कबिता लेखन मिती २०६७-बैशाख-२२गते
शान्ती जन्माउने यो देश
प्रेम सिकाउने यो देश
अनेक्तामा एकता
बिभिधतामा एकता
थरी थरिका फुल फुलाउने यो देश
जाती धर्म सस्कृतिको
शहीश्णुताको पाठ सिकाउने यो देश
हांगा अलग डाली अलग
पात अलग भएर केभोर?
रङ्गिचङी बिरङी फुल फुलाउने यो देश
चारजात छत्तिस बर्ण बाधि राखने यो देश
सयौ थुङ्ग एउटा धागो उनी राखने यो देश
कोही हिन्दू कोही बुद्धिस्ट
कोही क्रिस्ट,मुस्लिम
हजार थरी जाती भाषा
धर्म अटाउने यो देश
अनेक रङ्गमा बिभुती जन्माउने यो देश
शिर माथि सगरमाथा
उभ्याउने यो देश !
अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार
Wednesday, May 5, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment