गजल लेखन मिती २०६७बैशाख २९गते
अन्जानमै निर्मोही लाई एउटा नाता जोडे मैले
मायां देखाइ छुरा घोप्ने उस्को नाता तोडे मैले।
अगी पर्दा मिठो मुस्कान पछी पर्दा छुरा
त्यै छुरिमा एउटा मुटु राखी दिये मैले ।
मायां देखाइ छुरा घोप्ने उस्को नाता तोडे मैले।
जाली कुरा जाली मायां जाली रैछ चाला
त्यै चालामा मायां लाउदा एउटा घात सहे मैले
मायां देखाइ छुरा घोप्ने उस्को नाता तोडे मैले।
नआउ अब मेरो घरको बेशी झर्ने बाटो
पत्थर रोपी दिल माथि एउटा कडा रोपे मैले ।
मायां देखाइ छुरा घोप्ने उस्को नाता तोडे मैले।
जती छुरा घोप्नु थियो सनु सहे मैले
तिम्रो नाता टाढा राखी मेरो मुटु बाधे मैले।
अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार
Wednesday, May 12, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment