मैले यो कबिता धेरै पहिले लेखे को तर कारण बस मैले सम्प्रेसण गर्न सके को थिएन यो कबिता सन २००६ को १४१ औ मोती जयन्तिमा ,नेपाल कतार पत्रकार संघ दुवारा आयोजित कर्क्रम मा बाँचन गरी सकिएको हो आज सन २००६ म लेखिएको कबिता सन २०१० म आएर राख्दैछु ब्लगमा कबिता तत्कालिन समय र बस्तु काल्मा लेखिएको हो अहिले सम्प्रेसण गर्दा सन्धर्भ नमिल्न सक्छ त्यस्को लागि क्ष्यमा चाहन्छु
अरबको मरुभुमी बाट !!!
अरबको मरुभुमी बाट
लाखौं लाख नेपाली हरुको
हजुर हरु लाई एउटा चिटठी
रशो दिर्घ नमिलेका
फुस्रा कागजै शही भए
मेरो यहाँ हरु लाई बिन्ती
अनी हुलाकी दाई तिमी लाई पनि
एउटा जरुरी हाम्रो बिन्ती
उसको नाम्को चिट्ठी हो यो
लगि हात मै दिनु है
आंशु पिएर नेपाली ले
हांसेको छ भनी दिनु है
दरबार चलाऊने माइलो दाई
उस्लाई पनि सुनाइ दिनु है
नारायण हिटी कान्ड रचेउ
मरेको प्रेत आत्मा लाई
कालो मोसो लायौ
नरक कुन्डको सम्हार गरी
देबी देवता धायौ
लठेप्रो लाई पाखा लगाइ
माघ उन्नाइस रचेउ
अनी !हिटलर र बुस पछी
जिग्मे सिग्मे संग मित लायौ
जनता को नासो भन्दै
प्रजातन्त्र खायौ !
किन पच्थियो जनता लाई
सांढे मिचै तिम्रो शासन
चिनेउ होल जनता लाई
खोस्दा तिम्रो आसन
त्यसैले !
त्यसैले भोका नांगा जनता उठे पछी
स्वत्रन्तताको नारा उराले पछी
सडक र गल्ली गल्ली हरुमा
किन छेक्थियो तिम्रो रावण मिचैले
बरु बिस्फोट हुन्छ, ज्वाला मुखी उठ्छ
संगिन र बुट हरु को मिचैले
बरु धन्य छ!तिमी लाई अनी बधाइ पनि !!
फालिएनौ कसिंगार सरी सकुनी भनी
यसै बिचमा अर्को चिट्ठी
नेता ज्यु तिमी लाई पनि
भ्रस्ट मती न आवोस भनी
१७,२४,३६,अनी !
४६ साला को चैत्र पनि
थाहै होला ६२र ६३ को दमन पनि
त्यसैले नेता ज्यु !
एउटा चिट्ठी तिमी लाई पनि
महाकाली र टनकपुर लाई बन्धक राखेर
फेरी जनता र देश खाने
लाउडा र पजेरो नभित्राउनु है !
शहर पसेको बाबुराम र प्रचन्ड लाई
फेरी बनबास न पठाउ है !
अर्को चिट्ठी प्रबास बाट
तिमी लाई पनि है!
कलम चलाऊने हात हरु लाई
बन्दुक नथमाउ है !
सोमालिया,इथोपिया,अनी सुडान जस्तइ
कही कतै गल्ती भए लेब्नान नबनाउ है
हुलाकी दाई अर्को खबर
बुश !लाई भनी दिनु है
भाई भाई को झगडामा
भांजो नहाल है !
संसार हांक्ने तिम्रो सपना
कहिल्याइ पुरा नहोसै
कोफी अन्नान तिमी ले पनि
राम्रो सम्झाउनु है!
अन्तमा !
अन्तमा खबर लाने हुलाकी दाई
प्रभासी को कोटी कोटी धन्यबाद छ है
उसको नामा को चिट्ठी हो यो
लागि हातमै दिनु है !
आशु पिएर नेपालीले
हांसेको छ भनी दिनु है !!!
अर्पण तामाङ
हांसपोसा-२तरहरा-सुनसरी
हाल दोहा कतार
Wednesday, February 10, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment