कविता मिती २०६७मंसिर १९
भञ्ज्याङमा भारी बोक्तै
जिन्दगीले उकालो चड्दा
मनको बिसौनिमा
खकन उभ्याउँछु म!
साँगुरिको उकालोले मलाई
घसेट्न सम्म घसेटेको छ !
लुमघाट को गर्तिरले
खिच्न सम्म खिचेको छ !
अनी त दौराको फेर समातेर
फाटेको टोपिले पसिना पुच्दै !
देउरालीको बरमा
सुइया........सुशेल्छु र थ्याच्छ बस्छु
भारिको जुइना कस्दै
र....! म.....!
आफ्नो ढाकर बिसाउँछु !
नियम र नियतिको
जिन्दगीको बक्र रेखा ठान्दै ।
बिकासले आकाश छोयो भन्छन सबै
खकन भिर्ने उकाली हरुमा
मटर हरु गूड्न थाल्यो
भाई भतिजा मुग्लान पसे
छिमेकी हरु !अरब छिरे
हुनेखाने हरु !
अलिक परै पुग्योरे !
अनी मेरो ..........!
दौरा फेरियो/मेरो ढाकर फेरियो
कालेटी परेका मेरो कुर्कुच्चा हरुको !
काचुली हरु फेरियो !
मेरो बैश फेरिएर
ऐना सामु आँफै उभिदा
चाउरी परेर अनुहार फेरियो
फेरिएन त केवल ........!
नुनको भारी/म/ साँगुरी डाँडा/ र लुमघाट को गर्तिर
सधैं.....उस्तै.....उस्तै.....
निरवत....निरवत....निरवत....!
त्यसो त उ बेला खबर हरु सुन्न
मुखियाकोमा भेला हुने गर्थ्यौ हामी
तर आज ......!
मेरो दौराको तुनामा झुन्डिने
सानो एफ.एम रेडियो साथी भएको छ
उकाली ओराली र भञ्ज्याङ धाउँदा
देश बिदेशको खबर सुनाउने भएको छ
र अनी एक अर्कामा हामी
उ मेरो र म उस्को साथी भएको छु !
र......देशमा यस्तो भएछ आजकाल
देश लाचार बनेर
ब्यथिती जनता हरुको
मस्तिक हरु थाकेर
मन हरु गलेछन ।
तेरो मेरोको प्रतिबिम्ब बाट
टुक्क्रिएको देशको
ऐना देखिदैछ ।
त्यहाँ म उभिएको छु/छौ
अनी देख्दैछु/छौ
आँफै लुटिएको
आँफै टुक्क्रिएको
आँफै भात्किएको
अनी राष्ट्रियता छिन्न भिन्न भएर
छात्तिमा देश दुख्दै !
आँखामा कालो पट्टी बाँधेर
मुक दर्शक भएका छौ
र एउटा नाटक मन्चन हुँदै छ
आफ्नै अस्तित्वको बलात्कृत द्रिस्य
बानेश्वरमा !
नाटक को नाम
इतिहाँसको कलङ्क ।
बश.....यती मात्र...भोगेको छ ।
म र मेरो इतिहाँसले ।।।
अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Sunday, December 5, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment