तपाईं हरु यसलाई के उपमा दिनुहुन्छ ?मलाइ पनि थाहा छैन यो गजल हो
या कबिता तर जे भने पनि म यसलाई गजल भनेरनै सम्भोधन गर्छु।
किन कि म भाषा र साहित्यको बिग्य होइन आखिर जे भए पनि
मैले यो रचना मुलुकमा माओवादी हरुले सत्ता परिवर्तनको नारा लगाइ
रहदा र सरकार तर्फ बाट माधव कुमार नेपाल ले राष्ट्र को नाममा
सम्भोदन गरी सके पछी (तै रानी मै रानी कुवाको पानी को खानि) ?
भन्ने उखानको याद आयो र मलाई लाग्यो अब देशभक्ती भन्ने चिज न
हाम्रा नेता सँग रहेछन न त हामी नेपाली जनता सँग,केवल राजनीतिक
पार्टिक मुक दर्सक मात्रा रहेछौ अब हामी भित्र अलिकती पनि राष्ट्र र
राष्ट्रियता भन्ने चिज रहेनछ धिक्कर छ हामीलाई त्यो भन्दा त बरु तानाशाही
जङ बहादुर नै ठीक थियो नि अहिलेको समय लैइ मुल्यङ्कन गर्ने हो भने त ?
यो देशमा अब कि त बुद्ध चाहिन्छ हामीलाई कित जङ बहादुर !
त्यसैले मैले यो रचन तयार गरे कृपया पढिदिनु हुन को लागि सानो अनुरोध छ ।
लेखन मिती 2010.05.01
गजल
को उठ्छ यहाँ मरेको मुर्दा बोकेर देशभक्ती
उठाइ शिर को पाउ चाल्छ लिएर देशभक्ती।
बलभद्र कुवर्,अंमरसिङ थापा भिम्सेन थापाको
थाकेको मनमा गलेको तनमा मरेछ देशभक्ती ।
उठाइ शिर को पाउ चाल्छ लिएर देशभक्ती।।
युगौ बित्यो बुद्धले पनि जनमेको यो देशमा
भुले छ शान्ती परेवाले पनि रगतमा देशभक्ती ।
उठाइ शिर को पाउ चाल्छ लिएर देशभक्ती।।
बगाइ रगत पुर्खाले साच्यो टिस्टा र काङ्गडा
उनैको सन्तान अपाङ्ग भयौ भुलेछौ देशभक्ती ।
उठाइ शिर को पाउ चाल्छ लिएर देशभक्ती। ।
तलाई र मलाई लुछ र चुडी यो देशपो मर्यो की?
बजाइ सङ्ख बागमती तार्यो मरेछ देशभक्ती।
उठाइ शिर को पाउ चाल्छ लिएर देशभक्ती।।
कोहित उठ जागेर जुट यो देश हाम्रै हो
आवाज दिदा सन्नटा छाउछ किन यो देशभक्ती।
उठाइ शिर को पाउ चाल्छ लिएर देशभक्ती।।
छैनकी केहो हामी मा श्वास मुटुको ढुक ढुकी
मर्योकी शरीर आँफै भित्र चल्दैन देश भक्ती ।
उठाइ शिर को पाउ चाल्छ लिएर देशभक्ती।।
को उठ्छ यहाँ मरेको मुर्दा बोकेर देशभक्ती
उठाइ शिर को पाउ चाल्छ लिएर देशभक्ती।
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Saturday, May 1, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment