रचना स्रावण २०६७१९"रहर "
गिजा टोकी चाउरी गाला
गिजाउँछ रहर ।
बुढेउली को झनै याद
तन्देरी को रहर ।
धर्ती बसी जुन चुम्ने
तार गन्थ्यो रहर ।
मन उडेर आकाश छुँदा
बादल बन्थ्यो रहर ।
जुरेली को नाच देखे
चरी बन्थ्यो रहर ।
बतास चल्दा सिमल को
भुवा हुन्थ्यो रहर ।
वाग देखे करेसा मा
माली बन्थ्यो रहर ।
फुल देखे कोपिला मा
बास्ना बन्थ्यो रहर ।
गजल लेखे मधुमासको
गीत बन्थ्यो रहर ।
गाइने दाइको सारङ्गी को
धुन बन्थ्यो रहर ।
बैसालु को जोबन देखे
चन्चल हुन्थ्यो रहर ।
मायाँलु को मायाँ देखे
तुल्बुल हुन्थ्यो रहर ।
गौँथली को जोडी देखे
प्रिती बुन्थ्यो रहर ।
नैनी तालको जल देखे
प्यास बन्थ्यो रहर ।
युग गल्यो बैशं ढल्यो
रात फुल्यो रहर ।
मलबास को तिथी जस्तो
अछुत बन्यो रहर ।
उमेर छँदै बैँश जिउनु
पुरा गर्नु रहर ।
ढले पछी चैतमास को
ओइलिएको रहर ।
अर्पण तमाङ(योन्जन)
हाँसपोसा-२ तरहरा
हाल दोहा कतार
Tuesday, August 3, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment