पर्खाइमा कविता रचना २०६७ भाद्र १७/६ बजे बेलुकी
एउटा प्रहर कुर्दै छु
उ आउँ छ कि भनेर
किन कि ?
उ गएको पदचाप
बिलाएको छैन अझै
सुस्त मन्द हावाको झोकमा
उ गएको थियो
आधी बनेर आउँला कि
कुर्दै छु अझै ।
खेतका आली हरुमा
समाहरु झर्दा
रोपारेको बिउ गोड्दै गर्दा
पसेको उ मुग्लान
रहर हरु को पोको लिएर
फर्की आउँला कि भन्दै
कुर्दै छु अझै ।
मलाई जस्तै उस्लाई पनि
उमेर लाई जिस्काउन
मन लाग्दो हो
एकान्तमा रात सङ्गै
उ आँफै लाई ढाट्दो हो
बैश लाई भुलाएर
मुग्लानमा
प्रियादर्शनी सपना सङ्ग साट्दो हो
सम्झिन्छु उफ........
कोइली हरुले
गीत गाएका दिन
न्याउल रोएर
मन बिगार्छन
अनी बसन्त मा फुल्न नपाई
शिशिरमा ओइलिन्छु र झर्छु
मनको बगैचामा ।
जान्छु र हेर्छु
कहिले काही देउरालीमा
दुबैले मिली चढाएका
बाबरी र बुकी हरु ओइलिएछन
पर्खाइमा जिबन ढल्दा
सावने सिरु हरु फुलेर
पारीजात भएछु
जो रात भर फुलेर
बिहानिमा ओइलिन्छु र झर्छु ।
र पनि आएन उ.....!
कहिल्यै फर्किएन उ....!
उ........निस्ठुर भएछ ।
अनी आसै आशमा
उस्लाई भनी साचेको
मन हरु फाटेर
बैश हरु ढलेछन
जिबन हरु गलेर
राग हरु मरेछन
कुर्दा कुर्दा बलेसिमा
सिउँदो हरु फुलेछन
केवल उनको पर्खाइमा
पर्खाइमा......पर्खाइमा.......पर्खाइमा .....!!!
अर्पण तामाङ(योन्जन)
हासपोस २ तरहरा
हाल दोहा कतार
Thursday, September 2, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment