गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Wednesday, February 10, 2010

मेरो गरिबी !!!'कबिता'

मेरो गरिबी !!!


बुझेर बुझि नसक्‍नु
मेरो गरिबी !
यता टाल्‍यो उता भ्‍वाङ्‌
उता टाल्‍यो यता भ्‍वाङ्‌
जता टाले पानि !भ्‍वाङै भ्‍वाङ्‌ !!
खोइ कस्‍तो मेरो गरिबी भ्‍वाङै भ्‍वाङ्‌!!!
भोक रोग र शोक को मेरो गरिबि
आत्‍मा लाई चिथोर्दै !
बाची रहेको मेरो यथार्थ
गरिबीको शिरानी लगाई
धर्तिलाई बिछौना मानेर
बादल को रुई बानाई
आकाशको शिराक बनाउदा
मेरो निद गएन!
बिबस्‍था सँग युद्घ लड्‌ने
मेरो अस्‍थिर-पन्‍जिर
धनिको नोट लाई हेरेर
अघाएको मेरो भोकले
खै किन मेरो पेट भरिएन
रुकुम रोल्‍पा र हुम्‍ला जुम्‍लाले
भित्राएको मेरो भोक
सप्‍तकोशी र तराईले दिएको मेरो शोक
आफै बगेर आफन्‍त गुमाउदा
सप्‍तकोशीले लगेन मेरो भोक रोग र शोक
त्‍यसैलेत खै कस्‍तो मेरो गरिबी
बुझि नसक्‍नुछ मेरो गरिबी !!!
निर्दल गए बहुदल आए
गएन!मेरो गरिबी !
राजा गए! रैति आए!!
गएन! मेरो गरिबी !!!
छुट्‌याउन खोज्‍छु आफु सँगै
मेरो गरिबी !!!
खै किनहो ?झनैपो बड्‍छ यसको परिधी !
अनित अचम्‍म लाग्‍छ मलाईनै मेरो !
ऊपहाश गरिबी !!!
दश-दश साल मा फेरिने क्रन्‍ति सँगै
बर्षेनी आउने बजेट भाषणमा
रातो रिबिन ले टमक्‍क बाँधिएर
कालो शुटकेसमा बन्‍धक छ!
मेरो गरिबी !!
ताली हरुको भिडमा सिँहदरबार भित्र
छुटाईएका धन-राशि हरुले
खै कहिले छोला ?
म र मेरो गरिबी लाई
अस्‍त ब्‍यस्‍त म र मेरो यथार्थ
जिउनु को नाम मा भोक साँचेर
चिहाई रहेको राजधानी लाई
मेरो गरिबी सलाम!!!
साँझ झर्दै जाँदा निर्बष्‍त्र
लाखौ गरिबी लाई कुल्‍चदै
हनिमुन मा आतुर मेरो राजधानी लाई
मेरो गरिबी सलाम!!!
जति दुखे पनि नचाहिने
मेरो गरिबी लाई सु:खको मलम
त्‍यसैलेत खै कस्‍तो मेरो गरिबी
बुझेर बुझी नसक्‍नु
मेरो गरिबी!!!
यता टाल्‍यो उता भ्‍वाँङ
उता टाल्‍यो यता भ्‍वाँङ
जता टाले पनि भ्‍वाँङै भ्‍वाँङ!!!
खै कस्‍तो मेरो गरिबी
बुझेर बुझी नसक्‍नु
मेरो गरिबी !!!


अर्पण तामाङ (योन्‍जन)
हाँसपोसा-२ तरहरा-सुनसरी
हाल-दोहा कतार

No comments: