गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Monday, February 22, 2010

हांस्नत तिमी लाई सजिलै भो होला' गजल'

गजल लेखन मिती 2010-02-22-01pm

हांस्नत तिमी लाई सजिलै भो होला रुदा कती गाह्रो हुन्छ
भन्न त तिमी लाई सजिलै भो होला शहन कती गाह्रो हुन्छ।

चलेको गोली निक्लेको तिर कहाँ रोकिन्छ र मायां
लागेको चोट पुरानो खतनहो भुल्न कती गाह्रो हुन्छ ।

ख्याउंदा ख्याउदैको पिरतिको डुंगा पल्टियो नदी बिचमा
मायां पोख्यो नदिमा पुग्यो सागरमा भुल्न कती गाह्रो हुन्छ।

माछी जस्तै छट्पटिएको सेतो बगरमा तिमी लाई के थाहा
झिरमा उनी सोला चढाउदा अग्निमा शहन कती सारो हुन्छ ।

थाहा पाउछौ तिम्ले पनि एक दिन रुन कती गाह्रो हुन्छ
दिल फाटेर त्यो मन च्यातिदा सिउन कती सारो हुन्छ ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

No comments: