्म खिचेको छ !
अनी त दौराको फेर समातेर
फाटेको टोपिले पसिना पुच्दै !
देउरालीको बरमा
सुइया........सुशेल्छु र थ्याच्छ बस्छु
भारिको जुइना कस्दै
र....! म.....!
आफ्नो ढाकर बिसाउँछु !
नियम र नियतिको
जिन्दगीको बक्र रेखा ठान्दै ।

बिकासले आकाश छोयो भन्छन सबै
खकन भिर्ने उकाली हरुमा
मटर हरु गूड्न थाल्यो
भाई भतिजा मुग्लान पसे
छिमेकी हरु !अरब छिरे
हुनेखाने हरु !
अलिक परै पुग्योरे !
अनी मेरो ..........!
दौरा फेरियो/मेरो ढाकर फेरियो
कालेटी परेका मेरो कुर्कुच्चा हरुको !
काचुली हरु फेरियो !
मेरो बैश फेरिएर
ऐना सामु आँफै उभिदा
चाउरी परेर अनुहार फेरियो
फेरिएन त केवल ........!
नुनको भारी/म/ साँगुरी डाँडा/ र लुमघाट को गर्तिर
सधैं.....उस्तै.....उस्तै.....
निरवत....निरवत....निरवत....!

त्यसो त उ बेला खबर हरु सुन्न
मुखियाकोमा भेला हुने गर्थ्यौ हामी
तर आज ......!
मेरो दौराको तुनामा झुन्डिने
सानो एफ.एम रेडियो साथी भएको छ
उकाली ओराली र भञ्ज्याङ धाउँदा
देश बिदेशको खबर सुनाउने भएको छ
र अनी एक अर्कामा हामी
उ मेरो र म उस्को साथी भएको छु !
र......देशमा यस्तो भएछ आजकाल
देश लाचार बनेर
ब्यथिती जनता हरुको
मस्तिक हरु थाकेर
मन हरु गलेछन ।
तेरो मेरोको प्रतिबिम्ब बाट
टुक्क्रिएको देशको
ऐना देखिदैछ ।
त्यहाँ म उभिएको छु/छौ
अनी देख्दैछु/छौ
आँफै लुटिएको
आँफै टुक्क्रिएको
आँफै भात्किएको
अनी राष्ट्रियता छिन्न भिन्न भएर
छात्तिमा देश दुख्दै !
आँखामा कालो पट्टी बाँधेर
मुक दर्शक भएका छौ
र एउटा नाटक मन्चन हुँदै छ
आफ्नै अस्तित्वको बलात्‍कृत द्रिस्य
बानेश्वरमा !
नाटक को नाम
इतिहाँसको कलङ्क ।
बश.....यती मात्र...भोगेको छ ।
म र मेरो इतिहाँसले ।।।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Saturday, December 4, 2010

धाउदिन डाँडा पारी आफ्नै कुवा खन्छु

गजल

धाउदिन डाँडा पारी आफ्नै कुवा खन्छु
तिर्खा लागे पानी पिउने मन्को कुवा खन्छु ।

आफ्नो जस्तो हुन्न रैछ अर्कै को खोलो
आँगनिको माझेरिमा तन्को कुवा खन्छु ।

आफ्नो भन्नु आफनै रैछ हिउँद सुके पनि
जसो तसो दु:ख परे बरु बलेसिमै खन्छु ।

धर्य गरी आशा गरे हुँदो रैछ एक दिन
अनी पनि हुन्न भने बरु इनार खन्छु ।

कसो मायाँ नपलाउलात मन्को पधेरिमा
आशा गरी जुनि जुनि त्यही मन खन्छु ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, December 2, 2010

दुइ दिनको मात्र भए

गजल रचना २०६७मंसिर १६

दुइ दिनको मात्र भए डेरा सरे हुन्छ
चोट दिने मन भए अन्तै सरे हुन्छ ।

साधन होइन मेरो मायाँ लीलाम गरी बेच्ने
पैसा राखी तराजुमा अन्तै किने हुन्छ ।

भमरा झैँ डुल्ने भए फुल छानी छानी
जता पाउँछौ रस मिठो उतै घुमे हुन्छ ।

मेरो मायाँ प्यासी दिल्को प्याला पनि होइन
बजारमा मिल्छ होला त्यतै चुमे हुन्छ ।

मात लाग्ने नसा होइन रात डाकी डाकी
जता भेट्छौ रँगी चँगी उतै झुमे हुन्छ ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, December 1, 2010

बिछट्ट मायाँ,लाएँको थिए

गजल रचना मिती २०६७मंसिर १५

बिछट्ट मायाँ,लाएँको थिए,उसलाई सस्तो भो
जुनैको सामु,जोबन साट्दा,यौबन सस्तो भो ।

माग्दथिन मलाई,जुनेली रात,कोशेली भनेर
दिएथे मैले,उसैको लागि,त्यै रात सस्तो भो ।

लिदिन भन्दा,दिएर मुटु,बसाइ सरेछिन
नलाको चोट,दुखेर घाऊ,आघात सस्तो भो ।

भरोसा गरे,आँफै लाई बिर्सें,पल्भरको हेराइमा
चुराइ नजर,छुपाइ गइन,बचन सस्तो भो ।

फाटेको मनलाई,काँ टाल्न सक्छु,च्यातियो एक फेर
मनको सिउनी,उध्रेर जाँदा,जोबनै सस्तो भो ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Tuesday, November 30, 2010

कविको मन्ले

गजल रचना मिती २०६७ मंसिर १४ मंगलबार

कविको मन्ले,भुलेको काहानी

छ एउटा म सँग,लेखेको काहानी ।

घुमेर दुबै,बगैचा बिचमा

च्यातेको फुल,सिएको काहानी ।

ओढेर आकाश,जुनेली रातमा

मिलाई आत्मा,रचेको काहानी ।

नशालु ओँठले,चुमेको छात्ती

भुलेको छैन,बसेको निसानी ।

प्रितीको फुल,झरेर आज

मालिले रोई,बनेको काहानी ।

अर्पण तामाङ(योन्जन)

तरहरा-२

हाल दोहा कतार

Monday, November 29, 2010

ढुङ्गा जस्तो मन सित

रचना मिती २०६७/०८/१२


ढुङ्गा जस्तो मन सित,मुटु साटे मैले

आफ्नै सम्झी अँधेरिमा,रात काटे मैले ।


मायाँ गर्छु जुनी भरी,भन्थी हिजो सम्म

फुल दिइ काँडा लिएँ,हात काटे मैले ।


आँखा भरी आँशु राखी,नजाउ राजा भन्थी

देखावटी मायाँ रैछ,खोट पाएँ मैले ।


मन दिएँ तन दिएँ,आफन्त लाई बिर्सी

काख्मा राखी छुरा घोपी,चोट पाएँ मैले ।


बषन्तको फुलमा पनि,धुप पाएँ मैले

हँसाएर रुवाउने,रुप पाएँ मैले ।



अर्पण तामाङ (योन्जन)

हाल दोहा कतार

Monday, September 6, 2010

मायाँ गर्छु भन्थ्यौ हिजो

मायाँ गर्छु भन्थ्यौ हिजो भुल्यौ उतै तिर
आफ्नो मान्छे भेट हुँदा बिर्सेंयौ यता तिर ।

कुरी बसे आउछौ भनी रात बिते सम्म
जस्ले मायाँ गर्छु भन्थ्यो उनै पारी तिर ।

मृत्‍यु भन्दा गाह्रो रैछ मायाँ गर्नु पनि
आशा बग्यो हृदयको खोला किनार तिर ।

आउनु थेन भने किन भन्यौ साँझ कुर्नु
फकाएर छुरा घोप्यौ छामी मुटु तिर ।

स्वार्थी मन हुँदो रैछ भुल्यौ यता तिर
न्यानो काख पायौ त्यतै बिर्सेंयौ यता तिर ।

अर्पण योन्जन

Thursday, September 2, 2010

पर्खाइमा

पर्खाइमा कविता रचना २०६७ भाद्र १७/६ बजे बेलुकी


एउटा प्रहर कुर्दै छु
उ आउँ छ कि भनेर
किन कि ?
उ गएको पदचाप
बिलाएको छैन अझै
सुस्त मन्द हावाको झोकमा
उ गएको थियो
आधी बनेर आउँला कि
कुर्दै छु अझै ।
खेतका आली हरुमा
समाहरु झर्दा
रोपारेको बिउ गोड्दै गर्दा
पसेको उ मुग्लान
रहर हरु को पोको लिएर
फर्की आउँला कि भन्दै
कुर्दै छु अझै ।

मलाई जस्तै उस्लाई पनि
उमेर लाई जिस्काउन
मन लाग्दो हो
एकान्तमा रात सङ्गै
उ आँफै लाई ढाट्दो हो
बैश लाई भुलाएर
मुग्लानमा
प्रियादर्शनी सपना सङ्ग साट्दो हो
सम्झिन्छु उफ........
कोइली हरुले
गीत गाएका दिन
न्याउल रोएर
मन बिगार्छन
अनी बसन्त मा फुल्न नपाई
शिशिरमा ओइलिन्छु र झर्छु
मनको बगैचामा ।

जान्छु र हेर्छु
कहिले काही देउरालीमा
दुबैले मिली चढाएका
बाबरी र बुकी हरु ओइलिएछन
पर्खाइमा जिबन ढल्दा
सावने सिरु हरु फुलेर
पारीजात भएछु
जो रात भर फुलेर
बिहानिमा ओइलिन्छु र झर्छु ।
र पनि आएन उ.....!
कहिल्यै फर्किएन उ....!
उ........निस्ठुर भएछ ।
अनी आसै आशमा
उस्लाई भनी साचेको
मन हरु फाटेर
बैश हरु ढलेछन
जिबन हरु गलेर
राग हरु मरेछन
कुर्दा कुर्दा बलेसिमा
सिउँदो हरु फुलेछन
केवल उनको पर्खाइमा
पर्खाइमा......पर्खाइमा.......पर्खाइमा .....!!!

अर्पण तामाङ(योन्जन)
हासपोस २ तरहरा
हाल दोहा कतार

Wednesday, September 1, 2010

मदर टेरेसा बन्नै पर्छ

मदर टेरेसा बन्नै पर्छ कविता-रचना २०६७ भाद्र १६ बेलुकी को 5.30pm

नोट:- मैले यो कबिता दिदी अन्जु सुबेदिको (मैन दिपको सिखा र म)
बाट अभिप्रेरित भै जन्मिएको कबिता हो यो । त्यसैले यो कबिता उनै
कवियत्री दिदी अन्जुमा समर्प्रित । धन्यवाद ।।


जली रहेको मन बाट
पोली रहेको आत्मा हरु
आँफै लाई जलाएर
पग्लिने मैनका
दिप सिखा हरु
अब आफु मात्र जल्ने होइन
अरु लाई पनि जलेर
उज्यालो छर्न सिकाउनु पर्छ ।
ए मैन हो....?
ए दिप सिखा हो .......?
आमा बन्ने होड मात्र होइन
अब........!
तिमी ले जसरी भए पनि
मदर टेरेसा बन्नै पर्छ ।

यौन दुर्बल्तामा गाँजिएर
बँश निर्माणमा मात्र होइन तिमी
पुरुष इच्छा पुर्तिको
आबेग मात्र होइन तिमी
समभोगको साधन मात्र होइन तिमी
सबै ब्यथिती हरुको
समायोजन मात्र होइन तिमी
त्यसैले ...!
ए दिप सिखा ...!
आमा बन्ने धुन मात्र होइन अब
तिमी ले जसरी भए पनि
मदर टेरेसा बन्नै पर्छ ।

आमा मात्र भन्न सिकेका
अल्छि छोरा हरु लाई
तिमीले !
ममताको छाती मात्र चुसाएका छौ
त्यसैले अल्लारे छोरा हरु लाई
सिप हरु उमार्ने
भाका हरु सिकाउनु पर्छ ।
नमाने हरिलट्ठक छोरा हरु लाई
सिर्कुना र गोर्खे लौरी पनि
ठ्याक लाउनु पर्छ ।
नत्र यिनी हरु !
साँढे बनेर
बिना मंसिरमा
दाइँ लाउने छन
आमा !
ए दिप सिखा ...!
आमा बन्ने धुन मात्र होइन अब
तिमी ले जसरी भए पनि
मदर टेरेसा बन्नै पर्छ ।

अर्पण तामाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, August 29, 2010

जो फेरी बुद्ध बनोस ।

कबिता-जो फेरी बुद्ध बनोस-रचना २०६७ भाद्र १३

कहिले काहीँ
म आफ्नै मस्तिक हरुको
अप्डेट गराउँछु ।
दुसित बिचार हरुको
भाईरस स्क्यान गराउँछु ।
अनी देखा पर्छन ।
कु-बिचार हरुको संसार
जहाँ !
अत्याचार/ब्यभिचार
दुरचार/अनाचार
सदाचार/सिस्टचार
सबै राम्रा नराम्रा
भाईरल हरु !
डिटेक्टिप भएर देखिन्छन ।
मेरा रिडेबल मस्तिक हरुमा !
अनी !वाक्क दिक्क लाग्छ आँफैमा
र !म!!
खोज्दै छु यस्तो मानब !
आजको मान्छे हरुमा
जो फेरी बुद्ध बनोस ।
***********************
रात हरु छिप्पिएर
आकाश घोप्टिँदा
म र म हरुको पाप
दुश्परिणाम
नियतिका औँशु हरु
बग्रेल्ती बिहानिमा
पोख्न खोज्दै छन ।
आत्मा हरु चोखिने बहानामा
गंङ्गा बगेर किनारमा
म हरु !
पाप पखाल्ने तरखरमा छु ।
ब्रम्हा स्नान बिहानिको
अनी मख्ख पर्छु र पर्छन ।
पाप बग्यो कुन्ड सङ्गै ।
भोली फेरी अर्को दिन
उही कर्म /उही नित्य !
जहाँ सत्य हरुको गला रेटेर
असत्य हरुको मल/जल हुन्छ ।
र!म !
खोज्दैछु यस्तो मानब
जो फेरी बुद्ध बनोस ।
**********************
मेरा दुस्कर्म हरु !
सालीन आत्मा हरुको भिडमा
पिरामिड भएर !
पहाड बन्दा !
म !सगरमाथा भएर सेलाउन खोज्छु ।
ग्रह हरुको टक्करमा !
सयौँ उत्पादित उल्का हरु !
हिउँ बनेर चिसिन खोज्छु ।
अनी धर्तिमा !
एउटा मानब खोज्छु ।
जस्ले !सबैलाई सुत्रमा बाँधोस ।
र!म !
खोज्दैछु यस्तो मानब
जो फेरी बुद्ध बनोस ।
************************
युग हरुको आगमन हुँदा
नरभक्छी हात हरु बाट
स्रिजिएका अस्त्र/शस्त्र हरुले !
मान्छे/मान्छेको बध हुँदा
जिसस/अल्लाह हरु हराएका छन ।
यहाँ बुद्ध हरु,रुएका छन ।
ति सेता परेवा हरु !
शान्तिबाहक होइनन
शान्तिका पर्यायवाची मात्र भएका छन ।
चेतनशिल मस्तिक हरु लाई
बिनासको झिल्का हरुले !
टाउका हरुका मोल तोक्दै ।
रगतले पोतिएको छ ।
अनी !खोइ कहाँ छ ।?
धर्म र शान्ती ???
र!म !
खोज्दैछु यस्तो मानब
जो फेरी बुद्ध बनोस ।

अर्पण तामाङ(योन्जन)
हाँसपोसा-२ तरहरा
हाल दोहा कतार

Thursday, August 26, 2010

भुटानी शराणर्थी हुँ म ।

रचना २०६७ भाद्र १०

नोट:-यो कबिता मैले अमेरिका बस्ने एकजना भुटानी शराणर्थी
साथीको पिडा सुने पछी लेखेको हो यो । र समग्र भुटानी
शराणर्थी हरुमा यो कबिता समर्पित गर्न चाहन्छु ।

धर्तिको कुन कुनामा जाउँ म ?
सुख्ख सयल वा स्वर्ग ?
प्रिथिबिको !
यो कुना वा त्यो कुना
कहिँ नरम्ने यो मन
किनकी !
मेरो परिचय मलाई
शराणर्थी भनेर चिनाउँछ
त्यसैले !
मान्छे हुनुको पिडामा
दुख्दै छु आजकाल म
स्वतन्त्रताको नाममा
अधिकार खोज्दै
टिस्टुङ गुम्बा हरुले
चिहाइ रहँदा
मेरै गुमपाड पहाड हरुले
निचोर्दै मलाई
जिग्मे वङ्चुक र थिन्ले हरुको
तानाशाही रात हरुले
प्रताडित बन्दै छु म
किनकी !
भुटानी शराणर्थी हुँ म ।
*****************
असिमित सिमान्तक्रित
जाती भाषा बिभेदमा
जिउँदै जल्दै छु म
मानब बाट
खै कुन मानबमा ?
दर्ता हुँदै छु म ।
आँफै जन्मेको आँगन बाट
फुर्बा ,टासी , ग्याल्जेन
डोल्मा र आनी हरु
बालसखा भुलेर
दुस्मन भएका छन ।
किनकी !
भुटानी शराणर्थी हुँ म ।
******************
मेरो धर्ती खोसेर
मेरो देशको माटो
मेरो बलेसी सङ्ग
बिरानो बन्दै छु म ।
जली रहेको घरमा
आफ्नै अगी
आफन्त को ज्यान गुम्दा
मानसिक बिचलनमा
त्रसित मन हरु लिएर
डुक्पा हरु बाट
बलात्‍कृत आँफै
जिउनुको शहरा काखी च्यापेर
रगतको मांसपिन्ड हरु डोराउँदै
मैले टिस्टा र मेची तरेँ ।
किनकी !
भुटानी शराणर्थी हुँ म ।
*********************
आज बर्सौ पछी
मान्छे हुनुको पस्चतापमा
आफ्नै परिचय बद्लिएर
मानब संसाधन आपुर्ती गर्न
अमेरिका आयत हुँदै छु म ।
साल नाल र रगत
भुटानको माटो मा पोखिएको छ ।
र म भुटानी हुँ ।
मेरो स्वाभिमान भुलेर
म युरोपियन हुनुमा गर्ब छैन
किनकी ?आज पनि
मेरो माटो प्यारो लाग्छ ।
जती पिडा देवोस बरु मलाई
मेरै देश स्वर्ग लाग्छ ।
तै पनि मेरो धर्ती भुलेर
कतै बिस्तापित हुँदै छु म ।
भुटानी हुनुमा होइन मलाई
आज मान्छे हुनुमा
पक्षपाती दुनियाँ सङ्ग
दुख्दै छु म ।
किनकी !
भुटानी शराणर्थी हुँ म ।

अर्पण तामाङ(योन्जन)
हाँसपोसा -२ तरहरा
हाल दोहा कतार

Thursday, August 12, 2010

मायाँ गर्छु भन्ने ले

गजल २०६७ स्रावण २७

मायाँ गर्छु भन्ने ले मलाई भुल्यो कि
दिल भित्र रोपेको थेँ अन्तै फुल्यो कि ।

कुनै दिन थेन यस्तो बाटो नकुरेको
उन्लाई कुर्दा साउनमा सिरु फुल्यो कि ।

न पर्खेको होइन मैले रात ढले सम्म
आफ्नै घरको आँगनी मा बाटो भुल्यो कि ।

आफ्नो पराइ छुट्टाइ हाल्यौ नाता केलाएर
रिण लायौ पिरती को ब्याज सुल्यो कि ।

कुरी बसे मनको दिप आशा जलाएर
आउँदा आउँदै अँधेरी मा आँफै भुल्यौ कि ।

अर्पण तामाङ(योन्जन)
हाँसपोसा -२ तरहरा
हाल दोहा कतार
नोट:-यो गजल मेरो एक जना मित्र को प्रेम प्रसङ्ग
बाट लेखे को हुँ अन्यथा माफि चाहन्छु ।

Wednesday, August 11, 2010

शहर हरुमा के हुँदैन ?

कबिता २०६७ स्रावण २६ (शहर हरुमा के हुँदैन ?)

गोलो प्रिथिबी हरु
आँफैमा अभ्यस्त हुँदा
बेफुर्सदिला दुनियाँ हरु
कम्प्युटरका हार्ड डिस्क झैँ
रफ्तार मा दौडी रहेका
यि भिड भाड हरुको शहरमा
दिउँसै आँखा चिम्लिने हरु
दिन हरु ढलेर
रात हरु
बिरात मा ढले पछी
स्पात हरु पनि पग्लिन्छ
पत्थर हरु टुक्रिएर
भाटी हरुमा गालीन्छ
र ,मन हरु साटिएर
यहाँ रात हरु बहुलाउँछ
किन कि यो शहर हो
शहर हरुमा के हुँदैन ? ।

उन्मत्त बैंसालु शहर हरु
साँढे बनेर अँधेरी हरुमा
दाँयाँली खेल्छन
रात हरु छिप्पिदै जाँदा
सडक हरु मात्तिन्छन
भिड भाड नदेखेका
गाउँले मन हरु
कोलाहाल मा आत्तिन्छन
अनी गाउँ बाट
शहर छिरेका तिर्थे हरु
जेम्स,ज्याक, र माइकल बन्छन
शहर पसेका सुन्तली हरु
सानी र मैयाँ बनेर
हर रात
बेचिन्छन लुटिन्छन
किन कि यो शहर हो
शहर हरुमा के हुँदैन ? ।

साँझ हरु उमेर पुग्दै जाँदा
मद्ध्य रात हरुमा
ठुला-ठुला
टेन्डर हरुको आह्वान हुन्छ
सुर्योदय हुनु अगिको रात
मोल-तोल हुन्छन
ठेक्का-पट्टा सकिन्छन
रात भर शहर हरुमा
दलाल हरुको भिड लाग्छ
टाउका हरुको मोल हुन्छ
भालेको डाक हुँदा
हामी बेचिएका हुन्छौ
हामी सङ्गै
देश बेचिएको हुन्छ
स्वाभिमान बेचिएको हुन्छ
आत्मा र स्वाभिमान भित्र
नालायक हरु करोडौँमा
बेचिएको खबर आउँछ
अनी देश र जनता
अ-निर्णयको बन्दी बनेका
स्वयम सङ्खघोस् गर्छन्
मन्जुश्री को डाडो बाट
किन कि यो शहर हो
यहाँ दिन हरुको
प्रस्थान पछी
शहर र रात हरुको
मिलन हुन्छ
किन कि यो शहर हो
शहर हरुमा के हुँदैन ? ।

अर्पण तामाङ (yonjan)
हाँसपोसा-२ तरहरा
हाल दोहा कतार

Monday, August 9, 2010

आजको मान्छे हरु

रचना २०६७ स्रावण/२५ (आजको मान्छे हरु )

ग्रह हरुको घर्सणमा
स्खलित
सामुन्द्रिक तट हरु उभिँदा
अग्लिएका पहाड हरु
जल,बायु र सुर्यको
सौहार्द्र मिलन पछी
बनस्पती जिबमा
यौन उन्माद पोखिदा
टुसा पलाएका
युगिन पदचाप को सुरुवात
होमु पिथेकस
राम पिथेकस हरु
पत्थर ठोकेर
आगो बाल्दा बाल्दै
जिबित श्वास हरु
आदिम काल को
स्नायु तन्तु र रेशिका हरु
उत्तर आधुनिक्तामा
भौतिक संसार को
ठुलो सुकुलमा
बिस्कुन झै असरल्ल
छरिएका रक्त बिज हरुका
जिन र क्रमोजोम हरु
प्रारुप स्वरुप मा
रुपान्तरण हुँदै
आजको मान्छे हरु
मानब बाट
अतिमानब बन्न खोज्दै छन
आजको मान्छे हरु ।

भु-मन्डलीय मोह त्यागेर
आजको बिकसित मान्छे हरु
चन्द्र रोहणको होडबाजि
प्रियासी हरु को नाममा
पिण्ड हरु
नामसारी गर्न आतुर
लोभि मनको भाउ बढाउदै
दाइले भाई लाई
बहिनी ले दिदी लाई
सन्तान ले
जन्म दाता लाई
एकले अर्को बाट खोसेर
आफ्नै पाइलाको
टेकेको जमिनमा
हिसाब-किताब गर्दै छ
मृत्‍यु पस्चात का अबसेश हरु
आफ्नै लम्बाइ नापेर
अद्रिस्य संसार को
बादशाह हुन
अत्यासी
घनघस्याको उकालो हरु
मृत्‍यु नाप्न आतुर छन
आजको मान्छे हरु
मानब बाट
अतिमानब बन्न खोज्दै छन
आजको मान्छे हरु ।

हाम्रो भुलेर
म को पछी
भु सामन्ती हरुको
मुकुट पहिरन
नयाँ कोलम्बस हरुको
सपनामा अल्झिएर
अन्टार्टिका महादेश हरु
अफ्रिकी शहरा मरुभुमी हरु लाई
अंमिनी लाएर
अंशबण्ड गर्ने सुर मा
विल्गेट्स बन्ने धुन देखेर
गोग्ले सर्छ इन्जिन को
प्रतिस्पर्धामा
आजको मान्छे हरु
मानब बाट
अतिमानब बन्न खोज्दै छन
आजको मान्छे हरु ।

शताब्दी पछ्याउने मान्छे हरु
सम्भाबित युग लेखन मा
आ-आफ्नै
अस्तित्व को लडाईं मा
हिरोसिमा पछीका
इराक हरु जल्न थालेका छन
अफ्गानिस्तान हरु
गल्न थालेका छन
सिया र सुन्नी हरु
उस्तैमा बिभाजन भएका छन
धर्मका अफिम हरुले
हिन्दू मुस्लिम का नाममा
सिख बुद्धिस्ट हरु
शान्ती को नाममा
बुद्ध हरु ढलेका छन
नामे बाबरी मस्जित हरु
पर्खाल र गिर्जा हरु ढलेका छन
अनी आज
आस्था का बिम्ब हरु ढलेका छन
परमाणु हरु को अबिस्कारमा
ब्यस्त बनेका
आजको मान्छे हरु
मानब बाट
अतिमानब बन्न खोज्दै छन
आजको मान्छे हरु ।

बिनासका आइन्स्टाइन हरु
चाणक्य का निती हरु
सुकरात हुन नपाउदै
मानब संसाधन
स्वचालित मेशिन हरु
मानब कङ्कालको
अर्को बस्ती बसाउने
नयाँ आइन्स्टाइन हरु
कु-क्रित्य रचना गर्दै
भौतिक बिज्ञान को
प्रतिबादन गर्न
एच,टु,एस,र साइनाइट का
उत्पती र बिनास को
परीभाषा दिदै छन
जोड घटाऊ र नाफा घाटामा
क्यल्कुलेटरका
मस्तिक हरु थिचेर
रिण को पोको हरु बनाउने
मार्सल र रबिन्स हरु
गणितिय दर्शन हरुमा
अन्धोबक्त मानब हरु
अल्जेब्रा र ज्यामिटी हरुले
देशान्तर नाप्न
अन्धो भएका छन
आज मानब बाट
अती मानब बन्न लाई
अघोसित युद्ध हरु को तयारीमा
अन्बेशण गरी रहेका छन
आजको मान्छे हरु
मानब बाट
अतिमानब बन्न खोज्दै छन
आजको मान्छे हरु ।

अर्पण तामाङ(योन्जन)
हाँसपोसा -२ तरहरा
हाल दोहा कतार

Wednesday, August 4, 2010

"यो त अती भो अब"

कबिता रचना २०६७/१९ स्रावण "यो त अती भो अब"

नारायणहिटि को
ठाकुर साहेब लाई
बिस्थापित गरेर
तिमी लाई इस्थापित गर्न
हामी मरेका छौ
लाखौं आमा हरुले
ममता को बिर्को बन्द गरेर
देशको लागि सन्तान हरु
उत्पादन गरेका छन
त्यसैले !
जनता को टाउको टेकेर
हरेक दशक हरुमा
चिच्याइ रहेका
सम्भिधानसभा हरु
हरेक बाद हरु को
नारा उराल्दै
जिन्दाबाद र मुर्दाबद मा
मर्दै बाँच्दै गरेका
सार्भभौमिक्ता हरु
आज कसैको ईशारामा
कठपुतली बनेर
नाची रहेछ हाम्रा ठुला हरु
त्यसैले ए!ठुला हो !!
योत अती भो अब ।

सभा सम्मेलन र गोस्टी हरुमा
उर्लिएको तिम्रो राष्ट्रियता
भाषाण हरुमा आजित हामी
बन्द हड्ताल र महँगिले
डामिएको हामी
ग्लेसियर पग्लेर
पत्थर बनेका मनका पहाड हरु
पुन पत्थर पग्लेर
ग्लेसियर बन्ने सुरमा
बुद्ध खोज्ने यि आँखा हरु
अती भएर खती बेहोर्न
बिबस स्वाभिमान हरु
अबत कोत पर्बका जङ्गे हरु
खोज्न थालेका छन आजकाल
किनकी !
योत अती भो अब ।

सम्भिधानको ढ्याङ्ग्रो ठोकेर
जाती धर्मको खेल खेल्यौ
समान्ताको सपना देखाएर
बर्ग क्षेत्र को बिष रोप्यौ
चुहिएको छाना छाउनुत कता कता
आफ्नै भाई जुदाएर
घर जलाउने मन्त्र जप्यौ
साढे दुई करोड आत्मा हरु
सत्ता स्वार्थ र घमन्डमा
तिम्रो लागि !
छ सय एक मात्र मान्छे देख्यौ
त्यसैले ए !जनता हो !!
यि नसा काटेका नपुङ्सक हरु
पेरिस बल्खु र सानेपा हरुमा
एक मधेश प्रदेश देख्ने हरु
हाम्रो छाती मा टेकेर
नपुङ्सक्लिङ्ग भएका छन
अर्नेस्टिक ग्रस्त बनेका
मस्तिक गुमाएका
बिबेक हिन भएका छन
इन्फ्लुन्जा हरुको गर्वधान बाट
ए,एच,वान,एन,वान भाईरल हरुको
परजिबी स्वाइन फ्लु
बन्ने दाउमा छन !
त्यसैले अब हामीले
एन्टिबायोटिक प्रतिरक्षात्मक
सिंरिन्ज हरु को
अबिस्कार गर्नु पर्छ
किन कि !
योत अती भो अब ।

कानुन र सरकार बिहिन
आज देश !
अनिर्णयको बन्दी बन्न लाई
यदु हरु आँफै मरेनन
सेन हरु आँफै सेरिएनन
मैना हरु आँफै लुटिएर मरेनन
सेतु हरु आँफै भुटिएनन
बर्ग बिहिन
समाज निर्माणको निम्ती
नयाँ नेपालको कल्पनामा
लोकतन्त्र र गणतन्त्र को नाममा
सन्तान हरुको भबिस्य खोज्न
शहीद हरुको !
रगत को मुल्य
अब हामी लाई चाहिएको छ ।
तिम्रो भाषण होइन
हामी लाई रासन चाहिएको छ ।
तिम्रो शासन होइन
हामी लाई कानुन चाहिएको छ ।
तिम्रा दस्ताबेज हरुको
सम्झौता र योजना हरु होइन
गाँस बास र कपास चाहिएको छ ।
तिम्रा आस्थाका ऐना हरु होइन
हामीलाई स्वास्थ्य शिक्षा
र ! मुलुक चाहिएको छ ।
किन कि अबत !
तिम्रो राष्ट्रियता माथि
सङ्का लाग्न थालेको छ ।
तिमी हरुको नागरिकता माथि
अख्तियार लाउने
बेला भएको छ
किन कि ए ! ठुला हो
तिम्रो बल मिच्याइ हरु
हाम्रो लागि !
योत अती भो अब

अर्पण तमाङ(योन्जन)
हाँसपोसा -२ तरहरा
हाल दोहा कतार

Tuesday, August 3, 2010

"रहर "

रचना स्रावण २०६७१९"रहर "

गिजा टोकी चाउरी गाला
गिजाउँछ रहर ।
बुढेउली को झनै याद
तन्देरी को रहर ।

धर्ती बसी जुन चुम्ने
तार गन्थ्यो रहर ।
मन उडेर आकाश छुँदा
बादल बन्थ्यो रहर ।

जुरेली को नाच देखे
चरी बन्थ्यो रहर ।
बतास चल्दा सिमल को
भुवा हुन्थ्यो रहर ।

वाग देखे करेसा मा
माली बन्थ्यो रहर ।
फुल देखे कोपिला मा
बास्ना बन्थ्यो रहर ।

गजल लेखे मधुमासको
गीत बन्थ्यो रहर ।
गाइने दाइको सारङ्गी को
धुन बन्थ्यो रहर ।

बैसालु को जोबन देखे
चन्चल हुन्थ्यो रहर ।
मायाँलु को मायाँ देखे
तुल्बुल हुन्थ्यो रहर ।

गौँथली को जोडी देखे
प्रिती बुन्थ्यो रहर ।
नैनी तालको जल देखे
प्यास बन्थ्यो रहर ।

युग गल्यो बैशं ढल्यो
रात फुल्यो रहर ।
मलबास को तिथी जस्तो
अछुत बन्यो रहर ।

उमेर छँदै बैँश जिउनु
पुरा गर्नु रहर ।
ढले पछी चैतमास को
ओइलिएको रहर ।

अर्पण तमाङ(योन्जन)
हाँसपोसा-२ तरहरा
हाल दोहा कतार

Monday, August 2, 2010

बिचलित कबि मन हरु-कबिता

कबिता रचना २०६७स्रावण १७

आफ्नै को आक्रमण बाट
बिचलित कबि मन हरु
अनाथ कबिता हरु को
भोरण पोसण गर्न छाडेका छन ।
बिधा उप-बिधा हरुले
लखेटिएर !
संपर्क बिहिन कबिता हरु
शब्दकोश भित्र !
कैदी बन्न थालेका छन ।
सयौँ यात्रु हरु बोकेर
शुन्य गगन को,बादल भित्र
बेपत्त कक्पिटको मेशिन जस्तो
आज भिड भाडमा
बिचलित हुँदै छ कवि मन हरु ।

सपुत हरुको बिरतामा
काँगडा र टिस्टाका
सिमा कोर्ने कवि हरु
भ्रिकुटी र सिता का
मीत लेख्ने कवि हरु
आमाको प्रसब बेदनामा
पिडा पोख्ने कवि हरु
बहिनिको सिन्दुर पुछिदा
बिधुवाको ब्यथा लेख्ने कवि हरु
आज मेची र काली बाट
अक्टोपसका पन्जा हरुले
द्रौपदी बन्दा आफ्नै आमा
राजधानिको मुटु बिचमा
बलात्‍कृत हुँदा आफ्नै आमा
प्रत्याक्रमण मा उभिन छाडेका छन
बिचलित कवि मन हरु ।

मुना मदनको बिछोडमा
मालती मंगलेको कथा रच्ने
म्रित गौरिको पस्चातापमा
काब्य फुलाउने कवि हरु
कपिलबस्तु जलेर राख बन्दा
गौरमा आफन्तको लाश ढल्दा
पिडा नपोख्ने
निस्ठुर भएका छन आजकाल
बिचलित कवि मन हरु ।

अरुको पराधिन्ता नसहने
अन्याय र अत्याचारको
निरुङ्कुस्ता नचाहने
प्रजातन्त्र र स्वत्रन्तताको
शान्तिको पाठ सिकाउने
आफु बाँचेर बाँच्न सिकाउने
आज आफ्नै
डिट्ठा बिचरी र मुखिया हरु बाट
नेत्रित्व बिहिन मुलुक बन्दा
कलमका निप हरु निमोठेर
चुप चाप छन कवि मन हरु
बरु उल्लास बिहिन
जिबन लाई रङ्ग भर्न छोडेर
पारीजात ले रोपेका
शिरिसका फुलका हाँगा हरुमा
रसी हरु कसेर
आत्मा हत्या गर्दै छन
आजकाल
बिचलित कबि मन हरु

अर्पण तमाङ(योन्जन)
हाँसपोसा-२ तरहरा सुनसरी
हाल दोहा कतार

Sunday, August 1, 2010

काठमान्डौ !!

रचना स्रावन २०६७/१६

काठमान्डौ !!
मन्दिर र सुन्दर कला हरुले
मन्जुश्रिको खड्गोले काटी
चार पहाड का दिवार हरुले
सफा स्वच्छ र निस्छल
मन हरुले बास गरेको
हिजो को कान्तिपुरिनगरि
आज काठमान्डौ भएको छ ।

इतिहाँसका काल खन्ड हरु
जिजिबिसा र खन्डहरमा पारीणत हुँदै
आधुनिक्ता को पर्खाल हरुले
पुरिन थालेका भग्नावसेस हरु
इतिहाँसको ठेली हरुमा सिमित !
हिजो को कान्तिपुरिनगरि
आज काठमान्डौ भएको छ ।

बिज्ञान को खोल ओढेर
प्रभिधी र टेक्नोलोजिका
बिशाल संसाधन हरुको
बैसाखि टेकेर !
कुलकुटुम्ब नचिन्ने
परिबर्तित आधुनिक मन हरु !
गुज मुज्ज इटहरु को
शर बन्दै छ काठमान्डौ
सु-सुप्त बैसालु मन हरु
उत्तेजनामा चलायमान मुर्ती हरु
ब्यस्त मेशिन हरुको मस्तिक बाट
समायोजनका बिर्य हरु
फ्युजन पोख्न आतुर
हरेक रात हरु को मोल मोलाई मा
नसाले चुर उन्मत्त ईन्द्र हरु
अप्सरा हरुको ब्यापार मा
तल्लिन छ !
हिजो को कान्तिपुरिनगरि
आज काठमान्डौ भएको छ ।

सती हरु को कान्तिपुर
एकलब्य र सुधामा का कर्तब्य हरु
कङ्क्रिट हरु को शहर बन्दा
छलकपट र बधशाला
भएको छ काठमान्डौ !
ठुला साना महाराज हरुको
आशन र रासन परिवर्तन को
खोपी बन्दै छ काठमान्डौ !
लुटपात काटामार र अपहरण को
शहर बन्दै छ काठमान्डौ
न्याय नपाए गोर्खा जने हरु
पापको कुन्डमा दहन हुन
दुशित मस्तिक हरु बोकेर
खराब खेलको पेनाल्टी भर्न
अकर्मन्य खेलाडी हरु को
स्टेडियम बन्दै छ काठमान्डौ
र यसरी !
हिजो को कान्तिपुरिनगरि
आज काठमान्डौ भएको छ ।

जिबित तर चेतना बिहिन
बिबेक हिन्ता गुमाएका
पाखन्डी हरु को
आँफैमा बेखबर बन्दै छ काठमान्डौ !
बौद्ध स्वयम्भु र पसुपती हरुमा
सफा सुन्दर बग्ने !
बिष्णुमती र बागमती हरुमा
प्रदुसण गर्न आतुर जन्तु हरु !
मान्छे मा पारीणत हुँदा पनि
दुर्गन्धित गन्ध हरुको उत्पादन गर्ने
आइ.एस.ओ. प्राप्त फाक्ट्री
आजकाल बनेको छ काठमान्डौ ।
अनी खै कहिले !?
बिउँझीएला र बीकशित मान्छे को
मस्तिक लिएर हिँड्ला काठमान्डौ !?
र यसरी !
हिजो को कान्तिपुरिनगरि
आज काठमान्डौ भएको छ ।

अर्पण तमाङ(योन्जन)
तरहारा-२ सुनसरी
हाल दोहा कतार

Saturday, July 31, 2010

आज उसको मन मेरो भएको छ ।

रचना स्रावण २०६७/१५

चिसो हिउँले कठाङ्ग्रिएर
निस्तेज उसको,मन र मस्तिक
ज्वालामुखी हरुको पहाडले
चट्टान बनेर हिर्काउँदा,पनी नफुटेको
कठोर उसको दिल मा !
मैले एउटा शब्द बाण हाने
घायल हरिण को साबक जस्तो
पिडामा छटपटिदा अचानक
एउटा आवाज निस्क्यो "मायाँ"
र कुनै !
युद्धरत देशको सिमा स्तम्भ
हार र जित पछी भत्काए झै
उसको कठोर मनलाई !
मैले भत्काए र एउटा युद्ध जिते
युद्ध पछीको आत्म समर्पणमा
आज उसको मन मेरो भएको छ ।

गृह युद्धको शान्ती बार्ता पछी
क्यान्टोन्मेनमा थुनिएका
हतियार जस्तै !
मेरो आँखाको निगारानीमा
मनको मध्यस्तता मा
उनको मायाँ लाई !
भोटे ताल्चा लाएको छु !
बन्द चार दिवाल भित्र
हाम्रा बबुरा दिल दिमाख हरु !
प्रेमाग्नमा तल्लिन हुन्छन
क्यान्भास मा पोतिएको
कुचिका रङ्ग हरु जस्तै
सिंगार्न ब्यस्त बयली मन हरु !
आर्गज्म श्रीजनामा लिन छौ
किन कि !
आज उसको मन मेरो भएको छ ।

ति अघोर काला र निरास
निर्दयि रात हरु !
क्षितिजमा ओर्लदै गर्दा
मेरो निद र सपना हरु !
अभिसाप बनेर !
अचुक रात हरु मेरो लागि
तारे भिरको पैरो बनेर
गर्ल्याम्म पुर्थ्यो !
आज त्यही रात
हरेक दिनको सुर्यास्त पछी
अनेकन रात हरु !
उधारोमा किन्न थालेको छु ।
किन कि !
आज उसको मन मेरो भएको छ ।

अहिले म पटक्कै डराउँदिन
ति नरपिसाच रात हरु सङ्ग
बरु मेरो साथी भएको छ उ !
ति कुम्भकर्ण रात हरु !
क्षितिज लाई हेरेर !
हरेक रात हरु को !
पर्खाइमा बस्छु आजकाल
महिनौ पछी को समागममा
अत्रिप्त उनको प्यास हरु लिएर
उपस्थित हुन्छे र,हाजिर गरेर जान्छे !!
दुई बिजको मिलन पछी
उत्पादित भ्रुण हरु !
जन्म लिने तर्खरमा
मायाँ बाडिन्छ कि भनेर
अभोर्सन गर्छे र ,मलाई मायाँ पोख्छे !!
किन कि !
आज उसको मन मेरो भएको छ ।।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, July 29, 2010

मैले यसरी कबिता लेखेँ ।

'मैले यसरी कबिता लेखेँ (रचना स्रावण २०६७/१४

क ख र ज्ञ गर्दै
बार्ह खरी चिन्दा
गुना अंक र जोड घटाऊ मा आफुलाई
खरी पाटी र चक सँगै
पाठशाला तिर डोराँदा
पढेका ति बाल कबिता हरु !
आचार्य भट्ट र देबकोटा हरु !
शिरोमणी र घिमिरे हरु !
मेरो बाल मस्तिक मा साथी बनेर
मेरो खरी पाटिमा बच्चन गर्न थाले
र !मैले यसरी कबिता लेखेँ ।

आउ साथी रँगी चङ्गी फुलबारी मा
आकाश को जुन टिपेर
तारा हरु को माला गाँसुँला
चिर्बिर गर्ने गौँथली को गीतमा
छिरबिर गर्ने पुतली को भेषमा
हाँगा पात कोपिला मा नाचुँला

सानो मा रहर ले लेखे
ठुलो मा लहड ले लेखे
तर अहिले कहरमा लेखे
जिबनको पिडा मा छट पटिएर
जन्मको मिती लाई धिक्कार्दै लेखेँ
आँफै मा सँघर्ष बिहिन भएर
अनेकौँ जन्जिर हरु ले बाँधिएको
महसुस गरेर लेखेँ ।

कहिले मेरो गरीबी ले गिज्याएर लेखेँ
आङमा फाटेको दौरा ले खिस्याउँदा
घाम पानी र जाडो मा लेखेँ
अभाबमा भोक हरु तड्पिडा
अन्न बिना को आन्द्रा हरु ले
बाटरिएर लिङ्गे पिङ्ग खेल्दा लेखेँ
मेची र महाकाली को पिडा मा
देश हरु दुखेर !
सप्तकोशी गण्डकी र कर्णालीमा बगेर लेखेँ
ठुला शहर का नपुँसक हरुको बस्ती पुग्दा
जाल झेलमा बन्दी बन्दा लेखेँ
राष्ट्रपती को नाममा इतिहाँस बल्झिँदा
एउटै बिमती प्रधानमन्त्रिमा जनता बल्झिएर !
चिच्च्याइ चिच्च्याइ सडकमा कबिता लेखेँ ।

चिर निदमा सुतेका !
ति पहरेदार हरु बिउँझेलानकी भनेर लेखेँ
देशको लागि भनेर ति सपुत हरु !
बलिको बोको बनेर ढल्दा लेखेँ
आमा को काख रित्तिएर
आफ्नै को सिन्दुर पुछिँदा लेखेँ
आकाश बाट दुई परेवा हरु !जमिनमा खस्दा !!
गोला बारुद र खुन को छिटा मा लेखेँ
र ! यसरी !!
मैले घरी घरी अन्जानमा कबिता लेखेँ

सानोमा गुरुको स्याब्बासिमा लेखेँ
तन्देरीमा मायाँलुको घुर्काइमा लेखेँ
लेख्दै जाँदा आफन्त र साथी हरुको
गुणगान र लही लही मा लेखेँ
हुँदा हुँदा शुभ चिन्तक हरुको मन राख्न
फुर्काइमा लेखेँ ।

थाहा छैन मलाई !
त्यो कबिता हो या शब्द हरु को रास
लेख्नै पर्ने बाध्यता हो या भोलिको आस
घमन्ड हो या सरस्वती को बास
आस बास गाँस र कपास मा
भोक रोग र अशिक्षमा
देश काल र परिस्थिती मा
कुनै न कुनै बहनामा मैले कबिता लेखेँ
जिउने बहनामा होस् या जिउने बहनामा
यो कबी बन्ने होडबाजिमा
शब्दकोश हरुको ठेली खोजी खोजी
मैले यसरी कबिता लेखेँ ।

अर्पण तामाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Tuesday, July 27, 2010

मेरो घर छेउ को बुढो रुख ।।।

कबिता रचना स्रावण ११/२०६७

मेरो घर छेउको
चौर को पल्लो कुना मा
सयौँ शिशिर र बसन्त रोपेर
हरिया मुना हरु पलाउन छाडेका
चरी हरुले ठुँगेर खोक्क्रो बनाइ सकेका
जिबन को जिबित आत्मा हरु मरे जस्तै
बैरागिएको कुनै बैरागी मनुस्य जस्तो
ठिङ्ग उभिएको बुढो रुख !

हाम्रा बा मलाई भन्नु हुन्थ्यो
मलाई जन्माउने पुर्खा भन्दा
धेरै पहिले देखेको रे यो रुख
बाटोमा आउँदा जाँदा भारी बिसाउने
चौतारीको शितल थियो रे यो रुख
बिदा बाट फर्केका लाहुरे र पर्देशिको
औठी चिनो पिरती को !
साट्ने सँगम थियो रे यो रुख
मेरा बा र आमा ले बैश भुलाउने
मनको मन्जरी थियो रे यो रुख
सयौँ जोडी हरु को मायाँ बिसाउने
चौतारी को बास थियो रे यो रुख
ढाकरे को ढाकर बिसाउने
बिसाउनी थियो रे यो रुख
मेला पात गोठाले को
साथी थियो रे यो रुख
सर्जमिन र कचहरि को
बैठक थियो रे यो रुख

त्यसैले बर्सौ देखी यो बुढो रुख ले
कती को कचरिको फैसला गरेको छ ।
कती को जालिरुमाल र औँठी,चिनो साटी दिएको छ ।
कती लाई हसाएको छ,कती लाई रुवाएको छ ।
कतिको मिलन देखे को छ,कतिको बिछोड भोगेको छ ।
लाहुरे र पर्देशी को बिदाइमा !
सखी हरुले बिदाइको आँशु झारेको छ ।
अनगिन्ती उस्को सहयोगी छाँयाँ हरु !
आज बुढो भाको छ,शिथिल भाको छ ।

उस्को सुकेको शरीरको
अस्थिर्पन्जिर मात्र बाँकी छ ।
तै पनि यो बुढो रुख ले !
कती को जिन्दगी फेर्यो
कतिको भोटो फेर्यो !
उस्को आयु लामो रहेछ ।
मनुस्य को छोटो रहेछ ।
अनित उस्ले एउटा युग फेरेको छ ।
घाम पानी र खडेरिमा
शिशिर बसन्तको परिवर्तन देखे को छ ।
आफ्नै छत्र छायाँ मा !
राजनीतिको आम-सभा देखेको छ ।
कहिले काहिँ राजा हरुको !
जय-जयकार सुनेको छ ।
अनी कहिले काहिँ द्वन्दी-प्रतिद्वन्दी हरुको
आफुले चोट शाहएर पनि !
ढुङ्गा मुढा खाएको छ ।
कठाङ्ग्रिने तुसारो र हिमपात हरुमा
सयौँ ॠतु हरु खेपेको छ ।
सात साल देखी अहिले सम्म
जिन्दाबाद र मुर्दाबादमा अल्झिएको
राजनीतिको घाटा नाफा बेहोरेकै छ ।
यसरी हेर्दा हेर्दै को बुढो रुख !
मुना मरेर पात झरेको छ ।
आज बर्सौँ पछी बुढो रुख !
खै किन हो !?
ढल्ने तरखरमा छ !
मेरो घर छेउ को बुढो रुख ।।।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, July 25, 2010

मायाँ गर्छु भन्नु देश लाई धिक्कार जस्तो भो

कबिता रचना स्रावण २०६७/१०

मायाँ गर्छु भन्नु देश लाई धिक्कार जस्तो भो
शहिद को रगत पनि हामी लाई सस्तो भो ।
बाठो मान्छे टाउको टेकी जाली नेता भो
समाजबाद को कुरा गर्ने फटाहा नेता भो ।।

खुला आकाश खुला धर्ती यही थियो सप्ना
सामन्त को दिन जान्छ यही थियो जप्ना ।
सँगै लड्यौ सँगै मर्‍यौ एउटै थियो भाबना
आकाशमा चरी जस्तै उड्ने थियो कल्पना ।।

रातो सुर्य उदाउछ भोली बिहान शित मा
क्रान्ति प्रिया गित बज्छ जनताको जित मा ।
सुखनि को जङ्गल रोयो देउमाइ को तिरमा
खोकुछिन्ताङ पनि रोयो जल्जला को भिरमा ।।

जाली फटाहा सामन्ती को शासन हाम्ले तोड्यौ
अत्याचार को माखे साँङ्लो त्यस्लाई पनि तोड्यौ ।
प्रजातन्त्र सुख शान्ती न्याय हामी ले रोप्यौ
सात साल देखी अहिले सम्म त्यस्लाई पनि गोड्यौ ।।

पानी भन्दा शहीद को रगत सस्तो भो
उनकै नाम यो देशामा माग्ने भाँडो भो ।
के के होला भन्थ्यौ हिजो देशको लागि मर्दा
ज्यानै पनि बाजी हाल्यौ देश को लागि पर्दा ।।

मायाँ गर्छु भन्नु देश लाई धिक्कार जस्तो भो
शहिद को रगत पनि हामी लाई सस्तो भो ।
बाठो मान्छे टाउको टेकी जाली नेता भो
समाजबाद को कुरा गर्ने फटाहा नेता भो ।।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Saturday, July 24, 2010

खै कहाँ छ मेरो देश नेपाल ।

कबिता रचना 2010-07-24

भुमध्य रेखाको बिचमा
आफ्नै पैसाले तमसुख बनाएर
साहुको रिणमा बन्धकी राखेर
महल ठ्ड्याउने मिठो कल्पनामा
बिदेशिएको म र मेरो जिजिभिसा
तातो घाम र गैती बेल्चा सँग
आज आचनक
डल्लो प्रीथिबी को नक्सा हेरेँ
ब्रम्हान्ड भनाउँदो आकाशको मुनी
स्वार्थ कोरिएका सिमानाका
नक्सा हरु हेरे !
ठुला ठुला पिन्ड
र !
सामुन्द्रिक तट हरुको बिचमा
मैले मेरो देश नेपाल खोजे
सिमाङ्कन रेखा हरु को बिचमा
टिक्लिक्क अबस्थित मेरो धर्ती
शिरमा सगरमाथाले हिउँ ओढेर
काखमा साना फाँट हरु सजिएका
मेरो देशको नक्सा देखे
हिमाल पहाड र मधेश ले
सजिएको मेरो देश खोजे
नेपाल नेपाली कहाँ छन भनेर
आँफैलाई छामेर खोजे
र !सोधे !!
खै कहाँ छ ?मेरो देश नेपाल ?

सुन्दैछु परदेश बाट मेरो देश
नयाँबानेश्वर र सिंहदरबार भित्र
आफ्नै सतित्व बाजी दाउमा राखेर
बन्धक छ रे !
देश चलाऊने श्रीमान हरु ले
साँढे दुई करोड को छाती माथि
छक्का पन्जा खेल्दै छन रे
आफ्नै सन्तान र आमाको बलत्कारमा
नयाँ साँढे हरु बाजी मार्दै छन रे
त्यसैले आज !
परदेशमा मलाई देश दुख्यो
ठुला श्रीमान हरुको अभिमान ले
मेरो देशको स्वाभिमान दुख्यो
हेर्दा हेर्दै को मेरो देश
बर्ग क्षेत्र र धर्मको आधार ले
बाइसे र चौबिसे हुन खोज्दा
मेरो राष्ट्रियता दुख्यो
र बिभाजित आफ्नै भित्र
खै कहाँ छ मेरो देश नेपाल

१९५० देखी दुख्न थाले को मेरो देश
टनकपुर र महाकाली हुँदै
काला पानी र सुस्ता मा दुख्यो मेरो देश
ईलाम झापा र दर्चुला बाट दुख्यो मेरो देश
रुकुम रोल्पा ले भोकाएको
कपिल्बस्तु मा दुख्यो मेरो देश
काठमान्डौमा नदुखे को
गाँउ गाँउ मा दु:खयो मेरो देश
बिधिको शासन बिनाको मुलुक हुँदा
मरेर बाँच्यो मेरो देश
दसौँ बर्ष सम्म रगत बगाएर
आहालमा डुबेर बाँच्यो मेरो देश
आफ्नै सन्तानको लास बोकेर
बिधुवाको घुम्टो ओढेर बाँच्यो मरो देश
बार बार बालक बिनाको
खाली काख च्यापेर बाँच्यो मेरो देश
त्यसैले त शिथिल मेरो देश खोजेर
आज सोद्धै छु ठुला श्रिमान हरु लाई
खै कहाँ छ मेरो देश नेपाल ।

अर्पण तमाङ(योन्जन)
तरहारा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, July 21, 2010

तिमी नारी !

कबिता रचना स्रावण २५/२०६७

तिमी नारी !
सृस्‍टि धान्न मात्र
मानब उत्पादनमा तिमी
तल्लिन तिम्रो भौतिक शरीर
बिहान र बेलुकि को चुल्हो बाल्न
साँझ झरे पछी !
पुरुष इच्छा को साथ दिन मात्र
तिमी नारी !नारी होइनौ अब !
एउटा नयाँ युग को थालनि को लागि
तिमी ले हार्नु होइन
जित्न जान्नु पर्छ !
एउटा नयाँ युग को प्रारम्भ को लागि
तिमी ले आफ्नो लागि युद्ध लड्नु पर्छ ।

मैले देखे को !
तीन वटा बाटा हरु छन तिमी सँग
तर्बार कलम र आत्महत्याको डोरी
म तिमी लाई !
आत्महत्या गर भन्दै भन्दिन
बाँकी दुई बाटा हरु तिम्रो सामु
एउटा कलम लिएर चेतना को युद्ध लड
अर्को तर्बार लिएर अधिकार को युद्ध लड
मैले देखी रहेको छु तिम्रो आँखामा
तिमी भित्र प्रतिसोध को भावना हरु
उतल पुथल हुँदैछन !
आगो का लावा लप्का हरु दन्की रहेका छन
धर्म का नाममा लेखिएका साहित्य हरु
सँस्कारको नाममा ति ग्रन्थ हरु
नारी दासताका ठेली भएका छन !
तिनै ठेली हरु ले
कहिले सिता बनाएर
अग्नी कुन्डमा परिक्षा दिएको छौ
कहिली महाभारतको द्रौपदी भएर
आफ्नै सतित्त्व को चिर हरण गराको छौ
सधैं कुनै न कुनै बहानामा
पुरुस्वार्थ को अगी बले को छौ
तिनै घाऊ हरु लाई शान्त र निको पार्न
तिमी ले हार्नु होइन
जित्न जान्नु पर्छ !
एउटा नयाँ युग को प्रारम्भ को लागि
तिमी ले आफ्नो लागि युद्ध लड्नु पर्छ ।

बेद बर्णन र आस्था को पर्खाल भित्र
हातामा चुरी र सिन्दुर पहिरिएर
साल भरमा एक दिन आउने
नारी दिवसको उल्लास मनाएर
हक हित र अधिकार को कुरा गर्दैमा
तिम्रा ति औपचारिकतामा मात्र सिमित
गोस्टी र सेमिनार हरु ले !
तिम्रो आफ्नै घर भित्र को पनि
नारी अत्याचारको पर्खाल लाई छुँदैन
त्यसैले अब !
आफुलाई अग्निदहमा आहुती गर्ने सिता होइन
दुर्गा कालिका र चन्ण्डिका हुन सिक
सुन्दर्ताको अख्यान मोनालिसा होइन
यन्त्रयान हरु को सवारमा
ग्रह हरु को पद यात्रा गर्न सिक
त्यसैले फेरी भन्दै छु !
तिमी ले हार्नु होइन
जित्न जान्नु पर्छ !
एउटा नयाँ युग को प्रारम्भ को लागि
तिमी ले आफ्नो लागि युद्ध लड्नु पर्छ ।

अरुको लागि लड्दा लड्दै
बितेका ति तिम्रा बसन्त हरु
खै कहाँ छन आजकाल फुलेका
अरुको लागि लड्न सिक्यौ
तर आफ्नै लागि लड्न सिकेनौ
र अब तिमी ले !
प्रिथिबी को अर्को गोलार्ध पत्ता लगाउन
कोलम्बस को यात्रामा निस्कनु पर्छ
हातमा कलम र तरबार दुबइ लिएर
मार्क्स लेनिन र इस्टालिन हुन सिक्नु पर्छ
तिमी ले चाहयौ भने !
तिमी सेक्सपियर का पात्र हुन सक्छौ
मेक्सिम गोर्की का आमा हरु हुन सक्छौ
त्यसैले अब तिमी ले
अधीकारको अर्को ध्रुब खोज्न लाई निस्कनु पर्छ
आत्मादहमा भासीए को
ब्यथिती नारी मात्र होइन
हजारौ नारी हरु को
सुख शान्ती र अधिकारको
बिम्ब बन्न सक्नु पर्छ
त्यसैले तिमी नारी
तिमी ले हार्नु होइन
जित्न जान्नु पर्छ !
एउटा नयाँ युग को प्रारम्भ को लागि
तिमी ले आफ्नो लागि युद्ध लड्नु पर्छ ।

अर्पण तामाङ(योन्जन्)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Tuesday, July 20, 2010

जुलुस गर्‍यो पिरती ले

गजल रचना स्रावण ४/२०६७

जुलुस गर्‍यो पिरती ले हार भो मायाँ को
बार्ता गरी मिलाए को हार भो मायाँ को ।

बुँदा बुँदा सम्झौता मा खै कहाँ भुल भयो
नारा लायो पिरती ले हार भो मायाँ को ।

मशाल जुलुश गर्यौ किन मन्को गल्ली गल्ली
मन्को रेलिङ्ग भाँची दियौ हार भो मायाँ को ।

तन मन र विश्वाश सबै थाँती राख्यौ
दस्ताबेज नै च्यात्यौ रे हार भो मायाँ को ।

सिँङ्ह दरबार मन भित्र को बार्ता गर्न भनी
टोली मैले खटाकै हो हार भो मायाँ को ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

आज फेरी सम्झौता मा

गजल रचना स्रावण ४/२०६७

आज फेरी सम्झौता मा जित भो मायाँ को
हिमाल पनि झुक्दो रैछ जित भो मायाँ को ।

हट्दो रैछ मन्को डर दिल मिले पछी
घर बन्यो पिरती को हित भो मायाँ को ।

थुङ्गा थुङ्गा टिपेर मन्को फुल उन्दा
माला बन्यो स्वयम्बरको रित भो मायाँ को ।

सङ्लिएर निस्वार्थ मा तन झरे पछी
अलग बग्ने किनार पनि मित भो मायाँ को ।

दुई दिल गुन गुनाउँदा गित भो मायाँ को
आकाश पनि झुक्यो यहाँ जित भो मायाँ को ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२सुनसरी
हाल दोहा कतार

Monday, July 19, 2010

निचोरेर मुटु लाई

गजल रचना स्रावण ३ बेलुकी ०९ बजे

निचोरेर मुटु लाई एईठन हुँदा राती
थोपा रगत पानी हुन्छ पसिनामा राती ।

बाध्यतामा सम्झ्यौ होला आफ्नै आँगन जाती
तिम्ले भन्यौ मैले सुने चोट हिजो राती ।

बिधाता ले छुट्याएको हाम्रो भाग्य पनि
मेट्न खोजे कर्म पनि निधार मा राती ।

आफ्नो आफ्नो धरातलमा उभीए को हामी
यथार्थ लाई बिउझाएर बाँधे मन राती ।

एकान्त लाई सम्झिएर मायाँ गरे साथी
खै कहाँ चस्स दुख्छ बार्ह बजे राती ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, July 18, 2010

निस्सासिएर किन आज

2010-07-18 गजल ११.३० बजे राती

निस्सासिएर किन आज बित्यो मेरो रात
सम्झना मा तारा गन्दै ढल्यो मेरो रात ।

भेट्न आउने खबर थियो साँझ ढले पछी
निस्ठुरी लाई पर्खिएरै गल्यो मेरो रात ।

यथार्थ लाई बुज्नु खोज्छु फेरी पनि मन
तड्पिएरै आँशु सँग जल्यो मेरो रात ।

भुँलु भने मायाँ बस्यो नभुँलु त नासो
अँधेरी लाई गाली गर्दै बित्यो मेरो रात ।

हाँसी होली अन्त कतै मन बिछ्याएर
आशा गरी पर्खिएरै ढल्यो मेरो रात ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

डर लाग्छ तिम्ले कतै

2010-07-18 गजल

डर लाग्छ तिम्ले कतै भुली दिन्छौ कि
पिर लाग्छ मुटु भित्र शुल दिन्छौ कि ।

कती गरी जोगाएको कोपिला मा छँदा
छिमेकी को आँगनी मा फुली दिन्छौ कि ।

शिशिर मा हावा चल्दा बसन्त मा फुल्यौ
टिप्न आउँदा फक्रिएर झुली दिन्छौ कि ।

हिँड्दा हिँड्दै उकालीमा झर्किएर कतै
पराइको साथ लागि छोडि दिन्छौ कि ।

राखी सकेँ सजाएर आफु भित्र तिम्लाई
तिमी बिना अपुरो छु भुली दिन्छौ कि ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

घुमी हिंड्ने पर्देशी लाई

2010-07-18 रात को ११ बजे

घुमी हिंड्ने पर्देशी लाई किन दियौ बास
दिलको ढोका उघारेर किन राख्यौ आस ।

हात समाइ सावनको भेल तार्छु भन्यौ
साथ लगाइ भङ्गालोमा किन छाड्यौ हात ।

अपुरो छ जिन्दगानी थाहा हुँदा हुँदै
किन काट्यौ सँग सँगै जुनेली को रात ।

कहिले हुन्छौ पराइको कहिले तिम्रै भन्छौ
बुढा सुब्बा भाकल गरी टुटाउछौ आस ।

रङ्ग फेर्छौ कहिले काहिँ नजानिदो गरी
नचिनेको नाता जोडी किन दियौ बास ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

नानी भित्र लुकाउँ कि त

गजल रचना स्रावण १/२०६७

नानी भित्र लुकाउँ कि त मेरी उनी लाई
छात्ती भित्र छुपाउँ कि त मेरी उनी लाई ।

उनी आउने बाटो भरी फुल बिछ्याउँ भने
फुल ले पनि बिजाउला मेरी उनी लाई ।

पाउ मुनी हात मेरो राखी दिउँ भने
काँडा बनी घोच्ला कि त मेरी उनी लाई ।

आकाश को तारा टिपी दिउँ भने कतै
जुन ले पनि पोल्दो होला मेरी उनी लाई ।

गँङ्गा जल चढाउँ भने मेरै होस भनी
अंम्रित पनि बिश होला मेरी उनी लाई ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Saturday, July 17, 2010

छाती भित्र कस्तो बोज

गजल रचना अशाढ ३०/२०६७

छाती भित्र कस्तो बोज दियौ तिमी ले
मुटु भित्र कस्तो चोट दियौ तिमी ले ।

नसोचेको भेट भयो मायाँ पनि बस्यो
भुल्न खोज्दा नसकिने बोज दियौ तिमी ले ।

नत यता नत उता दोधारमा पर्‍यो मायाँ
मायाँ गरी नसकिने भोक दियौ तिमी ले ।

कुनै सन्देश आयो कित हुलाकी लाई सँधै
मिठा मिठा कुरा लेखी प्रिती दियौ तिमी ले ।

आराम कुशल लेखिएको मायाँ भरिएको
कस्तो खबर पठाएछौ मायाँ भरी तिमी ले ।


अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

लाग्छ मलाई किन यस्तो

गजल रचना अशाढ ३२/२०६७

लाग्छ मलाई किन यस्तो,उस्को नजर बाट गिर्दै छु
परेलिमा राखेथ्यो मलाई,उस्को अधर बाट गिर्दै छु ।

नचलाएको तिर मलाई,घोपे जस्तो मुटु भित्र
छाती भरी चोट बोकी,म बाँचेर पल पलमा मर्दै छु ।

आफ्नो भन्न खोजेकै थ्यो,मायाँ मलाई गरेकै थ्यो
फेरी पनि म आँफै पर पर,बैगुनी डुङ्गा तर्दै छु ।

भन्थेँ हिजो तिमी सँग,बास्ना होइन मायाँ गर्छु
काम बास्ना र कामुक्तमा,हर क्षणमा घ्रिणा भर्दै छु ।

लाग्छ मलाई हर रातमा,उस्को नजर बाट गिर्दै छु
मुस्कान छरी उदाएको,प्रेमको अधर बाट गिर्दै छु ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

सयपत्री फुल फुल्यो

गीत रचना अशाढ ३२

सयपत्री फुल फुल्यो तिम्रो शिर माथि
मग मग बास्ना चल्यो तिम्रो जोबन माथि ।।

भमरा झै भुन भुनाउदै चुम्न मन लाग्यो
गुन गुनाउँदै आँफै सँग झुम्न मन लाग्यो ।
टिप्न मलाई गारो हुन्छ नजाउ भिर माथि
बालापन बोलाएर बनाउँ कि म साथी ।।
सयपत्री फुल फुल्यो.........................!
मग मग बास्ना चल्यो.......................!
मन भित्र मायाँ रोपे ज्योति जगमगाउँ छ
तिमी फुले दिल भित्र धर्ती डगमगाउँ छ ।
जता जाउ यो आँखा मा तिमी सल्बलाउँ छ
बास्ना लिन भमरा ले गीत भुन भुनाउँ छ ।।
सयपत्री फुल फुल्यो.........................!
मग मग बास्ना चल्यो.......................!

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, July 15, 2010

मंसिर भरमा लिएर जन्ती

गीत रचना २०६७ अशाढ ३१

मंसिर भरमा लिएर जन्ती,ल्याउछौ कि बरमाला
चुरा र पोते पहिराइ मलाई,लैजाउन यो साला । ।

सोचेको मात्र कहाँ होर,यो मन दिन लाई
गाँसेको प्रिती जिबन भरी,त्यो मायाँ लिन लाई ।
पुर्णेको जुन जुनेली रातमा,मै कुर्छु तिमी लाई
ढाटेर राखे तिमी लाई भनी मै लान्छु भन्ने लाई ।।

मंसिर भरमा लिएर जन्ती....................!
चुरा र पोते पहिराइ मलाई....................!

भर्दैन आँखा नहेरे तिम्लाई,जोबन साट्ने लाई
ढल्दैन रात गल्दैन जोबन,यो मुटु खाने लाई ।
लिएर जाउ डोलिमा चढाइ,सिन्दुर लगाइ
बनाउनु सखी खसम ले मलाई,जिबन भरी लाई ।।
मंसिर भरमा लिएर जन्ती......................!
चुरा र पोते पहिराइ मलाई......................!

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

पोखी दिने ठाउँ भए,

गजल रचना २०६७ अशाढ ३०

पोखी दिने ठाउँ भए,पोखी दिन्थे ब्यथा
लेखी दिने मसी भए,लेखी दिन्थे कथा ।

कस्ले भन्छ कठै बरा,मै दुखी लाई देखी
छाती भित्र लुकाको छु,दुख्ख काट्ने ब्यथा ।

कर्म लेख्ने ठाउँ छैन,भाग्य लेख्ने मसी
सुनाउँ भने कोही छैन म भित्र को कथा ।

दुख्ख फाली हुने भए,सुख्ख रोपी दिन्थे
फुलाई दिन्थे फुलाई फुल,सुख्ख फुल्ने कथा ।

रङ्ग जस्तो मिल्ने भए,मिसाइ दिन्थे ब्यथा
पडी दिने कोही भए,लेखी दिन्थे कथा ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, July 11, 2010

फेरि किन ! कबिता

कबिता
नोट:-मैले यो कबिता आज भन्दा ३ बर्ष पहिले हलेसी पत्रीका
को लागि लेखे को थिए । लेख सहित तर आज यहाँ मैले
कबिता मात्र राखे को छु

फेरि किन !

दश बर्ष पछि शान्तिले
सास फेरेको देशमा
फेरि किन अशान्तिले छाउदैछ
फोरम टाइगर र लिग हरुको नाम मा
किन फेरि मुलुक अक्रान्त बन्दै छ
रगतको होलि पछि फेरि किन
चैते दशैमा मान्छेको मार हान्दैछ
ए काठमान्डौका पाले हरुहो !
फेरि कस्को इसारामा
मान्छेको बलि चडाइदैछ
त्यसैले ए पाले हरुहो
कपिलबस्तुमा आगो जल्दा
काठमान्डौको मन पनित पोल्नु पर्छ
फोरम टाइगर र लिग हरुको नाम मा
मधेश जल्दा
तिम्रो मन पनित जल्नु पर्छ
गरिब बस्ति हरुमा
भोक मरिको गास ढलदा
तिम्रो अपुतलि महल पनित
अब ढल्नु पर्छ ।
त्यसैले !
काठमान्डौका ए पालेहरु हो
दिल्लीमा प्रशान्तको लागी हास्दा
आफ्नै देश जल्दा रुन सक्नुपर्छ
सिमा पारि प्रशान्तको लागी
उठने एस.एम.एस.का राशि हरु
अब हुम्ला जुम्ला र डोल्पाको लागी पनित
भोक मरिको गाँस जुट्नु पर्छ
त्यसैले !
अब हामिले एक चोटी
नेपाली भएर पनि त हेर्नु पर्छ

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी

Saturday, July 10, 2010

तिमी लाई एक नजर राजा

गजल रचना २०६७ आशाढ २६

तिमी लाई एक नजर राजा लुकाएर के गरुँ
तिमी लाई एक अधर राजा छुपाएर के गरुँ ।

जब यो घुम्टो तिमी ले नै खोल्छौ भने
लाजको गहना मैले आँखा चिम्लेर के गरुँ ।

हिजो को अन्जान मान्छे आज आफ्नै हुँदा
दिलको ढोका बन्द गरी यो मन लुकाएर के गरुँ ।

जे छ जती छ म भित्र सारा तिम्रै भो जिन्दगी
हिस्सा गरी लेउ या एकै साथ धकाएर म के गरुँ ।

अस्ती सम्म यो अर्कै को दावा गर्ने यो मन
कैदी हुँदा तिम्रो दिलमा आँफै लाई ढाटेर के गरुँ ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, July 8, 2010

सप्नो ले के गया कहिँ दुर

गजल रचना अशाढ २५

सप्नो ले के गया कहिँ दुर,एक हावा आया
ना तुम्ने सोचा ना मैने सोचा,एक झोका आया ।

फुल खिले प्रेमका हाँ,मैने भि यही सोचा था
सालो बित गए वो साम,आज क्युँ खयाल आया ।

उड्ते पंक्षि दो दिलका,उड्ते पतङ्ग आसमान मे
गिर गया एक झोके मै,वो एक तुफान आया ।

कौन सोचा था वो पल भि,दो दिल अलग होँगे
कौन था वो एक अजनबी,कहर मे सवार आया ।

मासुम था वो दिल मेरा,कोही पत्थर तो नही था
आशामान से बिजली गिरकर,एक वो तुटाने आया ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

तिम्रै अनुरोध मा मैले

गजल रचना २०६७ आशाढ २३

तिम्रै अनुरोध मा मैले,लेखे हाम्रो कथा हरु
अँजुली मा थापी दियौ र,पोखे मैले ब्यथा हरु ।

भन्थ्यौ तिमी कृष्ण जि को बाँसुरी झै बजाइ देउ
गीत बनाइ गाइ दिएँ पिरती का भाका हरु ।

म कबी तिमी स्रोता हाम्रो मुटु मन्च थियो
बाचन गरी ढुक ढुकी मा लेखी दिए गजल हरु ।

उपन्यास को काहानी झै पल्टिएको जिन्दगानी
दिल को मसी छाती भित्र लेखी दिए पाना हरु ।

हिजो सम्म अलग बग्ने सङ्लिए का मन हरु
मिलाई दिए दुई आत्मा को मायाँ बग्ने संगम हरु ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

तिम्रै लागि फुलेको थे

गजल रचना २०६७ आशाढ २३

तिम्रै लागि फुलेको थे कुल्चिएर गयौ
कोपिला मै फक्रेको थे मिल्काएर गयौ ।

पानी कुवा चौरास्ता मा तिम्रै बाटो कुर्दा
भेट्न आउन बोलाएर फर्किएर गयौ ।

माईखोलाको भाकल गरी तिम्रै हुन्छु भन्थ्यौ
सिन्दुर को कुरा गर्दा तर्किएर गयौ ।

मन्को कुरा पोख्नु थियो भन्दा पनि तिम्ले
बोलाउँदा नि न सुनेझै झर्किएर गयौ ।

मायाँ गरी कालु भन्दा रिसाएर गयौ
अंम्रित सँग बिशको प्याला मिसाएर गयौ ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

दिल को बोज उठाएर

गजल रचना २०६७ आशाढ २३

दिल को बोज उठाएर राखुँ म तिम्रो सामु
गाँठो जती फुकाएर बिसाउँ म तिम्रो सामु ।

भेट भए पक्कै भन्छु मायाँ गर्छु तिम्लाई
बिन्ती पत्र चढाएर राख्छु तिम्रो सामु ।

अँश मागे पिरती को दिल काटी दिउला
भन्छौ भने शही छाप गर्छु तिम्रो सामु ।

दिल को ढोका फोरेकै हो मायाँ चोर्न भनी
सोदेउ भने पोखी दिउला बयान तिम्रो सामु

झरी पछी जिन्दगी मा घाम लाग्यो भने
पक्कै आज सुकाइ दिन्छु बिस्कुन तिम्रो सामु ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, July 7, 2010

हुन्न रैछ पर्देशी को

गजल रचना अशाढ २३

हुन्न रैछ पर्देशी को भर पनि ढल्यो
दिन रात मैना गर्दै आशा पनि ढल्यो ।

आज आउला भोली आउला पर्सी भन्दा भन्दै
तिम्लाई कुर्ने बलेसी को दैला पनि ढल्यो ।

किन राख्यौ पर्खाएर बाटो भरी आँखा
हेर्दा हेर्दै लोलाएको आँखा पनि गल्यो ।

आशा भित्र प्रतिक्षा को माला उनी बस्दा
हेर्दा हेर्दै आँगनी को सयपत्री नि फुल्यो ।

बिहान फुल्ने फुल पनि साँझ हुँदा झर्यो
तिमी बिना मायाँ लाउने बैश पनि टर्यो ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Monday, July 5, 2010

ए यात्री एक पल्ट यो देशको

गजल रचना २०६७ अशाढ २१

ए यात्री एक पल्ट यो देशको माटो टेकेर त हेर
छोडेर जाने आफ्नो काख देशको माटो सुँघेर त हेर ।

बिरानो हुँदै छौ आफ्नै सँग पर्देशमा के नै छर
ढुङ्गा पनि पग्लिन्छ यहाँ पौरख गरी त हेर ।

जन्मायो यही देश ले मर्नु छ भोली यही
आफ्नै आमा को दुध चुस्यौ नाता जोडेर त हेर ।

आँफै सँग उभिएको आफन्त नचिन्ने मुलुकमा
कुटुम्बको बास्न पनि छैन एक पल्ट सुँघेर त हेर ।

रगत होइन अब यो देशमा पसिना पोखेर त हेर
फुल्छ फुल्दैन पौरख यहाँ माटो छोएर त हेर ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

आधा बाटो पुगे पछी

गजल रचना २०६७ आशाढ २१

आधा बाटो पुगे पछी मायाँ बाँड्नु पर्‍यो
सुख जती उस्को भाग मा दुख मलाई पर्‍यो ।

मिठा मिठा कुरा गरी मायाँ उन्ले लाथ्यो
खेल खेल्यो नियती ले मायाँ उता सर्यो ।

भनेकै हो डोली चढि तिम्लाई लिन आउछु
हिड्दा हिड्दै पारी गाउँमा साँझ यतै पर्‍यो ।

सिन्दुर पनि पोख्यो भुइमा चुरा फुटी गयो
मुटु भरी सजाए को मायाँ पनि मर्यो ।

शित सँगै बिहानी मा जुन पनि झर्यो
अँश लाउँदा मेरो भाग मा आँशु मात्र पर्‍यो ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, July 4, 2010

तिम्रो याद बिना मेरो

गजल रचना २०६७ आशाढ २०

तिम्रो याद बिना मेरो कुनै साँझ झर्दैन
सम्झिएर आँखा मा नराखे मेरो रात टर्दैन ।

खाँदा पिउँदा उठदा बस्दा तिम्रो याद नआइ
चर्केको दिनको प्यास मा पनि मेरो भोक टर्दैन ।

फोन गरी तिम्रो हाल सोधुँ जस्तो लाग्छ
इन्टरनेट मा भेट नभै मेरो कुनै दिन टर्दैन ।

मलाई मात्र होकी यस्तो तिम्लाई पनि त्यस्तै हुन्छ
मिठो बोली न सुनेत मेरो कुनै बातै टर्दैन ।

मुटु भित्र राखी सके जूनी भर लाई तिम्लाई
तर्किएर हिड्यौ भने तिमी बिना साथै टर्दैन ।
अर्पण तमाङ(योन्जन)
तरहर-२ सुनसरी
हाल दोहा कतार

Saturday, July 3, 2010

आजकाल धेरै भयो तिम्रो मेरो

गजल रचना २०६७ आशाढ १९

आजकाल धेरै भयो तिम्रो मेरो भेट नभाको पनि
झन्डै मैना दिन पुग्यो होला देख्न नपाको पनि ।

चाडै भेट्ने बाचा गरी छुटेका थ्यौ दुबै जना
शुन्य जस्तो भयो होला भञ्ज्याङ को बर पनि ।

जहाँ छुट्यौ त्यही भेट्न आको थिए चौतारी मा
खोज खबर केही पाईन अत्तालिन्छ मन पनि ।

बाचा थियो भेट्न आउने बिहिबारे हाट मा
औंला भाँची दिन गन्दा हतारिन्छ तन पनि ।

मामा घर जान्छु भन्थ्यौ पाउन लाग्न तिमी
धेरै भयो नजिक बाट देख्न न पाको पनि ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, July 1, 2010

ति अघोर निर्दयी रात हरु

कबिता(ति अघोर निर्दयी रात हरु) रचना २०६७ अशाढ १७

धर्तिमा मात्र राजनीती होइन
आकाश को जुन तारा र रात बिचमा पनि
राजनीति हुन्छ !किन कि ?
आजको कालो औशीमा
आकाशमा जुन देखिएन
उस्कै पर्खाइमा साना तारा हरु !
दुर्बल र मधुरो
उज्यालो बाल्ने कोशीश गर्दै छन ।
त्यसैले ! मत भन्दै छु
यो अचुक कालो रात
तारा हरु को निम्ती
कैल्याइ नआइ दीए हुन्थियो
ब्रम्हान्ड श्रीजना हुँदा होकी ?
पछी कसैले बसमा राख्न लाई बनाएको
यो कालो र अन्धा कानुन
त्यसैले गर्दा !
आज पनि ति साना तारा हरु ले
आफ्नो निर्बल उज्यालो हरु
छर्न कोशीश गर्दै छ ।
घरि घरि आउने कालो रात्री को बिरुद्ध मा
मुर्दाबाद मुर्दाबाद भन्दै !
स सक्त आन्दोलन र नारा बाजी गर्दै छन ।
तै पनि ! उनी हरु स्वयम !!
एकत्रित भएर झुन्ड हुन नसक्दा
बार बार यि काला रात हरुले !
जुनको अनुपस्थिती मा ।
राज्य बनाउछ,कानुन बनाउछ,
र !केही दिनको लागि भए पनि
तारा हरु माथि !
अशैय दमन र धरपकड गर्छ ।
अनी उ !उन्मत्त हुँदै !!
आफ्नै शासन भाषान र आशन हरु जमाउछ ।
ति आँफैमा बेमेल तारा हरु लाई फुटाएर
उ अर्थात कालो रात
कहिल्याइ चाहदैन
उनी हरु मिलोस र उज्यालो छरोस
आफ्नै स्वार्थ सत्ता र लिप्सामा
ति अघोर निर्दयी रात हरु !
अरु लाई अन्याय अत्याचार गर्दा गर्दै
आदत परेका ति स्वाभब हरु!
कहिल्याइ छुटाउन चाहदैनन ।
बरु उ !अझै तम्सन्छ र उत्सुक बन्छ
आफु लाई अझै सक्ती निर्माण गर्छ
अनी !स्वयम जुन लाई पनि
पुर्णिमा को रातमा
पद्च्युत गर्छ र राज्यरोहण गर्छ ।
त्यसैले जुन माथि कहिले काँही
निर्दयी यि रात हरुको !
बिजय हुन्छ र चन्द्र ग्रहण लाग्छ ।
शायद !जुनमा पनि केही कम्जोरी होला
देश जनता र कानुन लाई
रुझाएर काम गर्ने शैलिमा
उ ! भित्र पनि खोट होला
सके सम्म आँफै खाउँ र भोग गरुँ
अनित ! पुर्णिमाको सुमधुर रात मा पनि
मानब बस्ती बाट !
उसको अनुहारमा कालो दाग देखिन्छ ।
उ !भित्र पनि मनमा खोट नभै दिएको भए
स्वयम आफ्नै नियतमा
अनुहारमा छर्लङ्ग दाग नदेखिएको भए
घरि घरि तानाशाही रात हरु ले
ति निर्बल तारा हरु लाई !
जूनको अनुपास्थिती मा
आफ्नै कानुन लगाउने कोशीस गर्ने थिएन
तारा हरुले पनि आँफैमा एक जुट भए को भए
नचाहेरै निर्बल र मधुरो
आफ्नै प्रकाश हरु को !
सहायता लिनु पर्ने थिएन ।
त्यसैले !आजको दिन सम्म त
चलेकै छ तिमी हरु को देश
थोरै भये पनि बचेँको छ तिम्रो स्वधिन्ता हरु !
तै पनि यो मानब बस्ती बाट
म पनि एक चित्त ले प्रार्थना गर्छु
तारा र जुन हरु मिलुन
यदी तिमी हरु मिलेर स्वधिन्ता बचायौ भने
जुन जुन र तारा तारा भएर बाच्ने पाउने छौ
यदी यस्तो भयो भने !
तिमी हरु मिल्यौ भने
त्यही शन्देश आउने थियो
मानब धर्ती को नेपाल भन्ने देशमा ।

अर्पण तमाङ(योन्जन)
तरहारा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, June 30, 2010

लेख्दा लेख्दै गजल हरु

गजल रचना २०६७ अशाढ १६

लेख्दा लेख्दै गजल हरु तिम्रो लागि गीत बन्यो
रेट्दा रेट्दै सारङ्गी मा तिम्रो लागि धुन बन्यो ।

हिड्दै थिए कतै टाढा तिम्रो गाउँ मा बास माग्दा
तिम्रो दिल मा बस्न पाउँदा मेरो लागि मित बन्यो ।

भोकै प्यासै तिम्रो सामु एक घुट्को पानी माग्दा
तिम्रो हात को मायाँ पिउदा मेरो लागि प्रित बन्यो ।

खेल खेल्यौँ रात भरी बाजी मारेयौँ जिन्दगी को
हार पनि तिमी सँग मेरो लागि जित बन्यो ।

एकै रात को बास पनि तिम्रो मेरो रित बन्यो
बिहान उठि बाटो लाग्द मेरो आँशु शित बन्यो ।


अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

आज तिम्रो लागि भनेर

गजल रचना २०६७ अशाढ १६

आज तिम्रो लागि भनेर साँचे को कुनै प्रश्न छैन
आज तिम्रो लागि भनेर म सँग कुनै उत्तर छैन ।

जती जे छ तिमी मात्रै भन म सुनी रहन्छु
तिमी एक्लै बोल्यौ भनेर मन्मा कुनै रिस छैन ।

जब तिमी बोल्न थाल्छौ आइ मेरो समिप मा
हेरी रहुँ जस्तो लाग्छ मन्मा कुनै दोस छैन ।

जती बोल्छौ उती मिठो शुल हौ कि फुल हौ
टिपी लाउँ कि शिर माथि मन्मा कुनै काँडा छैन ।

यसै गर्छु तिमी सँग भनेर मेरो कुनै खाका छैन
तिमी गीत गाउ म सुनी रन्छु मेरो कुनै भाका छैन ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

जिन्दगी को डायरी भित्र

गजल रचना २०६७ अशाढ १६

जिन्दगी को डायरी भित्र तिम्रै कथा लेखी रन्छु
न सकिने दिल को मशी हृदय मा थपी रन्छु ।

दुर कतै क्षितिज मा फर्की आउन भुल्यौ भने
तिमी गाको बाटो कुर्दै तिम्रो पाइला कुरी रन्छु ।

हावा सँगै अँधेरी मा निभ्न कतै लाग्यौ भने
प्रतिक्षा मा आँफै जल्दै मन को तेल थपी रन्छु ।

ओठ तिम्रो हाँस्यो भने खुशी हरु रमाएर
बैन राखी जिन्दगी लाई सुख्ख हरु थपी रन्छु ।

तिमी सङ्ग बिताएका पल हरु माग्यौ भने
तिता मिठा सम्झना लाई गीत बनाइ लेखी रन्छु ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Tuesday, June 29, 2010

घाम लागेको दिन सँगै

अजल रचना २०६७ आशाढ १५

घाम लागेको दिन सँगै प्रिती बस्ने साँझ बनोस
अर्ध चन्द्र उदाउदा मायाँ बस्ने रात बनोस ।

कान्मा आइ साउती मार्दा न्यानो न्यानो उस्को श्वास
मिठा मिठा पल हरु जिन्दगी को साथ बनोस ।

दिप बाली रात सँगै जून्केरी ले गीत गाउदा
पुर्णिमा मा तारा सँगै चाँदनी को साथ बनोस ।

दुइटा प्राणी दुइटा मुटु दुइटा ढड्कन मात्र
रङ्गी चङ्गी बिहानी को इन्द्रेणी को रङ्ग बनोस ।

काँडा बिच फुल छुदा मायाँलु को हात बनोस
दुइटा मात्र पिरती को दुनियाँ मा जात बनोस ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

आज आफै हार खाएँ

गजल रचना २०६७ आशाढ १५

आज आफै हार खाएँ लड्दा लड्दै जिन्दगी
आफ्नै छायाँ टाढा भयो हिड्दा हिड्दै जिन्दगी ।

चड्दै जाँदा उकाली मा साथ छुटी गयो
भाकल गरी चढाई दिए देउरालीमा जिन्दगी ।

तार्छु भन्दा मर्स्याङदी मा हात छुटी गयो
खहरे को भेल आइ बगाइ लग्यो जिन्दगी ।

सप्ना आउथ्यो नाना भाती सँग सँगै जिउने
देबदाश को पारो भयो सार् बिना को जिन्दगी ।

मर्न पनि न सकिने जिउन झनै गाह्रो
सास् छदै लास् भयो हार् खाए को जिन्दगी ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Monday, June 28, 2010

नशा हो की जादु हो

गजल रचना २०६७ अशाढ १४

नशा हो की जादु हो तिम्रो भेट मलाई
मायाँ हो की मोहनि हो तिम्रो भेट मलाई ।

नाता जोड्यो फेश्बुक् ले साईनो के हो कुन्नी
काली भन्दा लजाउने तिम्रो नाम मलाई ।

नजर् छुपाई हिड्यौ भने देख्न मन लाग्ने
पानि जस्तो तिर्खा लाग्ने तिम्रो मायाँ मलाई ।

भर्भराउदो बैश तिम्रो रात डाकुँ जस्तो
नपिएरै मात लाग्ने तिम्रो मायाँ मलाई ।

बानि पर्यो भेट गर्ने सँधै फेशबुक् मा
ढिलो हुँदा बाटो कुर्ने बानि पर्यो मलाई ।

अर्पण तामाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

नसोचे को भेट भयो

गजल रचना २०६७ अशाढ १४

नसोचे को भेट भयो आज उनि सित
दिल खोलि बात भयो आज उनि सित ।

एउटै थियो गाउं घर हाट बजार एउटै
नभेटे को धेरै भयो आज उनि सित ।

कुन् शब्दले ब्यक्त गरु मेरा खुसी हरु
इन्टर्नेट् को बाटो गरि भेट् भो उनि सित ।

बोलि भने उस्तै लाग्यो रुप् भो कस्तो कुन्नी
स्वर्गै जिते जस्तो लाग्यो भेट्दा उनि सित ।

आदर् गरि ह्रिदय मा भेट् भो उनि सित
बर्षौ पछी दिल खोलि बात् भो उनि सित ।

अर्पण तामाङ(योन्जन)
तरहरा-२ सुनसरि
हाल दोहा कतार

Sunday, June 27, 2010

कांडा रोपी पात छुदा

गजल रचना २०६७ अशाढ १३

कांडा रोपी पात छुदा खै कहां फुल भो
उनलाइ मायां लाउछु भन्दा खै कहां भुल भो।

हात समाइ उनि सङ्गै जिबन् काट्छु भन्दा
चिच्याएर गालि गरी खै कहां भुल् भो ।

किस्न भिर् को पैरो जस्तै पैरो गयो जिबन्
भुल्छु भन्दा उन्को मायां खै कहां शुल् भो ।

एउटा थियो चौतारि को बास बस्ने घर
सङ्गै तर्छु भन्दा जिबन् गन्डकि को भेल् भो।

दिप बिना अंध्यारोमा सलेदोको तेल् भो
मायां लाउछु भन्दा मैले खै कहां भुल् भो ।

अर्पण तामाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Saturday, June 26, 2010

आजकाल कबी भाको छु !

कबिता आजकाल कबी भाको छु ! रचना २०६७ आशाअढ १२

कबि !कबि!! भन्छन् सबै मलाइ
जोरि पारि आफन्त र साथि हरु !
खै कुन्नि !किन कबि भन्छन् मलाइ
आफन्त को फुर्काइमा होकि ?
कबि बन्ने रहर् र लहडमा
अक्षर हरुको !
जुइना बाट्न थालेको छु म ।
बाट्दा बाट्दै फुकेको होस या गाठो परेको
भ्रमित होस कि स्रिजित !
कलम का निप बाट निस्केका
अंम्रित होस या बिस बमन
शब्द हरुको !
कबि!भाको छु म आजकल।
हुनत !आजकल कबिता हरु !
गजलकार का गाजलि हरुको एक हुलले
बिस्थापित नारि कबिता हरु!
गाउं शहर छोडेर,भिर पाखा र गल्लि हरुमा
बेस्यागमन मा असरल्ल छरिएका छन् ।
हिजो गाउं समाज र देशको
उन्नति प्रगति र एकताको शन्देश
बाड्दै हिडेका कबिता हरु !
देशमा शान्ति खोज्दा खोज्दै
गाजलि हरुको !
प्रेम बियोग र मिलन को
कहर बहर र तखल्लुस हरु ले
बिस्थापित गरे पछि !
तिनै कबिता हरुको,इज्जत सम्हाल्दै
कोरिएका बिचारका बिम्ब हरु !
रचनामा प्रस्तुत हुदा !
कबिता!हरुको कबि भाको छु म आजकल ।
आफ्नै पैसाले आफै लाइ
बन्धकिको तमसुक बनाएर बेचिएको म !
आमा र सुन्तलिको ढुङ्रे बुलाकी
अनि !गैरि खेतको लाल्पुर्जा साहु लाइ रिण राखेर
आफ्नै पैसाले मेरै श्रम बेच्न
देश छोडेर प्रभासिएको मनले
स्रिजिएका पारिवारिक बेदनाका कथा हरु !
क,ख,र ज्ञ सम्म कोरिदा
साथी भाइ र आफन्तको
खै कुन्नि?कस्तो कबि भाको छु म!
परिवार र देश छोड्दा को पिडा मा
आजकल देशको सिमा दुख्दा
देश भित्रै आफन्त को मन फाट्दा
मै हु!भन्ने नालायक हरु ले!
देश र जनता लाइ अर्काको पोल्टामा हाल्न खोज्दा
जाति धर्म लिङ्ग बर्ण र क्षेत्रको आधारमा
मधेश जलेर खाग बन्दा
कपिलबस्तु हरु जलेर राख बन्दा
सडक पेटिमा चिच्याउदै हिडेका
रास्ट्रियता का इज्जत हरु !
आत्मा सम्मानका भिख मागि रहदा
मेरो कलम हरु कबिता बनेर !
कोरिन थालेका छन ।
त्यसैले !आमाले मेरो बाटो कुर्दा होस
या!सानेकी आमाले बैश कुरेर बस्दा
वा! कालापानी र सुस्ता मा
बिदेशिको बुटले बलात्क्रित हुदा
रास्ट्र,रास्ट्रियता,स्वधिन्ता र एकता
बिना सम्भिधानको देश !
कसौटिमा शेरिएर बांच्दा !
लेखिएका यि आवाज हरु ले
म !आजकल् कबि भाको छु ।
यथार्थ भित्र को होस या !
बन्द कोठा भित्र को कैदि कबि भाको छु आजकल
मायां प्रेमका शब्द हरु बटुल्दा
कसैको लागि प्रेमि कबि भाको छु !
युग र इतिहांसको कुरा गर्दा
राजाबादि कबि भाको छु!
पुजिबाद र समाजबादको कुरा गर्दा
काङ्रेसी कबि भाको छु !
जनबाद लाइ कलम ले लेख्दा
एमालेको कबि भाको छु !
क्रान्ति र परिबर्तनको कुरा गर्दा
माओबादि कबि भाको छु!
उन्नति र प्रगतिको कुरा गर्दा
चरमपन्थि र उग्रपन्थि को कबि भाको छु !
देश प्रेम र रास्ट्रियाता को कुरा गर्दा
आतङ्क बादि कबि भाको छु !
जे होस जसरी होस
यो बादै बाद भित्रको
एउटा आरोपित कबि भाको छु ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

फगत एक नजर मा

गजल रचन २०६७ आशाढ १२


फगत एक नजर मा आँखा जुद्द्यो भने
थाहै नपाई परेली मा मायां बस्यो भने ।

न भन्दिनु सानी त्यो प्रित हो
बास्ना ले त्यो यदी मायां बस्यो भने ।

कान्छा भनी सानी प्यार न भर्नु
सडक हो त्यो किनरा भेट भयो भने ।

आउने जाने धेरै हुन्छन मायां गर्ने पनि
पल भर मा सङ्का गर्नु साथ दिन्छु भन्यो भने ।

प्रेम पोख्दा तिम्रो सामु नजर छुप्यो भने
जिबन भरको साथ होइन बास्ना लुक्यो भने ।

अर्पण तमाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, June 24, 2010

एउटा फुल रोपुकी त

गजल रचना २०६७ अशाढ ११

एउटा फुल रोपुकी त ठुलि तिम्रो नाउं मा
चिट्ठी कोरी पठाउ कि त ठुलि तिम्रो नाउं मा ।

भेट घाट भाको छैन बोल्दा मात्रै यस्तो
किन लाग्छ यती मायां ठुलि तिम्रो नाउं मा ।

जोरी पारी छिमेक मा नाम तिम्रो सोददै
बलेसीमा बास माग्न आउंकी तिम्रो नाउं मा ।

फुल्यो भने एउटा फुल तिम्रो दिल भित्र
माला गांसी स्वयम्बरमा ल्याउकी तिम्रो नाउमा ।

पठाउ भने सिन्दुर तिम्लाई रिसाउने डर
देबिथान् मा चडाउकी त ठुलि तिम्रो नाउमा ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

तिता मिठा सम्झना

गजल रचना २०६७ अशाढ १०

तिता मिठा सम्झना सांचेको थे जिन्दगी मा
उनकै मायां संङ्गालेर बांचेको थे जिन्दगी मा ।

नछुटिने हात थियो साथ थियो दुबै एक हुंदा
स्वर्ग मानी उनको काख बाचेँको थे जिन्दगी मा ।

छुट्ने छैन टुट्ने छैन भन्थे हाम्रो मायां
न सोचे को पल आयो कहर जिन्दगी मा ।

भन्थे उनी बनाउंला प्रिती बस्ने घर
मैले पनि कहाँ होर नसोचेको जिन्दगी मा ।

शनि दशा राउ केतु कस्तो बहर आयो
न चाहेरै पिउनु पर्‍यो जहर जिन्दगी मा ।

संधै उजाड हुने होकी गाउं बस्ती जस्तो
बन्दैन कि झिलिमिली शहर जिन्दगी मा ।

नदी बनी सागर पुग्यो कीनार् जिन्दगी मा
आउंदैन कि फर्की अब रहर जिन्दगी मा ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, June 23, 2010

चक्काने को मुटु खोजे

गजल रचना २०६७ अशाढ ९

चक्काने को मुटु खोजे
भक्काने को मन खोजे ।

सुख दु:ख बाड्न लाई
बैगुनी को साथ रोजे ।

खडेरी मा हांगा रोपी
कांडा बीच फुल रोजे ।

छुरा घोप्ने पापी लाई
निस्वार्थ मा माया खोजे ।

शराबी मा नसा रोजे
नशा भित्र जिबन खोजे ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

एउटा याद अल्झिएछ

गजल रचना २०६७ अशाढ ९

एउटा याद अल्झिएछ उन्को पछेउरिमा
फुल बुट्ते चमेली अल्झ्यो पछेउरी मा ।

तारी लैजाउ भनिन उन्ले मन्को डुङ्गा चढि
त्यही मन अल्झिएछ रातो पछेउरी मा ।


ढक मक्क इन्द्रेणी को रङ्ग बीच जोबन
फुलै फुलको काडा बीच अल्झ्यो पछेउरी मा ।

आशा गले लाश ढले उन्को मायां ढलेन
फुल टिप्दा मन अल्झ्यो उन्को पछेउरिमा ।

तन मन कोपिला भयो हिजो आज
कस्तो हेराइ अल्झ्यो कुन्नी उन्को परेलिमा ।

देउराली मा कुन देउता को भाकल बाँकी रयो
भाकल सङ्गै शुल अल्झ्यो उन्को पछेउरी मा ।

तीन भञ्ज्याङ काटी गयो छोडि जाने ले
झल्को भने अल्झिएछ उन्को पछेउरी मा ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Tuesday, June 22, 2010

दिन ढल्यो रात गल्यो

गजल रचना २०६७ अशाढ ९


दिन ढल्यो रात गल्यो तिमी सङ्ग बोल्दा
मुटु पनि चोरि लग्यौ मन्को कुरा खोल्दा ।

नबोलु त तिमी सङ्ग लगाइ मोहनी
चोर्यौ कित रात बिच्छे तिमी सङ्ग बोल्दा ।

बोल्दा बोल्दै मन्को ढोका खोली दिए सबै
अलिकती माया थियो चोरेयौ कुरा खोल्दा ।

थाहा पाको भए चोरि दिउसै लाउथे ताला
सबै चोरि लगे हुन्थ्यो दिलको ढोका खोल्दा ।

एकै छिन् को भेट घाटमा तिमी सँग बोल्दा
चोर्न तिम्लाई बाँकी छैन मन्को कुरा खोल्दा ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Monday, June 21, 2010

सुम्सी थान्बा पिन्बाला मायां

गजल रचना २०६७ अशाढ ८
तमाङ भाषा को गजल यस्को
अर्थ तल दिएका छन,अन्तमा
गई पढ्नु होला ।


सुम्सी थान्बा पिन्बाला मायां
ख्लासी निजी ङाला मायां ।

घादे सोसै दुखिला कर्म
थेदा बिसी थान्बाला मायां ।

खाला कि बिसी घादे च्यासै
देउराली ङ्ह्यानरी थान्छिनम मायां ।

थेदा म्हाइबान ङाला चू जुनी
रेसी ताइजी थान्बाला मायां ।

छार्बाला म्हेन्दो पिन्बला मायां
ख्लासी निजी दुखी ला मायां ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
नेपालीमा

लुकाइ राखेको दिएथे माया
छोडेर गयो मेरो माया ।

कती बनाउनु दुखी को कर्म
उस्लाई भनी राखे को माया ।

आउछ कि भनी कती हेर्नु
देउराली डाडामा रखेर माया ।

उस्लाई खोज्दै मेरो यो जुनी
ओइलेर झर्यो राखे को मायां ।

फुलेको फुल दिएको माया
छोडेर गयो दुखी को मायां ।

Sunday, June 20, 2010

प्रेम्को बर्षात नभै सुखा परे पनि

गजल रचना २०६७ अशाढ ७

प्रेम्को बर्षात नभै सुखा परे पनि दिलको जमिन
खडेरी ले सुकेर आगै लागे पनि दिल को जमिन ।

तिमी लाई माग्ने छैन घुट्को थोपा पानी पनि
बरु चर्किएर प्रेमको को बाजो फुटोस् दिलको जमिन ।

जती जल्छ जल्न दिन्छु बोलाउदिन दमकल पनि
जलेरै खाग बन्छ बनोस बरु यो दिल को जमिन ।

तिमी ले नै बाजी मारेथ्यौ कल्कलाउदो बैश हुँदा
फुल फुलाउछु भनी खन् जोत् गरेथ्यौ दिल्को जमिन ।

काकाकुल रोएर छट्पतिए पनि यो दिल को जमिन
लाउदिन कुलो अब धाजै फाटोस यो दिलको जमिन ।

अर्पण तमाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Saturday, June 19, 2010

आउँला कि भन्दै

कबिता रचन मिति २०६७ असाढ ५

आउला कि भन्दै कुरेको थिए पर्देश जाने लाई
झ्याल मा बसी कुरेको थिए कसम खाने लाई ।
छुट्टीने बेला बिरह सांझ कोइली ले गाएथ्यो
कमाइ ल्याउछु सुनको थैला भनेर गएथ्यो ।।

म कती सम्झाऔ छोडेर मलाई मुग्लान धाउने लाई
भने कै थिए चाइदैन धन पिरती लाउने लाई ।
कसरी फर्काउ खबर पठाइ छाडेर जाने लाई
धागो ले बांधी पठाउकी चिट्ठी मनको राजा लाई ।।

सम्झिदा यता बाडुल्की त्यता लाग्यो कि सखा लाई
चसक्क मुटु दुखेर राती सम्झ्यो कि दुखी लाई ।
सपनी बिच देखेर मलाई शिरानी छाम्दो हो
भक्कानो मुटु पारेर छाती हात पाउ काम्दो हो ।।

लेको छु ब्रत भाकेर देवता हजुर को नाउमा
अघाको छौ कि खाली पेट छौ कि पर्देशको गाउंमा ।
हांसु त भने सखा लाई पिर म रोऔ कसरी
न हांशु भने मनको पिर म बुझाऔ कसरी ।।

म कती गनुं आकाशको तारा हेरेर जुन लाई
म कती कुरुं डाडा को बर पर्देश जाने लाई ।
अबत आउन सखी लाई सम्झी बसन्त डाकेर
म पर्खौ कती बैश लाई ढाटी सिउदो लाई ढाकेर ।।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Friday, June 18, 2010

नढाटेरै भन्नु पर्दा तिम्रो मायां मलाई

गजल रचना मिती २०६७ असाढ ४

नढाटेरै भन्नु पर्दा तिम्रो मायां मलाई
अंम्रित भन्दा बिश लाग्यो तिम्रो मायां मलाई ।

कहाँ देखु कहाँ भेटु हुन्थ्यो हिजो अस्ती
सलाई को काटी पनि राप भयो मलाई ।

यती धेरै पोल्छौ भन्ने थाहा पाको भए
ताप्नु थेन तिम्रो मायां अगेनु मा मलाई ।

पानी भए पिइ दिन्थे आगो पिउन गाह्रो
राप भन्दा ताप ठुलो तिम्रो मायां मलाई ।

किन ढाट्नु लुकाएर साचो मनका कुरा
जती ढाट्यो उती पोल्छ तिम्रो मायां मलाई ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, June 17, 2010

कती गर्नु तिमी सङ्ग पिरती का कुरा

गजल मिती २०६७ अशाढ ३

कती गर्नु तिमी सङ्ग पिरती का कुरा
खुकुरी को दाप भित्र लुकाइ राख्छौ छुरा ।

भरोसा नै छैन भने मायां किन लाउने
सय थरी सय कसम संधै त्यही कुरा ।

आफ्नै विश्वाश छैन भने देउता केको लागि
आफ्नै मुटु छामी हेर बीछोडिने कुरा ।

हद हुन्छ कुनै चिजको ढिपी गर्ने पनि
घुर्की लाउछौ छोडि जाने संधै उही कुरा ।

दोशी चस्मा हेराइ को दोशी तिम्रा कुरा
आँफै भन के लाई किने?सिन्दुर पोते चुरा ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, June 9, 2010

आउँला भनी पर्खाइमा

गजल लेखन मिती२०६७ जेष्ठ२६

आउँला भनी पर्खाइमा मेरो जिबन फुल्यो
पर्देशी को बाटो कुर्दा सिउदो मेरो फुल्यो ।

बेग हानी चरी उड्यो पुग्यो होला कहाँ
बाटो भुल्यो पर्देशी ले यता मन फुल्यो ।

लेखु भने कथा मेरो उडी गयो कागज
मसी भित्र याद अल्झ्यो जिबन त्यसै फुल्यो ।

नलेखे को कथा थियो तिम्रो मेरो बिचमा
पडुं भन्दा च्यातिएर जिबन त्यसै फुल्यो ।

फुल्यो कि त अर्कै फुल पराइ को देशमा
उनको पाइला पर्खाइमा मेरो मायां फुल्यो ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

निचोरेर ऐठन हुन्छ

गजल लेखन मिती२०६७ जेष्ठ२६

निचोरेर ऐठन हुन्छ यो मन डराउछ
सपनीमा पैरो जान्छ यो मन डराउछ ।

कैले देख्छु आधी हुरी कैले बाडी पैरो
झस्की उठदा बिछेउनामा यो मन डराउछ ।

सपनी मा मात्रै होकी बिपनिमा पनि
अन्तै डेरा सर्छौ भनी यो मन डराउछ ।

आज पनि उस्तै देखे बर ढलेको
गती बद्छ धद्कनको यो मन डराउछ ।

बुढो रुख को हांगा माथि कौवा कराउछ
भनु भने सङ्का होइन यो मन डराउछ ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

खै के पायौ र तिमी ले ?

Monday, June 7, 2010

यहाँ धर्तिमा छ अशान्ति

गजल लेखन मिती २०६७ जेष्ठ २४

यहाँ धर्तिमा छ अशान्ति तिमी आकाशको जुन हेर्छौ
आफ्नै पाइला बन्दी छ तिमी खुला आकाशको कुरा गर्छौ ।

फाटेर भाईचारा यहाँ आफ्नै देश धुजा धुजा हुंदा
आफ्नै जमिन काटेर तिमी स्वर्गको कुरा गर्छौ ।

एकले अर्को लाई मारेर यहाँ देश रगतमा डुब्दा
शोकको शान्तापमा पनि तिमी हांसेर कुरा गर्छौ ।

सांच्चै स्वार्थी हौकी तिमी मन मात्रै कठोर तिम्रो
पराइले देशको सिमा मिच्दा तिमी आंगनको कुरा गर्छौ ।

धर्तिको सयौ फुल टिपी तिमी आकाशको तारा गन्छौ
आफ्नै स्वाभिमान नाङ्गो हुंदा तिमी अर्काको छायां हेर्छौ ।

अर्पण तामाङ
त्रहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, June 6, 2010

शिरमाथि चन्द्र सुर्य

गीत लेखन मिती २०६७ जेष्ठ २०

शिरमाथि चन्द्र सुर्य झन्डा फरफराउछ
चट्टान फोरी यही देशमा सुन लहराउछ ।

आपसमा हामी मिले पराइले छुन्न
हिमाल जस्तो शिर हाम्रो झुक्न दिनु हुन्न ।
बेशी झरे कोइली गाउछ लेक माथि डाफें
स्वर्ग जस्तै बन्छ नेपाल हामी सबले आटे ।
शिरमाथि चन्द्र...................
चट्टान फोरी....................
छोड्नु पर्छ हामी सबले गाउ छोडि लाग्ने
कायर छोरो होइनौ हामी शत्रु सङ्ग भाग्ने ।
माला गास्न सक्नु पर्छ सयपत्री फुल्दा
कस्को आट धावा बोल्ने दाजु भाई मिल्दा ।
शिरमाथि चन्द्र..................
चट्टान फोरी...................
छाती भित्र देशको मायां भुल्नु हुन्न बाटो
राख्नु पर्छ सन्तान लाई यो देशको माटो ।
हात मिलाई हिमाल तराइ मेची काली हिंड्ने
बेला आयो सबै मिली देशको लागि लड्ने ।

शिरमाथि चन्द्र सुर्य झन्डा फरफराउछ
चट्टान फोरी यही देशमा सुन लहराउछ ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, June 3, 2010

आँफै मात्र खाऊं लाऊं भन्छौ

गजल लेखन मिती २०६७जेष्ठ २० बेलुकी ५ बजे

आँफै मात्र खाऊं लाऊं भन्छौ जोगाऊ भन्छौ पाखुरी
लाखौं सन्तान भोका छन यां मोटाऔ भन्छौ पाखुरी ।

ढले गलेको सडक किनारमा देख्दैनौ कि कसो
चिच्याइ रहेका भित्री आत्ममा बर्साऔ भन्छौ पाखुरी ।

सानो चोट लाग्यो भने दुख्यो भन्थेउ देश लाई
लर्बराउदा उठाउने खोइत आज तिम्रो पाखुरी ।

शिर ढलेको नजर गलेको यहाँ देश दुखेको
साच्चै देख्दैनौ कि देश चलाऊने उठाइ पाखुरी ।

बुजेर बुज पचाको हौकी आफ्नै आमा रुंदा
देशभक्त ले आशु पुछ्ने खोइत तिम्रो पाखुरी ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, June 2, 2010

कती राख्छौ लुकाएरै

गजल लेखन मिती २०६७जेष्ठ १९

कती राख्छौ लुकाएरै मनका कुरा मुटु भित्र
कती राख्छौ पिर ब्यथा लुकाएरै मुटु भित्र ।

उकुस मुकुस छिन्न भिन्न खहरेको भेल तर्दा
कती राख्छौ चोट हरु लुकाएरै मुटु भित्र ।

कती बस्छौ गुम्सिएर नभनेरै मनका कुरा
गाठो पारी बन्धकी मा लुकाएरै मुटु भित्र ।

कती चल्छन मन भित्र कृष्ण भिरको पैरो सरी
कती थेग्छौ उथल पुथल लुकाएरै मुटु भित्र ।

कती रुन्छौ एक्लै बसी त्रिशुलिको भेल तर्दा
कती खप्छौ एकान्त लाई लुकाएरै मुटु भित्र ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Tuesday, June 1, 2010

भेटिन्छौकी भनी तिमी

गजल लेखन मिती २०६७जेष्ठ १८


भेटिन्छौकी भनी तिमी खोजी बसे कहाँ कहाँ
सपनाको खोजिमा खोजे मैले कहाँ कहाँ ।

संसार चलेनी दुर देश सम्म पुग्यौ तिमी जहाँ
सन्देश बोकी घर घरमा खोजे मैले कहाँ कहाँ ।

सन्देश लाने बादल फाट्यो चरी थाक्यो रुखमा
बही जाने हावा लाई खबर पठाइ खोजे मैले कहाँ कहाँ ।

न त भेटे नत देखे नत कुनै खबर निसानी
निस्ठुरिको मायां बिसाई खोजे मैले कहाँ कहाँ ।

दिन बित्यो रात ढल्यो छोडि जानेको खोजिमा
पारी गाउमा भेटिन्छौ कि खोजे मैले कहाँ कहाँ ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, May 30, 2010

डाली भाच्यो ए सानी

गीत लेखन मिती २०६७जेष्ठ १४

डाली भाच्यो ए सानी चरी बसेर
मनै भाच्यो ए सानी बैगुनिको माया बसेर ।

याद आउछ गैरी खेत सङ्गै झरेको
बेशी झर्दा पधेरिमा पानी भरेको ।
सङ्गै गरेउ बन पाखा सङ्गै घास दाउरा
याद आउछ बिजाउने मिठा तिम्रा कुरा ।
डाली भाच्यो ए सानी..............
मनै भाच्यो ए सानी...............
लाग्यो तिमीलाई डोली चढाइ पराइले आज
तिमी हुन्छौ अङ्गालोमा मत एक्लाई साझ ।
घुम्टो भित्र लजाएर रातो सिन्दुर भरी
लास बनुला मै बरु तिमी जिउनु जुनी भरी ।
डाली भाच्यो ए सानी.................
मनै भाच्यो ए सानी..................!

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Saturday, May 29, 2010

टिपी ल्याउकी सुनखरी

गीत लेखन मिती २०६७ जेष्ठ १४

टिपी ल्याउकी सुनखरी गई भिर माथि
सिउरी दिउकी चाप गुरास तिम्रो शिर माथि

बुनी दिउकी बुट्ते चोली लालुपाते टिपी
चढाइ दिउकी तिम्रो नाममा देउराली लाई भेटी ।
डालि डालि रहर फुल्यो बैस डगमगायो
भमरा झै तन्देरिको मन भुन भुनायो ।
टिपी ल्याउकी.................
सिउरी दिउकी.................
सिन्दुर पोते गरी बस्नु चमेली को चोली
सपनी मा भेट्न आउछु लाजको घुम्टो खोली ।
शर्माएर हेरी रहला जुनेली को जुनले
सजाइ लान्छु डोली माथि नौमतिको धुनले ।
टिपी ल्याउकी....................
सिउरी दिउकी....................

अर्पण तामाङ
तरहारा-२ सुनसरी
हाल दोहा कतार

फेरी एउटा युद्ध जित्यौ ।

कबिता लेखन मिती २०६७ जेष्ठ १५बिहान ७।३० बजे

फेरी एक पल्ट
खबरदार !नेता हरु हो !!
देश जनता र राष्ट्रियता लाई
घाटा नाफाको ब्यापारमा
गणितिय अंङ्कमा रुपान्तरीत
राष्ट्र घात गर्ने हरु लाई !
जनताको शान्ती युद्धमा
हाम्रो खबरदार !
किनकी !
हर प्रहर रात बिरात
समयसिको पचास मिनेट बाँकी रहंदा
इतिहांसको एउटा पानामा
युगको अर्को क्रान्ति
हामी जनताले !
फेरी एउटा युद्ध जित्यौ ।
जनताको सम्भिधान बनाउन
सबैले युद्ध लडे !
कसैले गोली बारुदको युद्ध लडे
कसैले कुर्सी र स्वार्थको युद्ध लडे
कसैले बिचारको युद्ध लडे
तर !हामी नेपालीले
भोक रोग र शान्तापको युद्ध लड्यौ
जातपात धर्म र बर्गको युद्ध लड्यौ
राष्ट्रियता र स्वाधिन्ताको युद्ध लड्यौ
देश दुखेको घाउमा मलम पट्टिको युद्ध लड्यौ
देश माथिको आकाशमा गिद्ध चिल हरु उड्दा
देश प्रेमको युद्ध लड्यौ !
अनी लड्यौ !
कलम कपी र आवाजको युद्ध लड्यौ
र नयांबानेश्वरमा
फेरी एक पल्ट हामीले
एउटा युद्ध जित्यौ ।
त्यसैले!फेरी यो देशमा
खबरदार ! नेता हो !!
एक पल्ट गणतन्त्रको
नारा उठेको छ ।
शहर मात्र होइन,गाउ घर पनि
नयाँ सम्भिधानमा जुटेको छ
तिम्रा छल्कपट र सकुनी दुस्साहस
शिथिल बनाउन !
हरेक नागरिक उठेको छ ।
हाम्रो स्वधिन्ताको भाग्य मेट्ने
एउटा दसा टरेको छ ।
त्यसैले!त फेरी यो देशमा
हामीले एउटा युद्ध जित्यौ ।
हामीले सात सालको युद्ध जित्यौ
सत्र,चौबिस,छत्तिस,र छायालिसको युद्ध जित्यौ
अनी जित्यौ !
बैसट्ठी र त्रिसट्ठी को युद्ध जित्यौ
आज फेरी हाम्रो भाग्य मेट्ने
६७ जेष्ठको चौध लाई जित्यौ
राजाको भुपु गाउंमा !
हामीले फेरी अर्को युद्ध जित्यौ
अधिकारको महायुद्ध जित्यौ ।।।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Friday, May 28, 2010

जुनेलीको रात राम्रो

गजल लेखन मिती २०६७ जेठ १४

जुनेलीको रात राम्रो
तरुनिको साथ राम्रो ।

रक्सी बोतल सुकुटी
शुक्रबारको दिन राम्रो ।

किरिम गाजल धसेको
काली भन्दा गोरी राम्रो ।

पर्देशको अनिकालमा
नक्कलीको हात राम्रो ।

दुद भन्दा छाली राम्रो
ससुरालिमा साली राम्रो ।

(यो गजल करिब बहर सङ्ग मिल्छ )

अर्पन तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, May 27, 2010

जुनेली को रातमा मलाई भेट्न नआउ है

गजल लेखन मिती २०६७जेष्ठ १२


जुनेली को रातमा मलाई भेट्न नआउ है
बेहोशिमा हुन्छु सधैं भेट्न नआउ है ।

नपिएरै मातेको छु बदमाश जवानीमा
होस गर भेट्न आउँदा दाग लाग्ला है ।

सिंगार पटार गाजली धेरै नगर्नु
छाती भित्र मुटु तिर लाग्ला है ।

अली अली सधैं पिउछु साझ ढलेको रात
पिउदा पिउदै नसामा भेट्न नआउ है ।

मात लाग्छ देखेर जुन ढलेको रात
मदहोशिमा हुन्छु सधैं भेट्न नआउ है ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

अंन्जुली भरिको प्यार

गजल लेखन मिती २०६७जेष्ठ १२

अंन्जुली भरिको प्यार तिमी लाई
जुनेली को जुन तिमी लाई ।

शब्द सम्झ या मेरो मायां
गजलै मानेर दिए तिमी लाई ।

लिन्छौ भने बिहानी को शित पनि
मोती बनाइ दिउला तिमी लाई ।

यदी भन्छौ भने सातै लोकमा
मधुमासको गीत तिमी लाई ।

सातै सुर पिरतिको रित पुराएर
सिउदोमा सिन्दुर तिमी लाई ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, May 26, 2010

समाइ कलम बैशाखी टेक्न खोज्छु

गजल लेखन मिती २०६७जेष्ठ ११

समाइ कलम बैशाखी टेक्न खोज्छु
जानी नजानी निशब्द हरु खोज्छु ।

चालेको पाइला तर यात्रा कहाँ
बडो ठानी गजल लेख्न खोज्छु ।

शेर बहर को त के कुरा भाबै छैन
तैपनी अनिकालमा लेख्न खोज्छु ।

शर्म लाग्छ आफ्नै नाम पनि भन्दा
फेरी पनि निखारेर कलम लेख्न खोज्छु ।

देखेर हो कि डाहा श्रीजना कसैको
लहड मा कोरेर गजलकार बन्न खोज्छु ।


अर्पन तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

फुलेको फुल झरेछ यां

गजल लेखन मिती २०६७जेष्ठ ११

फुलेको फुल झरेछ यां माली लाई था छैन
आफ्नै शरीर लुछी लग्यो डालीलाइ था छैन ।

उडेर आयो चुसेर गयो त्यो पापी भमरा
चडेको बैस लत्रेको हागा फुल लाई था छैन ।

चुमेर औंला लगाइ सिन्दुर छोडेर गएछ
लागेको चोट बल्झेर सिउदो उसै लाई था छैन ।

बेहोसी बैस मदहोसी जोबन सम्हल्नै गाह्रो झन
फाणेर गयो आएर पापी बाग लाई था छैन ।

माली छैन डाली छैन झन सबै मासे छ
आँफै लाई टिपी कुल्चेर गयो फुल लाई था छैन ।

अर्पन तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Tuesday, May 25, 2010

देबिथान् लाई भाकेकै हो पानी परेन

गजल लेखन मिती २०६७ जेष्ठ १०

देबिथान् लाई भाकेकै हो पानी परेन
कुन मौसम मा रोप्यौ माया हागै सरेन ।

बाझो मन त खनेकै हो डल्ला फोरी फोरी
मलबास ले छोयो कि त ब्याडै सरेन ।

खनेकै हो पिरतिको घट्ते कुलो पनि
बेमौसम मा छरेउ माया झरी परेन ।

बर्खा लागे खेती लाउनु हिउद लागे मायां
चैत्र मास को खडेरिले मायै सरेन ।

काटेकै हो कलमी प्रेम को डाली डाली
शिशिरले पो छोयोकी त हागै सरेन ।

अर्पन तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

नाता जोडी परदेशमा मनै गलायौ

गजल लेखन मिती २०६७ जेष्ठ ९

नाता जोडी परदेशमा मनै गलायौ
घात गरी मुटु भित्र तिर चलायौ ।

नानाथरी कसम खायौ ख्वाऔथेउ मलाई पनि
बाटो लगाइ पछी बाट भिर चलायौ ।।

मायां खोज्यौ साथ खोज्यौ रात पनि रोज्यौ
रात ढल्यो दिन आयो बात लगायौ ।

भन्छौरे चिन्दिन म नाम मेरो सुन्दा
अनिकालमा यही नाम काम चलायौ ।

कती प्यारो फुल भन्दै छुरा चलायौ
माछी जस्तै आगो माथि झिर चलायौ ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Monday, May 24, 2010

तिमी फुल्यौ भिरमा पनि

गजल लेखन मिती २०६७ जेष्ठ ९

तिमी फुल्यौ भिरमा पनि टिप्न मन लाग्यो
जाइजुही शिर माथि लाउन मन लाग्यो ।

बास्ना चल्यौ मगमगायौ होसै उडायौ
मदहोशिमा भुन भनाउदै चुम्न मन लाग्यो ।

भिरमा पनि पिरमा पनि जताततै फुल्यौ
मलाई पनि तिमी जस्तै फुल्न मन लाग्यो ।

लैजाउ कि त चोरि तिम्लाई रुपै मोहनि
जुन जस्तो मुहारमा लुक्न मन लाग्यो ।

दुई थुङ्गा कोपिलामा झुल्न मन लाग्यो
तिमी जस्तै हागा पात डुल्न मन लाग्यो ।

अर्पण तामाङ
तरहरा -२ सुनसरी
हाल दोहा कतार

बगाइ लाने नदी तर्नु

गजल लेखन मिती २०६७ जेष्ठ ४

बगाइ लाने नदी तर्नु डुङ्गा पारी रयो
मायां भेट्ने मन पनि किनारमै रयो ।

टाढा हुंदा बिचलित गुम्सिएको मन
दिल खोली फुकाउने धोको पनि रयो ।

नदी बिचमा अल्झिएको डुङ्गा सरी जिबन
जती थियो बाचेको रहर पनि रयो ।

भेट्न जादा बाधा आउने जाली होकी मायां
पिरती को धुन सुनाउने इच्छा पनि रयो ।

मनको चरी उडी गयो डाली मात्र रयो
यता डाके मायांलु लाई उता बाँकी रयो ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, May 23, 2010

लात सरी भात खाए

कबिता लेखन मिती २०६१ फलगुन १५

लात सरी भात खाए
बिदेशिको पाउमा ।
कस्ले लाउछ मलम पट्टी
चर्किएको घाउमा ।।

श्रीमती र छोरा छोरी
छोडि आए एक्लाई ।
पर्देशी को बुटले टेक्यो
ज्यान भयो बेक्लाई ।।

एकान्त मा मन रुन्छ
पुछी दिने कस्ले ।?
गरीबी ले बिदेश लागे
बुजिदिने कस्ले ।।

पर्खि बस फर्की आउछु
धन कमाइ झट्टै ।
पत्र कोरी पाठको छु
उत्तर लेख्नु छिट्टै ।।

रुनु पनि कत्ती रुनु
बिरह मा गाउदा ।
हल्का मन हुन्छ एक छिन
तिम्रो पत्र पाउदा ।।

भोक छैन दिनमा पनि
निद छैन रात मा ।।
टोलाएर हेरी बस्छु
तस्बिर को साथमा ।।

छाती हुन्छ छिया छिया
मुटु भतभती ।
आउछौ तिमी सपनिमा
झस्की रन्छु राती ।।

छोरा छोरी रुन्छन होला
रुन्छौ तिमी ।
छिट्टै आउनु भन्छौ होला
सपनिमा पनि ।।

केपो गर्नु डलर ले
मनै दुखी भए पछी ।
हुन्न रैछ सुख यहाँ
छुट्टीनु नै परे पछी ।।

थकाई लाग्यो बस्यो एक छिन
भन्छन गर्नु छिटो ।
आनन्द ले खाको भए
ढेडै हुन्थियो मिठो ।।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Saturday, May 22, 2010

आउ साथी तिमी हामी एउटा फुल रोपौ

हिजो शुक्रबारको दिन प्रधानमन्त्री नेपाल को मैले सम्भिधान
चाहेको थिन तर मावोबादिलाई खुशी पार्न मात्र सुइकारेको हुँ
भन्ने कान्तिपुर मा समाचार प्रकासित भएको हुँदा देशमा
दङ्गा भड्कने आसाङ्काले मैले यो कबिता लेखे को हुँ।
किन कि १९५७ देखी उठेको सम्भिधान सभाको मुद्धा आज
को यो घडी सम्म आइपुग्दा नेपाली जनता ले देख्न पाएका
हुन तर देश को गरिमामए पद प्रधानमन्त्री ज्युले नेपाली
जनता र हाम्रो राष्ट्रियता माथि नै प्रश्न उब्जिने यो जवाफ
ले नेपाली जनताले दङगा फैलाउछन र देश म! फेरी केही
अप्रिय हुन्छ भनेर यो कबित फुर्यो तर सङ्योग बस
त्यस्तो केही भएन त्यसको लागि नेपाली जनता लाई
धन्यवाद ।। अन्यथा अप्रिया घटना अबस्य हुने थियो।।

कबिता लेखन मिती २०६७ जेष्ठ ७गते बेलुकी

आउ साथी तिमी हामी एउटा फुल रोपौ
हात माथि हात देउ अब हामी जुटौ ।
यस्को मान्छे उस्को मान्छे भन्नु हुन्न अब
पहाड फोरी सुन फुलाउन जुट्नु पर्छ सब।।

तिम्लाई हाम्लाई जस्लाई काटे उही रातो रगत
हामी फुटे देश फुट्छ भलो हुन्न जगत।
लम्क चम्क नेपाली संसार जित्नु पर्छ
परि आए बैरिमाथि ढाल बन्नु पर्छ ।।

दाजु भाई आँफैमा दुश्मन के को लागि?
स्वार्थ भन्दा हाम्रो देश हामी भन्दा माथि।
योजात त्योजात हामी सबले भुलौ नानाभाती
एक बाट सय बन्छ हामी मिले साथी ।।

जाती धर्म भाईचाराको एउटा फुल रोपौ
हजार थरी फुल भए एउटै धागो बाटौ ।
कादमा काद हातमा हात एउटा दियो बालौ
आउ साथी! देश प्रेमको एउटा फुल रोपौ।।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, May 19, 2010

लुक्छौ किन बादलुमा

कबिता लेखन मिती २०६१भदौ०५

लुक्छौ किन बादलुमा छेक्छ चन्द्रमाले
नआउ तिमी ताराबनी तड्पाइदिन्छ सम्झनाले ।
पुर्णिमाले आंखा खोल्यो चन्द्र हांसी रहयो
क्षितिजमै रहयौ तिमी डाहा लागि रहयो ।।

नाची रहयौ आँखा भित्र बिज्यो परेलिमा
हासी रहयौ ओठ भित्र फुलको तरेलिमा ।
सम्झनामा किन आउछौ रात गोधुलिमा
सपनिमै झस्काइ दिन्छौ संधै अधेरिमा ।।

आउछु भन्थ्यो तारा सधैं बादलुले छल गर्‍यो
पर्खिबसे क्षितिज पारी रात त्यसै झर्यो ।
प्रित लायौ फुल बनी पस्यौ चन्द्र बनी
दियौ चोट छाती भरी घोच्यौ काडा बनी ।।

सम्झना त धेरै हुन्छ चोट एउटै हुन्छ
छोडि जाने बिर्सिजान्छ बस्ने एक्लाई रुन्छ ।
कहिले आयौ चन्द्र बनी कहिले तारा बनी
बादलुमै छोडि गयौ झरी रैछौ भनी ।।

नदेउ अब छाती भरी मायालुको आस
जान्छौ अन्तै यात्री बनी गर्छौ अन्तै बास ।
माया साट्यौ मुटु सित नलाउ भन्दा प्रित
सोला बनाइ चडाई गयौ गयौ अन्तै सित ।।

पत्थर लाई पूजा गरे इस्वर होकी भनी
आराधाना गरी रहे एक्लाई मुर्ख बनी ।
तिमी होइनौ भाग्य कोर्ने कोर्छ बिधताले
कर्म लेख्छ पसिनाले हुन्न तिम्रो सहायताले ।।

ढुङ्गा पुज्नु ब्यर्थ रैछ दियो जल्नु पनि
ब्यर्थ रैछ परायलाई आफ्नो भन्नु पनि ।
मांया भन्नु प्रित रैछ प्रित भन्नु मुटु
मुटु भन्नु चोट रैछ खान्छ कुटु कुटु ।।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Tuesday, May 18, 2010

भन्थिन सधैं उनी मलाई

कबिता लेखन मिती 2004-05-08

भन्थिन सधैं उनी मलाई
हृदय नै जले पछी।
के लाई जिउनु जिन्दगीमा
आफन्तले भुले पछी।।

सङ्गै जिउने सङ्गै मर्ने
कसम तिमीले खायौ ।
जुनि भरी नछुटिने
प्रित तिमी ले लायौ ।।

देउराली लाई पाती चाडाइ
मागेकी थियौ मलाई।
भाकल गरी डेबिथान लाई
साछेकी थियौ मलाई। ।

माया भन्दा हुन्न ठुलो
भन्थ्यौ मानिसको जात।
त्यही जात पर्खाल भो
छुट्यो हाम्रो साथ ।।

देखाउछौ कती मलाई
कल्पनाको संसार बाडी ।
नदेउ अब झुटो माया
आउछ एकदिन भेलबाडि।।

बाचे एउटै गोरेटोमा
मरे एउटै माटो ।
सङ्गै यात्रा गरे पनि
भिन्नै रैछ बाटो।।

छैन मुटु भनु भने
देखाउथेउ माया।
घ्रिणा गरी हिंड्न थाल्यौ
देख्दा मेरो छाया।।

बोलाउने साईनो फेरेउ
फेरेउ आँफै लाई।
अझै फेर कती फेर्छौ
चोखो हृदय लाइ।।

बाचौ भने आसा छैन
मरौ मलामी।
दोसधैंमा छोडि गयौ
तिमी लाई सलामी ।।

अर्पण तमाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार

उडी आउन पाए हुन्थ्यो

कबिता लेखन मिती 2005-01-16

उडी आउन पाए हुन्थ्यो तिम्रो आँखा सामु
मनको धोका खोली रुन्थे कसरी म भनु।
चरी भए उडी आउथे सात समुन्द्र पारी भए पनि
हुरी जस्तै उर्ली आउथे बतास भए पनि।

समुन्द्र नै सहि भए नदी बनी आउथे
हुन्न भेट फेरी किनरको बरु चरी बनी बेग हान्थे ।
नत भए हुरिबतास नत भए बेग हान्ने चरी
मनै मात्र के गर्नुर जूनी भयो मरे सारी ।

बनको चरी मनको प्यारी माया हुन्छ एउटै
फुलको डाली चरी बसे मनको डाली तिमीलाई।
मनैले त आइ पुग्छु भेट हाम्रो हुन्न
कल्पनानै राइछ सबै यथार्थ मा हुन्न।

बिर्सिन्छौ कि नात पनि आफु टाढा हुँदा
चित्त फाटी मन दुख्ला साथ नपाउदा।
भाग्य दोसी नठान्दिनु कर्म दुखी हुँदा
झस्की दुख्छ मुटु यहाँ तिमी त्यहा रुदा।

फुटी सक्यो मनको बाध थुनौ कतिन्जेल
झरी सक्यो आशुको भेल रोकौ कतिन्जेल।
क्यै गर्दानी नहुने मनै पापी रइछ
बाहिर बाहिर सकुलाई छ भित्रै भित्र खाछ।

कती कोमल मनको बाध नरोकिने छाल
दैब कस्तो भरोसा यो आए हुन्थियो काल।
भाग्य लेख्ने भाबी पनि भयो पक्षपाती
यस्तै भोग्नु थियो कर्म नलेखिदिएकै जाति।।


अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार

हासो साट्न नखोज आशु दिएर मलाई

कबिता लेखन मिती 2005-01-16

हासो साट्न नखोज आशु दिएर मलाई
छोडि जान्छौ साथ मेरो एक्लो मनलाई जलाई ।
हुन्छ भने प्रित लगाउ मुटुइ झिकी दिउला
तिम्रो खातिर मर्नै परे बिस पिइ दिउला ।

माया साटी खेल खेल्यौ गासी एउटा प्रित
हार्नै पर्ने थियो मैले भयो तिम्रो जित।
रात ढल्यो अधेरिमा जुन बादलुमा
प्रित छुप्यो तिमी भित्र मुटु गाजलुमा।

कैले प्रित फुल्दा खेरी जुना सङ्गै टोलाई रहे
खुशी उनले साट्दा खेरी आँफैलाई नै लुटाइ रहे।
लट्ठ थियो तारा जुन बादलउको मात पाउदा
खुशी सधैं पाए हुन्थियो इन्द्रेनीले गीता गाउदा।

सिमा रेखा हुन्न क्यारे जात भात भनी
नलाउ पर्खाल हामी बिच धनदौलतको पनि।
मुटु मुटु साटौ भनेउ देउता साची राखी
भुलेउ आज आफन्तलाई परायलाई काखी च्यापी।

औठी चिनो रुमाल चिनो खै के के थियो कुन्नी
बाच्नु भन्दा मर्नु निको केलाई जिउनु जुनी ।
आजै जस्तो लाग्छ मलाई देउता भाकी कसम खाको
भुल्न पनि सक्दिन म कसम तोडी गाको।।

अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार

ए ! नारी हो!!

कबिता लेखन मिती 2005-01-15

ए ! नारी हो!!
छताछुल्ल भएर पोखिएको
तिम्रो जवानी सम्हाल
एउटा पछेउरिको सानो कुनामा
ढलपल ढलपल गर्दै
कर्कलाको पानीको थोपा जस्तै
सम्हाल तिम्रो यौबन
एउटा भोको पुरुष को अगाडि
आगोको तातोरापमा !
नैनी घिउ जस्तै !
पग्लदै लाचार बनेर
स्वदिस्ट नबनाउ तिम्रो यौनाग्ग लाई
तरकारीको चखिलो नुन जस्तै
सिम सिमे पानीमा उदाउने
क्षणिक सप्तरङ्गी इन्द्रेणी जस्तै
नौ रङ्गी तिम्रो यौबन
एकैछिनमा !
उर्लेको भादौरेको खहरे जस्तै
उर्लेको तिम्रो जवानी !
सानो मनको बाध फुटेर टुटी जाला
तिम्रो जवानी!
ढाक छोप र सम्हाल
यदी तिमी नारी हौ भने ?
त्यसैले भन्छु ए!नारी हो !!
लज होटल र रेस्टुरेन्ट हरुमा
नगरबधु को साईनो जोडेर
बिना दुलाहको दुलही बनेर
पैसै पैसाको सुहागरात मनाउदै
हजारौ प्यासी पुरुष हरुको
न्यानो ओछ्यान र रछयान नबन तिमी
हर रातको मोल सङ्गै !
मोलिएको तिम्रो यौबन !
बिभिन्न आसनको हनिमुनमा
निर्बस्त्र नाङ्गिए पछी !
दस औलाले लाजको गुप्ताङ्ग लाई
छोप्ने कोशीस नगर !
बियर र रमको चुस्की सङ्गै
मधुर मलिन उज्यालोको पर्दा भित्र
मदहोस् तिम्रा ओठ र बदन हरु!
हरेक पार्ट पुर्जा हरुको चटनी नचखाउ
जवानी सस्तो छैन !
जुना दिन तिम्रो तन्द्रा टुटे पछी
सपनाको निद खुलेर!
छागा बाट खसेको अनुभब गर्नेछौ !
त्यतिखेर!
अग्लो धरतालमा उभिन खोज्छौ
तर! ब्यर्थ हुनेछ!!
किनकी हिलो को कोमल जस्तै
हिनता बोध मानेर
सु बास्ना बिनाको पलासको फुलसरी
सिसिरले पत्झडिएको
नाङ्गो बुढो रुख सारी !
उदयएको घामको झुल्को सङ्गै
अस्तै सकेको हुनेछौ !
त्यसैले !भन्छु ए !! नारी हो !!!
ढाक छोप र सम्हाल
एदी तिमी नारी हौ भने !?
दुइमिटर कपडा काफी छ
सम्हाल तिम्रो !
छता छुल्ल भएको जवानी
एउटा पछेउराको सानो कुनामा ।।।

अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार
२,४ जना छोरीमान्छे को कारण लाखौं नारी हरु लाई पनि बिस लाग्छ त्यसैले ति थोरै गलत
काम र धारणा लिएका चेली हरु लाई र भोको पुरुष हरुको निम्ती अन्यथा माफि चाहन्छु।