गजल लेखन मिती २०१०-०२-०९
तोड्नु थियोत नाता, जोड्यौ किन हिजो अस्ती
लाएरै मांयां भुल्नु थियोत,लायौ किन हिजो अस्ती !
न तन रुन्थ्यो न मन रुन्थ्यो,नलाएको भए प्रिती
आधा बाटोमै छाड्नु थियोत,साथ दियौ किन हिजो अस्ती !
आखिर आगो लाउनु थियोत किन,बसायौ मेरो बस्ती
मायां केहो थाहा नभएको,प्रेम सिकायौ किन हिजो अस्ती !
म मा जे जती बांकी थियो,नराखी लुटेउ सबै मस्ती
निसानी सबै मेट्नुनै थियोत,किल्ला गडेउ किन हिजो अस्ती !
फुटेको मुटु बाट चोइटिएको दिल,जोड्यौ किन हिजो अस्ती
त्यही मुटु तराजुमा जोख्नु थियोत,मायां रचेउ किन हिजो अस्ती !
अर्पण तामाङ
हांसपोसा-२ तरहरा-सुनसरी
हाल दोहा कतार
Thursday, February 11, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment