कबिता लेखन मिती २०६१ फलगुन १५
लात सरी भात खाए
बिदेशिको पाउमा ।
कस्ले लाउछ मलम पट्टी
चर्किएको घाउमा ।।
श्रीमती र छोरा छोरी
छोडि आए एक्लाई ।
पर्देशी को बुटले टेक्यो
ज्यान भयो बेक्लाई ।।
एकान्त मा मन रुन्छ
पुछी दिने कस्ले ।?
गरीबी ले बिदेश लागे
बुजिदिने कस्ले ।।
पर्खि बस फर्की आउछु
धन कमाइ झट्टै ।
पत्र कोरी पाठको छु
उत्तर लेख्नु छिट्टै ।।
रुनु पनि कत्ती रुनु
बिरह मा गाउदा ।
हल्का मन हुन्छ एक छिन
तिम्रो पत्र पाउदा ।।
भोक छैन दिनमा पनि
निद छैन रात मा ।।
टोलाएर हेरी बस्छु
तस्बिर को साथमा ।।
छाती हुन्छ छिया छिया
मुटु भतभती ।
आउछौ तिमी सपनिमा
झस्की रन्छु राती ।।
छोरा छोरी रुन्छन होला
रुन्छौ तिमी ।
छिट्टै आउनु भन्छौ होला
सपनिमा पनि ।।
केपो गर्नु डलर ले
मनै दुखी भए पछी ।
हुन्न रैछ सुख यहाँ
छुट्टीनु नै परे पछी ।।
थकाई लाग्यो बस्यो एक छिन
भन्छन गर्नु छिटो ।
आनन्द ले खाको भए
ढेडै हुन्थियो मिठो ।।
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Sunday, May 23, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment