कबिता लेखन मिती २०६७साल बैशाख २०गते
ए आमा !
सन्तान उत्पादन गर्दा गर्दै
शिथिल तिम्रो शरीर भित्र
अझै पनि रगत बाँकी छन भने
फेरी पनि यो देश लाई
कित जङ्गे जन्माइदेउ कि त बुद्ध
गोली र बारुद हरुले चर्किएका भित्ता हरु
रगत का छिटाले पोतिएका बारीका कात्ला हरु
फेरी पनि पखालीन र पुछिन नपाउदै
दुइटा बन्दुक पड्किने तरखरमा छन।
त्यसैले !
यि बन्दुक हरुलाई रोक्न
ए आमा !
फेरी पनि सक्तिशाली छोरो जन्माइदेउ
सके सम्म बुद्ध देउ
नसके भ्रिकुटी सिता र जनक देउ
कमसेकम यि निरिह सन्तान हरुलाई
भात्रित्वको प्रेम सिकाइ देउ
बौध र स्वयम्भुको बन्द दुई आँखा
अनी पसुपतिको ध्यान मग्न शिवजि लाई
तन्डब न्रित्य सिकाइदेउ
चिर निदमा सुतेका यि बुद्ध
र ध्यान मग्न शिवजी लाई
फेरी पनि यो देशमा !
छोरो बनाइ जन्माइदेउ
कती मरे लाशका डोली
कती बगे खुनका खोली
कती रितिए प्रेमका झोली
कती भए आमा तिम्रो काख खाली
तै पनि कती तिमी काठोर भाकी
त्यसैले !
तिम्रो मामातमयी मायां पोखेर
अब एक पल्ट
मलाई एउटा साहशी भाई जन्माइ देउ
फेरी पनि यो दसा टार्न लाई
ए आमा !
सक्तिशाली छोरो जन्माइदेउ !!!
अर्पण तामाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
संपर्क ००९७४-६६१००३६
Tuesday, May 4, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment