गीत लेखन मिती २०६७ जेष्ठ २०
शिरमाथि चन्द्र सुर्य झन्डा फरफराउछ
चट्टान फोरी यही देशमा सुन लहराउछ ।
आपसमा हामी मिले पराइले छुन्न
हिमाल जस्तो शिर हाम्रो झुक्न दिनु हुन्न ।
बेशी झरे कोइली गाउछ लेक माथि डाफें
स्वर्ग जस्तै बन्छ नेपाल हामी सबले आटे ।
शिरमाथि चन्द्र...................
चट्टान फोरी....................
छोड्नु पर्छ हामी सबले गाउ छोडि लाग्ने
कायर छोरो होइनौ हामी शत्रु सङ्ग भाग्ने ।
माला गास्न सक्नु पर्छ सयपत्री फुल्दा
कस्को आट धावा बोल्ने दाजु भाई मिल्दा ।
शिरमाथि चन्द्र..................
चट्टान फोरी...................
छाती भित्र देशको मायां भुल्नु हुन्न बाटो
राख्नु पर्छ सन्तान लाई यो देशको माटो ।
हात मिलाई हिमाल तराइ मेची काली हिंड्ने
बेला आयो सबै मिली देशको लागि लड्ने ।
शिरमाथि चन्द्र सुर्य झन्डा फरफराउछ
चट्टान फोरी यही देशमा सुन लहराउछ ।
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Sunday, June 6, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment