यो गजल मैले देशमा चलेको मावोबादिको आन्दोलन र सरकार पक्ष को
प्रतिकार समिती भन्दै हामी नेपाली जनता हरु राजनीतिक पार्टिको
दुइभागमा बिभाजन भई गृहयुद्ध र आपसको दुस्मनी मोलेको देखेर
लेखेको हुँ । आखिर किन हामी यसरी दुइधार म बिभाजित हुँदैछौ ?
आखिर जो जहाँ भए पनि हामी एउटै नेपाली होइनर? सबै भन्दा
मुर्खता त यतिखेर म नेताहरु लाई भन्दा पनि नागरिक समाज र
हामी आम नेपाली जनतापो मुर्ख होकी जस्तो लाग्न थाल्यो । यती
खेरको देशको इस्थिती देखेर न मावोबादी लाई न सरकारमा बस्ने
अन्य पार्टी लाई कसैलाई पनि चिन्ता छैन भएको भए हामीले यो दिन
सम्म कुर्नु पर्ने थिएन ।अन्यथा माफ पाउ धन्यवाद !!!
गजल
देश दुख्यो मलाई दुखेन नेता लाई
शिर झुक्यो मलाई झुकेन नेता लाई ।
उस्को मान्छे मेरो मान्छे बांड्यो हामी लाई
आधा आधा अंश बन्ड भयौ नेता लाई ।
शिर झुक्यो मलाई झुकेन नेता लाई ।
शर्म पनि पच्यो अब देश चलाऊने लाई
लाज सरम नैतीकता पच्यो नेता लाई।
शिर झुक्यो मलाई झुकेन नेता लाई ।
हामी कतै चुक्यौ कि नेताहरुको बिचमा
हामी आँफै बन्धकी हाम्रा नेता लाई।
शिर झुक्यो मलाई झुकेन नेता लाई ।
देश भन्दा रगत ठुलो होइन भन्थ्यौ हिजो
तर देश भन्दा कुर्सी ठुलो भयो नेता लाई ।
शिर झुक्यो मलाई झुकेन नेता लाई ।
सुहाउदैन देशभक्तिको पाठ पढाउनलाई
नैतीकतानै गुमेका हाम्रा नेता लाई ।
शिर झुक्यो मलाई झुकेन नेता लाई ।
एउटै मन एउटै धन जुट्नु पर्ने हाम्ले
हामी जुटी अर्तिदिनु भोगी नेतालाई।
शिर झुक्यो मलाई झुकेन नेता लाई ।
हामी पनि उस्ता उस्तै आपस्मा लड्ने
मागी खाने भाडो भयो हाम्रा नेता लाई।
शिर झुक्यो मलाई झुकेन नेता लाई ।
तिम्रो पनि त्यही रगत मेरोपनी उही रगत
त्यै रगत किन दिने ब्यैमान नेता लाई।
शिर झुक्यो मलाई झुकेन नेता लाई ।
देश दुख्यो मलाई दुखेन नेता लाई
शिर झुक्यो मलाई झुकेन नेता लाई ।
अर्पण तमाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार
Monday, May 10, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment