गजल लेखन मिती २०६७ जेष्ठ २४
यहाँ धर्तिमा छ अशान्ति तिमी आकाशको जुन हेर्छौ
आफ्नै पाइला बन्दी छ तिमी खुला आकाशको कुरा गर्छौ ।
फाटेर भाईचारा यहाँ आफ्नै देश धुजा धुजा हुंदा
आफ्नै जमिन काटेर तिमी स्वर्गको कुरा गर्छौ ।
एकले अर्को लाई मारेर यहाँ देश रगतमा डुब्दा
शोकको शान्तापमा पनि तिमी हांसेर कुरा गर्छौ ।
सांच्चै स्वार्थी हौकी तिमी मन मात्रै कठोर तिम्रो
पराइले देशको सिमा मिच्दा तिमी आंगनको कुरा गर्छौ ।
धर्तिको सयौ फुल टिपी तिमी आकाशको तारा गन्छौ
आफ्नै स्वाभिमान नाङ्गो हुंदा तिमी अर्काको छायां हेर्छौ ।
अर्पण तामाङ
त्रहरा-२ सुनसरी
हाल दोहा कतार
Monday, June 7, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment