रचना २०६७ पौष ७
धर्ती टेकी जुन टिप्दा झेल गर्यो जिन्दगी ले
आफु सँग आँफैले खेल गर्यो जिन्दगी ले ।
हाँसो बोकी मायाँ बाँड्ने कमलो त्यो मन मा
सुख्ख सँङ्ग दुख्ख रोपी खेल गर्यो जिन्दगी ले ।
सस्तो राम्रो बलियो भनी भनी शहर मा
दुनियाँ लाई ढाँटी किन मोल गर्यौ जिन्दगी ले ।
कहिले आधा कहिले पावा काँटा मिलाएर
तराजुमा दुख्ख राखी तोल गर्यो जिन्दगी ले ।
बिपत्तिमा आपत पर्दा मन बाँधी बाँधी
खडेरिमा बाढी आउँदा खोला तर्यो जिन्दगी ले ।
अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Tuesday, December 21, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment