गजल रचना २०६७ आशाढ २१
आधा बाटो पुगे पछी मायाँ बाँड्नु पर्यो
सुख जती उस्को भाग मा दुख मलाई पर्यो ।
मिठा मिठा कुरा गरी मायाँ उन्ले लाथ्यो
खेल खेल्यो नियती ले मायाँ उता सर्यो ।
भनेकै हो डोली चढि तिम्लाई लिन आउछु
हिड्दा हिड्दै पारी गाउँमा साँझ यतै पर्यो ।
सिन्दुर पनि पोख्यो भुइमा चुरा फुटी गयो
मुटु भरी सजाए को मायाँ पनि मर्यो ।
शित सँगै बिहानी मा जुन पनि झर्यो
अँश लाउँदा मेरो भाग मा आँशु मात्र पर्यो ।
अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Monday, July 5, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment