रचना २०६७ भाद्र १०
नोट:-यो कबिता मैले अमेरिका बस्ने एकजना भुटानी शराणर्थी
साथीको पिडा सुने पछी लेखेको हो यो । र समग्र भुटानी
शराणर्थी हरुमा यो कबिता समर्पित गर्न चाहन्छु ।
धर्तिको कुन कुनामा जाउँ म ?
सुख्ख सयल वा स्वर्ग ?
प्रिथिबिको !
यो कुना वा त्यो कुना
कहिँ नरम्ने यो मन
किनकी !
मेरो परिचय मलाई
शराणर्थी भनेर चिनाउँछ
त्यसैले !
मान्छे हुनुको पिडामा
दुख्दै छु आजकाल म
स्वतन्त्रताको नाममा
अधिकार खोज्दै
टिस्टुङ गुम्बा हरुले
चिहाइ रहँदा
मेरै गुमपाड पहाड हरुले
निचोर्दै मलाई
जिग्मे वङ्चुक र थिन्ले हरुको
तानाशाही रात हरुले
प्रताडित बन्दै छु म
किनकी !
भुटानी शराणर्थी हुँ म ।
*****************
असिमित सिमान्तक्रित
जाती भाषा बिभेदमा
जिउँदै जल्दै छु म
मानब बाट
खै कुन मानबमा ?
दर्ता हुँदै छु म ।
आँफै जन्मेको आँगन बाट
फुर्बा ,टासी , ग्याल्जेन
डोल्मा र आनी हरु
बालसखा भुलेर
दुस्मन भएका छन ।
किनकी !
भुटानी शराणर्थी हुँ म ।
******************
मेरो धर्ती खोसेर
मेरो देशको माटो
मेरो बलेसी सङ्ग
बिरानो बन्दै छु म ।
जली रहेको घरमा
आफ्नै अगी
आफन्त को ज्यान गुम्दा
मानसिक बिचलनमा
त्रसित मन हरु लिएर
डुक्पा हरु बाट
बलात्कृत आँफै
जिउनुको शहरा काखी च्यापेर
रगतको मांसपिन्ड हरु डोराउँदै
मैले टिस्टा र मेची तरेँ ।
किनकी !
भुटानी शराणर्थी हुँ म ।
*********************
आज बर्सौ पछी
मान्छे हुनुको पस्चतापमा
आफ्नै परिचय बद्लिएर
मानब संसाधन आपुर्ती गर्न
अमेरिका आयत हुँदै छु म ।
साल नाल र रगत
भुटानको माटो मा पोखिएको छ ।
र म भुटानी हुँ ।
मेरो स्वाभिमान भुलेर
म युरोपियन हुनुमा गर्ब छैन
किनकी ?आज पनि
मेरो माटो प्यारो लाग्छ ।
जती पिडा देवोस बरु मलाई
मेरै देश स्वर्ग लाग्छ ।
तै पनि मेरो धर्ती भुलेर
कतै बिस्तापित हुँदै छु म ।
भुटानी हुनुमा होइन मलाई
आज मान्छे हुनुमा
पक्षपाती दुनियाँ सङ्ग
दुख्दै छु म ।
किनकी !
भुटानी शराणर्थी हुँ म ।
अर्पण तामाङ(योन्जन)
हाँसपोसा -२ तरहरा
हाल दोहा कतार
Thursday, August 26, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment