गजल लेखन मिती २०६७जेष्ठ २
तिमी बिनाको साथ साथी म हिडु कसरी
पुग्नु छ कोस टाढा म चलु कसरी।
सङ्गै यात्रा गर्नुथ्यो क्रान्ति अझै बाँकी छ
परिवर्तनको सपना एक्लै पुरा गरु कसरी।
हेर्छु पारी अझै टाढा क्षितिज बाँकी छ
नडुब्दै घाम त्यहा म पुगौ कसरी।
सोच हाम्रो एउटै थियो क्रान्ति पनि एउटै
तिम्रो साथ बिनाको पुरा गरु कसरी।
न रयौ तिमी न रयो साथ मात्र सम्झना
बोकेर ल्याको चेतना बाडु एक्लै कसरी।
मेचीको बाटो कालिको माटो टेकेर हिंडेको
लगाइ टिका कसम खाको म भुलौ कसरी।
दुस्मनको घेरा तोडेर भाग्दा लागेको त्यो गोली
फुटेको छाती बगेको रगत म भुलु कसरी।
जल्जला पहाड उक्लेको सङ्गै म भुलु कसरी
पुग्नुछ पारी कोशीको जङ्घ्हार म तरु कसरी।
अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार
Sunday, May 16, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment