गजल लेखन मिती 2010-02-20
माली छैन बगैचामा,फुल केलाई रोप्नु
लाली छैन कोपिलामा फुल केलाई रोप्नु।
हांसो आंसु लुटियोकी,मलिनो छ मुहार
हांसो छैन ओठ भित्र,खुसी केलाई रोप्नु।
हांगा पात खोजे मैले,बिहानिको शित
दु:ख भित्र हराएको,सुख केलाई रोप्नु।
जिबन जिउने आधार पनि सबै बैरागी भो
बैरागिको बिरहमा,आसा केलाई रोप्नु।
झरी जाने ओईलाएर,फुल केलाई रोप्नु
छोडि जाने निर्मोही लाई नाता किन रोप्नु।
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Saturday, February 20, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment