गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, July 27, 2010

मेरो घर छेउ को बुढो रुख ।।।

कबिता रचना स्रावण ११/२०६७

मेरो घर छेउको
चौर को पल्लो कुना मा
सयौँ शिशिर र बसन्त रोपेर
हरिया मुना हरु पलाउन छाडेका
चरी हरुले ठुँगेर खोक्क्रो बनाइ सकेका
जिबन को जिबित आत्मा हरु मरे जस्तै
बैरागिएको कुनै बैरागी मनुस्य जस्तो
ठिङ्ग उभिएको बुढो रुख !

हाम्रा बा मलाई भन्नु हुन्थ्यो
मलाई जन्माउने पुर्खा भन्दा
धेरै पहिले देखेको रे यो रुख
बाटोमा आउँदा जाँदा भारी बिसाउने
चौतारीको शितल थियो रे यो रुख
बिदा बाट फर्केका लाहुरे र पर्देशिको
औठी चिनो पिरती को !
साट्ने सँगम थियो रे यो रुख
मेरा बा र आमा ले बैश भुलाउने
मनको मन्जरी थियो रे यो रुख
सयौँ जोडी हरु को मायाँ बिसाउने
चौतारी को बास थियो रे यो रुख
ढाकरे को ढाकर बिसाउने
बिसाउनी थियो रे यो रुख
मेला पात गोठाले को
साथी थियो रे यो रुख
सर्जमिन र कचहरि को
बैठक थियो रे यो रुख

त्यसैले बर्सौ देखी यो बुढो रुख ले
कती को कचरिको फैसला गरेको छ ।
कती को जालिरुमाल र औँठी,चिनो साटी दिएको छ ।
कती लाई हसाएको छ,कती लाई रुवाएको छ ।
कतिको मिलन देखे को छ,कतिको बिछोड भोगेको छ ।
लाहुरे र पर्देशी को बिदाइमा !
सखी हरुले बिदाइको आँशु झारेको छ ।
अनगिन्ती उस्को सहयोगी छाँयाँ हरु !
आज बुढो भाको छ,शिथिल भाको छ ।

उस्को सुकेको शरीरको
अस्थिर्पन्जिर मात्र बाँकी छ ।
तै पनि यो बुढो रुख ले !
कती को जिन्दगी फेर्यो
कतिको भोटो फेर्यो !
उस्को आयु लामो रहेछ ।
मनुस्य को छोटो रहेछ ।
अनित उस्ले एउटा युग फेरेको छ ।
घाम पानी र खडेरिमा
शिशिर बसन्तको परिवर्तन देखे को छ ।
आफ्नै छत्र छायाँ मा !
राजनीतिको आम-सभा देखेको छ ।
कहिले काहिँ राजा हरुको !
जय-जयकार सुनेको छ ।
अनी कहिले काहिँ द्वन्दी-प्रतिद्वन्दी हरुको
आफुले चोट शाहएर पनि !
ढुङ्गा मुढा खाएको छ ।
कठाङ्ग्रिने तुसारो र हिमपात हरुमा
सयौँ ॠतु हरु खेपेको छ ।
सात साल देखी अहिले सम्म
जिन्दाबाद र मुर्दाबादमा अल्झिएको
राजनीतिको घाटा नाफा बेहोरेकै छ ।
यसरी हेर्दा हेर्दै को बुढो रुख !
मुना मरेर पात झरेको छ ।
आज बर्सौँ पछी बुढो रुख !
खै किन हो !?
ढल्ने तरखरमा छ !
मेरो घर छेउ को बुढो रुख ।।।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

No comments: