देश भित्रको आन्तरिक मामलाको झगडामा भारतले मध्यस्तता
नगरने अन्य राष्ट्र हरुको अनुरोधमा भन्ने भारतीय समाचार हरु
मा आइ रहदा मैले यो कबिता श्रीजना गरे किनकी आफ्नो घर
भित्रको झगडा हामी आँफैलेमिलेर मिलाउनु सक्नु पर्छ।हाम्रो
स्वधिन्ता अझै बिक्री भाको छैन भन्नको लागि ति अवसरबादी
हरु लाई खबरदार नेपाली र नेपालको घरयासि मामला
मा दखखलदिने ध्रिस्टता नगर।खबरदार !!!
कबिता लेखन मिती २०६४ बैशाख २२गते
ए साथी !
तिमीले खबर सुनेयौ ?
फेरी देशमा युद्ध हुँदैछरे !
बिस्थापित राजाको गाउमा
स्थापित अर्को टाउकेको शहरमा !
चोक गल्ली र मैदानमा !
पहाड मधेश र गाउंमा !
एउटा सक्तिसाली अर्को निरिह !
खाली बन्दुक्मा गोली भरिदैछरे!
खै!तिमिलाई होकी मलाई हो?
मार्न निसाना ताक्दैछरे!
त्यसैले आउ साथी !
हामी एउटा बार्ता गरौ!!!
गोलमेच होस या चारपाटे
बन्द कोठा होस या खुला मन्च !
आखिर जहाँ भए पनि
तिम्रो हाम्रो आगन भन्दा
छिमेकिको पराधिन्ता ठुलो होइन
घरको भुत भन्दा
बनको देवता ठुलो होइन !
नेपालीको बास भन्दा
हाम्रो गांस ठुलो होइन !
त्यसैले!आउ साथी !!
हामी एउटा बार्ता गरौ !!!
छिमेकिले पेल्नु अगी
पराधिन्ताले जेल्नु अगी
हाम्रा लागि सोजिएका
बन्दुक हरु पड्किनु अगी !
आत्मरक्षा र स्वधिन्ताको
सार्बभौमिक्ता र राष्ट्रियताको
आउ हामी रक्षा गरौ !!
पराइले रांको बाल्नु अगी
हाम्रो घरको धुरी जल्नु अगी
साङ्रिला र-यार्डिसनमा होइन
जनताको खुला अंगनमा !
आउ साथी !
हामी एउटा बार्ता गरौ!!!
त्यसैले ए!साथी!!
तिमीले एउटा खबर सुन्यौ?
यसरीनै हाम्रो देश जल्दैछरे ।।।
अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार
Wednesday, May 5, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment