कबिता रचना 2010-07-24
भुमध्य रेखाको बिचमा
आफ्नै पैसाले तमसुख बनाएर
साहुको रिणमा बन्धकी राखेर
महल ठ्ड्याउने मिठो कल्पनामा
बिदेशिएको म र मेरो जिजिभिसा
तातो घाम र गैती बेल्चा सँग
आज आचनक
डल्लो प्रीथिबी को नक्सा हेरेँ
ब्रम्हान्ड भनाउँदो आकाशको मुनी
स्वार्थ कोरिएका सिमानाका
नक्सा हरु हेरे !
ठुला ठुला पिन्ड
र !
सामुन्द्रिक तट हरुको बिचमा
मैले मेरो देश नेपाल खोजे
सिमाङ्कन रेखा हरु को बिचमा
टिक्लिक्क अबस्थित मेरो धर्ती
शिरमा सगरमाथाले हिउँ ओढेर
काखमा साना फाँट हरु सजिएका
मेरो देशको नक्सा देखे
हिमाल पहाड र मधेश ले
सजिएको मेरो देश खोजे
नेपाल नेपाली कहाँ छन भनेर
आँफैलाई छामेर खोजे
र !सोधे !!
खै कहाँ छ ?मेरो देश नेपाल ?
सुन्दैछु परदेश बाट मेरो देश
नयाँबानेश्वर र सिंहदरबार भित्र
आफ्नै सतित्व बाजी दाउमा राखेर
बन्धक छ रे !
देश चलाऊने श्रीमान हरु ले
साँढे दुई करोड को छाती माथि
छक्का पन्जा खेल्दै छन रे
आफ्नै सन्तान र आमाको बलत्कारमा
नयाँ साँढे हरु बाजी मार्दै छन रे
त्यसैले आज !
परदेशमा मलाई देश दुख्यो
ठुला श्रीमान हरुको अभिमान ले
मेरो देशको स्वाभिमान दुख्यो
हेर्दा हेर्दै को मेरो देश
बर्ग क्षेत्र र धर्मको आधार ले
बाइसे र चौबिसे हुन खोज्दा
मेरो राष्ट्रियता दुख्यो
र बिभाजित आफ्नै भित्र
खै कहाँ छ मेरो देश नेपाल
१९५० देखी दुख्न थाले को मेरो देश
टनकपुर र महाकाली हुँदै
काला पानी र सुस्ता मा दुख्यो मेरो देश
ईलाम झापा र दर्चुला बाट दुख्यो मेरो देश
रुकुम रोल्पा ले भोकाएको
कपिल्बस्तु मा दुख्यो मेरो देश
काठमान्डौमा नदुखे को
गाँउ गाँउ मा दु:खयो मेरो देश
बिधिको शासन बिनाको मुलुक हुँदा
मरेर बाँच्यो मेरो देश
दसौँ बर्ष सम्म रगत बगाएर
आहालमा डुबेर बाँच्यो मेरो देश
आफ्नै सन्तानको लास बोकेर
बिधुवाको घुम्टो ओढेर बाँच्यो मरो देश
बार बार बालक बिनाको
खाली काख च्यापेर बाँच्यो मेरो देश
त्यसैले त शिथिल मेरो देश खोजेर
आज सोद्धै छु ठुला श्रिमान हरु लाई
खै कहाँ छ मेरो देश नेपाल ।
अर्पण तमाङ(योन्जन)
तरहारा-२ सुनसरी
हाल दोहा कतार
Saturday, July 24, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment