कबिता रचन मिति २०६७ असाढ ५
आउला कि भन्दै कुरेको थिए पर्देश जाने लाई
झ्याल मा बसी कुरेको थिए कसम खाने लाई ।
छुट्टीने बेला बिरह सांझ कोइली ले गाएथ्यो
कमाइ ल्याउछु सुनको थैला भनेर गएथ्यो ।।
म कती सम्झाऔ छोडेर मलाई मुग्लान धाउने लाई
भने कै थिए चाइदैन धन पिरती लाउने लाई ।
कसरी फर्काउ खबर पठाइ छाडेर जाने लाई
धागो ले बांधी पठाउकी चिट्ठी मनको राजा लाई ।।
सम्झिदा यता बाडुल्की त्यता लाग्यो कि सखा लाई
चसक्क मुटु दुखेर राती सम्झ्यो कि दुखी लाई ।
सपनी बिच देखेर मलाई शिरानी छाम्दो हो
भक्कानो मुटु पारेर छाती हात पाउ काम्दो हो ।।
लेको छु ब्रत भाकेर देवता हजुर को नाउमा
अघाको छौ कि खाली पेट छौ कि पर्देशको गाउंमा ।
हांसु त भने सखा लाई पिर म रोऔ कसरी
न हांशु भने मनको पिर म बुझाऔ कसरी ।।
म कती गनुं आकाशको तारा हेरेर जुन लाई
म कती कुरुं डाडा को बर पर्देश जाने लाई ।
अबत आउन सखी लाई सम्झी बसन्त डाकेर
म पर्खौ कती बैश लाई ढाटी सिउदो लाई ढाकेर ।।
अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Saturday, June 19, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment