गजल लेखन मिती २०६७ जेष्ठ
मर्न खोज्दा हात मेरो थामेउ तिमीले
जिउन खोज्दा चुलेसिमा राखेउ तिमीले
लिन्न मैले भनेकै हो झुटो तिम्रो मायां
कोखिलामा च्यापेर चुट्यौ तिमीले।
कुवा धारा पधेरी घरको बलेसिमा
चोखो मेरो मायांलाई डसेउ तिमीले।
हार प्रहार जिन्दगीको मायां तिम्लाई देकै हो
विश्वाश घाती नियत रैछ चुस्यौ तिमीले।
मायां गर्ने मन पनि लुटेउ तिमीले
अन्जुलिमा राखेर भुटेउ तिमीले।
अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार
Monday, May 17, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment