भन्छन सबै परिबर्तन!!!
भन्छन सबै परिबर्तन
नयाँ युग नयाँ समाजको
कस्तो बन्छ कुन्नि मुहार
नयाँ देश नयाँ नेपाल को
कोर्छु भन्छन सँघियताको
नयाँ संरचनाको !
खै कस्तो बन्छ कुन्नि देश अब
नयाँ युग नयाँ नेपालको
खै कुन किरणले छाउने देश
नयाँ बिहानको!
कुन लालीले रँगिनेहो
नयाँ देश नयाँ नेपालको
जाती धर्म सँस्कारको जनजातिको
बन्छ अरे नियम कानुन
दलित महिला भाषा भाषिको
हुन्न अरे बिभाजन पहाड मधेशको
बन्छ अरे नयाँ युग नयाँ नेपालको
देख्छु मत पुर्ब-पस्चिम
दुबै मेची-कालीको!
लम्पसार देख्छु अनि
तराई पहाड सेतो हिमालको
खै कस्तो बन्छ कुन्नि हाम्रो देश
नयाँ देश नयाँ नेपालको !!!
लेखक:अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Tuesday, February 9, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment