कबिता लेखन मिती २०६१भदौ०५
लुक्छौ किन बादलुमा छेक्छ चन्द्रमाले
नआउ तिमी ताराबनी तड्पाइदिन्छ सम्झनाले ।
पुर्णिमाले आंखा खोल्यो चन्द्र हांसी रहयो
क्षितिजमै रहयौ तिमी डाहा लागि रहयो ।।
नाची रहयौ आँखा भित्र बिज्यो परेलिमा
हासी रहयौ ओठ भित्र फुलको तरेलिमा ।
सम्झनामा किन आउछौ रात गोधुलिमा
सपनिमै झस्काइ दिन्छौ संधै अधेरिमा ।।
आउछु भन्थ्यो तारा सधैं बादलुले छल गर्यो
पर्खिबसे क्षितिज पारी रात त्यसै झर्यो ।
प्रित लायौ फुल बनी पस्यौ चन्द्र बनी
दियौ चोट छाती भरी घोच्यौ काडा बनी ।।
सम्झना त धेरै हुन्छ चोट एउटै हुन्छ
छोडि जाने बिर्सिजान्छ बस्ने एक्लाई रुन्छ ।
कहिले आयौ चन्द्र बनी कहिले तारा बनी
बादलुमै छोडि गयौ झरी रैछौ भनी ।।
नदेउ अब छाती भरी मायालुको आस
जान्छौ अन्तै यात्री बनी गर्छौ अन्तै बास ।
माया साट्यौ मुटु सित नलाउ भन्दा प्रित
सोला बनाइ चडाई गयौ गयौ अन्तै सित ।।
पत्थर लाई पूजा गरे इस्वर होकी भनी
आराधाना गरी रहे एक्लाई मुर्ख बनी ।
तिमी होइनौ भाग्य कोर्ने कोर्छ बिधताले
कर्म लेख्छ पसिनाले हुन्न तिम्रो सहायताले ।।
ढुङ्गा पुज्नु ब्यर्थ रैछ दियो जल्नु पनि
ब्यर्थ रैछ परायलाई आफ्नो भन्नु पनि ।
मांया भन्नु प्रित रैछ प्रित भन्नु मुटु
मुटु भन्नु चोट रैछ खान्छ कुटु कुटु ।।
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Wednesday, May 19, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment