गजल रचना २०६७ मंसिर २२
हाँसेरै आँशु टर्ने भए,दुखे पनि हाँसी दिन्थे
बिना फुलको माला भए,मनैले बरु गाँसी दिन्थे ।
सारंङ्गिमा रेट्दा जिबन,पिर सबै भुल्ने भए
गाइने दाइको हत्केलामा,जिबन बरु राखी दिन्थे ।
छाती पिटी कहाँ रुनु,दुख्ख पर्यो भनी मलाई
दुनियाँमा मिल्ने भए,पिर सबै साटी दिन्थे ।
भाकल गरे भए भर्को,घुस चढाई मन्दिरमा
स्वार्थी मनले हुने भए,देवता लाई ढाटी दिन्थे ।
सबै समान किन हुन्न टेक्ने धर्ती एउटै हुँदा
सन्सार सुखी हुने भए आफ्नै शिर काटी दिन्थे ।
अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Wednesday, December 8, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment