date 2010-05-03
तपाईं हरु र फेशबुक साथी हरुको माझ आजफेरी एक पल्ट
झुल्किदैछु मनमा लागेको खुल्दुली मेटाउन लाई त्यो भन्दा
अगाडि यहाँ हरु लाई म अबगत गराउन चाहन्छु। त्यो के
भने यो लेख तपाईं हरुको माझमा ल्याउदा कतिपये ठाउमा
लेखाइ कुराहरु र समय सन्धर्ब नमिलेकाहोलान त्यसको लागि
म क्ष्यमा चाहन्छु । किन भने म कुनै राजनितिग्य वा कुनै पार्टी
बिशेषको कार्यकर्ता पनि होइन र कुनै समय र देश सन्धर्बको
बिस्लेशक गर्ने बिद्द्वन पनि होइन त्यसैले म प्रती कमिकमजोरि
त अबस्य भेट्नु हुनेछ तर मेरो भन्नु यती मात्रै हो कि आज आम
साधारण हामी मानिस हरुमा देशको बद्लिदो परिस्थिती र देशको यो
बिसम परिस्थिती बिच हामी कहानेर छौ र हाम्रो भबिस्य के हुने हो
भन्ने चिन्ताले सताउन थालएका छन भने मुलुक चलाऊने बिद्ध्वान
हरुलाई त हामी जस्तो साधारण नागरिक हरुले घचघचाइ रहनु पर्ने त
अबस्य होइन होला? तैपनी हाम्रा यि राजनेता र देशका नागरिक समाज
हरु कहानेर चुकेकाछन त ?आखिर जेष्ठ चौध पछी नेपाल र नेपाली को
भबिस्य अनी हाम्रो सार्बभौमिक्ता के हुनेछ? कुन सम्भिधानको दाँयारा भित्र
रहनेछौ? जेष्ठ चौध पछीको राजाकिय स्वरुप कस्तोहुनेछ? नेपाली जनताको
नेत्रित्व कस्ले र के हुनेछ छ अनी कस्तो प्रकारको?यदी नेपाली जनता
लाई ६०बर्श देखिको थाती लागेको सम्भिधान सभाको को मुल कानुन
कस्ले बनाउने छ ?कथङ कदाचित जेष्ठ १४ भित्र सम्भिधान जारी नभए
यस्को नैतीक जिम्मेवार कस्ले र कुन राजनीतिक वा नागरिक समाज ले
लिने ? यि त भए हामी जस्ता आम साधारण नेपाली को सोचाइ धारणा
र हामी भित्र को डर । देश र हामी नेपाली हरु यतिबेला बिसम परिस्थितीको
माझ मात्रै गुज्रिरहेका छैनौ ईतिहासकै लोमुते,लुलालङ्गडा,र भाबी आउने
सन्तति र युगको लागि कालो धब्बा साबित हुनेछौ हामी पछीका सन्तान
हरुले हामीलाई कहिल्याइ माफ गर्ने छैनन ,यदी साच्चैनै यस्तै हुने हो भने
अब हामीले राजनेता हरुको पिछालग्गु छाडेर एउटा युगको तानाशाही जङ्ग
बहादुर खोज्नु पर्ने हुन्छ। त्यसैले हाम्रो भलो चाहने कुन चाँही राजनेता नेता
हुनत? प्रबाश मा रहेर पनि हामी हाम्रो देशको खबर समाचार हरु दिनहु जसो
हेरिरहन्छौ त्यसको आधारमा म यो लेख लेखिरहेको छु । एकातिर नेकपा
मावोबादी हरु सडक बाटै सरकार बारीबर्तन मा लागेका छन भने अर्कातिर
सरकार पक्छयको २०दल र अन्तरराष्ट्रिय समर्थन हाम्राइ पक्छ्यमा छन भन्दै
आ आफ्नै लहड र मेरो गोरुको बारै ट्क्का गरी रहेका छन यदी राजनीतिक
पार्टी हरु १२ टक्कमा अडिक रहने हो भने हामी नेपाली जनता हरु ले पनि
राजनीतिक पार्टी हरुको भबिस्यको बारेमा सोच्ने बेला आइसकेको छ।हाम्रा
राजनितिक पार्टिका नेता हरु ले गएको सम्भिधान सभाको चुनाबको पारीणाम
तिर फर्केर हेर्नु पर्ने हुन्छ ,२०४६ साल पछी को दोस्रो चुनावमा नेपाली काँग्रेस
को ठुलो दल लाई पछारेर नेकपा एमाले लाई बहुमत दिएको थियो त्यो एक
प्रकार को नेपाली जनताको विश्वाश र भरोसा थियो उ माथि त्यस पछी ९०
प्रतिसत भन्दा माथि गरीबी र अशिक्षा को रेखामा रहेका हामी नेपाली हरुको
जिबन स्तर जस्ताको त्यस्तै रहयो जसको फल स्वरुप २०५२ सालमा नेकपा
मावोबादी को जन्म भयो यि बिचमा बेरोजगार र असिक्क्षित युवा बर्ग
सङ्ख्यात्मक हिसाबमा त्यस पार्टिको मुल दस्ता बन्न गयो र यिनै काल
खन्ड हरुमा २०५८को राजादर्बार हत्या काण्ड भयो फल स्वरुप नेपालको
राजाकिय स्वरुप मा नाटकियढंग बाट आचनक परिवर्तन भयो त्यस पछी
पनि नेपाली जनता ले निरुङ्कुस्ताको झन परकास्ट भोग्नु पर्यो साधारण
नागरिक लाई जिउन चाहिने सामाजिक राजनीतिक बैचारिक र सम्भैधानिक
सार्भमौमिक्ता र वाक स्वतन्त्रता को कमी महसुस भयो । अन्त्यमा केही सिप
नलागे पछी सात राजनीतिक पार्टी र नेकपा मावोबादी सम्मिलित १२बुदे
सम्झौता गर्दै २०६२,६३को दोस्रो ठुलो जनआन्दोलन भयो र नेपाली जनता
ले नचिताएको २४०बर्शे इतिहांस बोकेको राजतन्त्र समाप्ती गर्यो र नेपाली
काङ्रेसको नेत्रित्वको सरकारले सम्भिधान सभाको सफलतापुर्बक चुनाव
सम्पन्न गरायो । जसमा नेकपा मावोबादिलाई देशैकै ठुलो राजनीतिक
पार्टिको रुप मा अगाडि ल्यायो र सरकार बनाउन लाई सफल भयो तर
हामी आम नेपाली ले के देख्न मिल्यो भने १० बर्ष सम्मा कुसल्ता पूर्वक
जनयुद्ध नेत्रित्व गरेका पुष्पकमल दाहाल ले सेनापती प्रकारणमा सरकारको
नेत्रित्व गुमायो र दुई दुई ठाउमा बाट नेपाली जनताले अबिश्वास गरेर
हराएका नेता माधव नेपाल लाई प्रधानमन्त्री बनायो त्यस पछी मावबादी
हरुले नागरिक सर्बोच्चता भन्दै सडक आन्दोलन गर्दै आएकाछन र पुन
मे दिवश्को दिन पारेर आम हड्तालमा उत्रेको छ।यसरी एकातिर देशको
बिभिन्न जिल्ला बाट मावोबादिको कार्यकर्ता राजधानिमा ओरिएकाछन र
एकलाख पचास हजार भन्दा बडी को सङ्ख्यामा सक्ती प्रदर्सन गरेर
आमहड्तालको आन्दोलन हाकिरहेका छन अर्का तिर माधव नेपाल कहिले
२०पार्टिको समर्थन र बिदेशी कुटनितिक नियोग को समर्थन भन्दै सरकार
बाट रजिनामा नदिने मुडमा छन यदी यसरीनै दुबइ तर्फ बाट ट्क्कर
गरिरहने हो भने एका तिर जेष्ठ १४को समयअवधी सकिनेछ र अर्को तर्फ
देशले गम्भिर सङ्कट को सामना गर्नु पर्नेछ।यदी माधव नेपालको सरकारले
अन्तराष्ट्रिय समर्थन छ भन्दै उनी हरुको ईशारामचल्ने हो भने सरकारमा
सम्मिलित पार्टी हरुको राष्ट्रियता केहो? तपाईं हरु बिदेशी मुलका हौकी नेपाली
धर्ती ले जन्माएका छोरा हौ ?हामीले तपाईं हरुको राष्ट्रियता माथि सङ्का गर्ने
बेला भएको छ। र तपाईं हरुको नागरिकता प्रती पनि सङ्का र अनुसन्धान
गर्ने बेला भको छ कि तपाईं हरु नेपाली होकी होइन भनेर ?यी र यस्ता
अकल्पनिय सोचाइ हरु देशका अगुवा कार्यकर्ता र नागरिक समाजलाई मात्रै
होइन हामी जस्तो साधारण नागरिक हरुको पनि मनमा कुरा खेल्न थालेको
छ।यस्ता सोचाइ हरु तपाईं हरु प्रती आउनु भने को हामी लाई तपाईं हरु
प्रतिको विश्वाश को जग भात्किदै जानु हो.त्यसैले बेलामै नेपाल र नेपालीको
हितको लागि समयमै सोच पुर्याउनु होस र नेपाली जनताको जाती धर्म बर्ग
लिङ भाषा कला र भौगोलिक आधारमा सारा नेपाली हरुको हक हित सुनिस्चित
गर्नुहोस। यदी यसो नगरि सरकारमा बसेर बल मिच्याइ गर्ने हो भने तपाईं
हरुले अर्को चुनावमा हाम्रो बिच भोट माग्दै न आउनुहोस र भोट माग्न लाई
तपाईं हरुको नैतीकताले पनि दिने छैन किन कि आज नेपाली जनता लाई केही
दिनुहोस् अनी अर्को पटक देश चलाऊन लाई पुन भोट माग्न आउनुहोस।म र म
जस्तै साँढे दुइकरोड नेपाली को के अनुरोध छ भने यदी देश र नेपाली जनताले
सुख पाउछन र हाम्रो राष्ट्रियता र स्वाधिन्ताको रक्षा हुन्छ भने माधव नेपालले
तुरुन्त रजिनामा दिनु पर्छ। र देश लाई दुर्घटना हुन बाट जोगाउनु पर्छ नत्र दुई
दुई ठाउँ बाट मात्रा हार्ने होइन अर्को पट्कमा नेपाली जनताले जिन्दगी भर तिम्रो
नाम लिनेछैनन र तिम्रो राजनीतिक जिबन नै धरासयी हुनेछ ।र हामी आम
साधारण नेपाली को प्रश्न केहो भने बिदेशी कुटनितक नियोग र बिदेशी हरुको
भरमा परेर सरकार मा बसी रहेर देशको कलङ्क को उपमा लिने होकी साँढे दुई
करोड नेपालीको चाहन र मर्मा लाई बुजेर रजिनामा दि मुलुक लाई निकास दिने
हो ? र आउने भबिस्यमा कुसल राजनीतिग्यको नाम ले पुजिने हो ? यदी यस्तो
नभए नेकपा एमाले भित्र को ६० जना नेता मात्रैले होइन पुरा देशले मावोबादिको
कार्यकर्ता नभये पनि हामी जस्ता आम साधारण नागरिक हरुले पनि
आमहड्ताल मा उत्रिनु पर्ने हुन्छ । हामी लाई कुनै पनि राजनीतिक पार्टिको
सरकार होइन हामी लाई देशको मुल कानुन र हाम्रो मौलिक हकाधिकार र हाम्रो
भबिस्य सुनिस्चित चाहिएको छ । नत्र भने कुनै पनि राजनीतिक पार्टिको
नाममा अरु कुनै सक्तिको बिकल्प खोज्नु पर्ने हुन्छ नेपाली जनता ले। त्यसैले
लेख को अन्तमा पुन एक पटक आग्रह गर्न चाहन्छु सहमती र मेलमिलापको
राणनितिमा आउनुहोस् यदी तपाईंले रजिनामा दिएर मुलुक दुर्घटना हुन बाट
जोगिन्छ र हाम्रो सार्बभौमिक्ता आँखान्डतामा पारीणत हुन्न भने माधव नेपाल
तपाईंले नेकपामावोबादिको लागि नभए पनि नेपाली जनताको खातिर रजिनामा
दिएरदेशलाई निकाशा खोलिदिनुहोस्।
लेखक
अर्पण तमाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार
Monday, May 3, 2010
Subscribe to:
Post Comments (Atom)
1 comment:
tapaiko lekha le malai pani chita bujyo
Post a Comment