गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Friday, February 5, 2010

खबरदार!! 'कबिता'



खबरदार!भोका नाङ्गा जनताहो!!
अझै सकिएको छैन क्रान्ति!
हात बाधेर नबसहै आयो भन्दै सान्ति!
त्यसैले मेरो यहा हरुलाइ
एउटा खबरदारि।
गिरि बिस्ट र थापा हरुको
सकुनि रथ मा बुइ चढेर
नारायणहिटिको बंश बिनास गरि
५८ को कालो इतिहास रच्ने
माइला काकाको बिस्वास नगरहै।
जङ्गेलेत बिरोधिको लागि
गर्यो कोत पर्ब!
तैलेत गरिस आफ्नै बंशको
नारायणहिटि पर्ब।
त्यसैले संकात लागेकै थियो
हनुमानढोकाको कास्टमन्डप भित्र
फिस्स मुस्कान छोडि
भरौटे हरुको सुका मोहोर दान लिएर
चौरिको पुच्छर ताज पहिरेपछि
रगतले पोतिएको नारायणहिटि छिरे पछि
आफ्नै बंशको सदगदिमा
कर्फ्यु घोसणा गरेपछि
रानाभाटले -याटाटाको
प्रतिबेदन बुझाएपछि
अनि!सुरुभो कौरब हरुको
तान्डब नृत्यको कालो रातृ
त्यसैले!जनताहो!!
यहा हरुलाइ अर्को खबरदारि!!
भन तिमि केको आसा गर्छौ?
त्यसैत बाबुको पेसा मुर्ति चोरि
छोराको पेसा बलत्कारि
भो आसै नगर जनता हो!
देस बिकास गर्दैन यसले केहि गरि।
बरु गाउ-गाउ अनि बस्ति-बस्ति बाट
एक जुट भएर उठ।
प्रबासमा बस्ने नेपालि हो!
कलम र आवाज लिएर जुट।
बरु रक्त रन्जित द्वाजा हरु लिएर
गोलि बारुद र कटबासको लौरो भित्र
भोक रोग र असिक्षाको
बुलुन्द!आवाज लिएर उठ।
२३७ बर्से बुढो सामन्ति रुख लाइ
लोक तन्त्रको नाराले होइन
गणतन्त्र को आराले!
चिरा चिरा तक्ता बनाइ
जनताको न्यानो घर बनाउ।
यसै बिचमा नेताज्यु!तिमि लाइ पनि खबरदारि!!
गिरिजा,माकुने,देउबा तिमिले
ल्याएको क्राति होइन यो !
मनमा भ्रम नपाल रतिभर
अंशमा परेको पाखो बारि होइन यो
योत जनता को १९दिने चैते हुरिले
तातो रगतको बलिदानले आएको होयो।
आमेरिका र भारतले दिएको
कोसेलि नठान यो
बौलाहा राणा हरुले अङ्ग्रेज लाइ दिएको
उपहार दार्जेलिङ होइन यो
सुभाश घिसिङले झुक्याएको
गोर्खाल्यान्ड होइन यो
देश बेच्ने १९५०को महाकालि सन्धि होइन यो
जङ्गल डुल्ने बाबुराम र प्रचन्डको
साहस्त को देन होइन यो
सेरेमोनियल किङ भनेर
बादरको पुच्चार समाति बैतर्णि तर्ने
काङ्ग्रेसको पेवा होइन यो
त्यसैले!खबरदार!! नेता हरु हो!!!
तिमि हरु नठानयो!यो कुनै!!
एमालेको जनबादमा आएको होइन यो
नत कुनै नरसम्हार गर्ने
प्रचन्ड पथमा आएको होयो
योत ताना साहको बुढो रुखको
नया!तर पुराना हाङ्गा बिगाले
थिचेको डामेको अनि! निरुङकुस्ताले दिएको
परिबर्तनमुखि!क्रान्ति!!को फल होयो।
त्यसैले! खबरदार नेता हरु हो!!
माखे साङलो बुन्ने माकुरिको
जालो र महाभारत र कुरुक्षेत्रको
सकुनि बन्ने धृस्टता नगर।
तिमिलाइ पनि जनताले
खबरदारि! गरिबसेकाछन!!
त्यसैले!खबरदार!!
भोका,नाङ्गा जनताहो!
अझै सकिएको छैन क्रान्ति
हात बाधेर नबसहै!ढुक्क परि
आयो भन्दै सान्ति!
त्यसैले मेरो यहाँ हरुलाइ फेरि खबरदारि!!!


अर्पण तामाङ
हासपोसा-२तरहरा,सुनसरि

No comments: