गजल लेखन मिती २०६७बैशाख ३०
पुर्णिमाको जुन लाई पनि कस्तो दाग लाग्यो
तिम्रो हाम्रो पिरतिमा कस्को स्राप लाग्यो ।
घर थियो पिरतिको प्रेम्को बगैचामा
ओइली झर्यो नफुल्दै कस्को आँखा लाग्यो।
इर्स्या गर्थे जोरी पारी हामी दुइको प्रेम्मा
लागि छाड्यो पापी नजर कस्तो बात लाग्यो।
कसम खादा माइखोलामा देउता साची थियो
आफ्नै प्रेम्मा देउता पनि आज बैरी लाग्यो ।
मलाई छोडि तिम्रो माया अन्तै तिर लाग्यो
मलाई हेर्ने आँखा पनि अन्तै मोड लाग्यो ।।
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Saturday, May 15, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment