गजल लेखन मिती २०१०-०२-०९
कसैले सोधे भने ठुलिले,डांडा कट्यो भनी दिनु
पुरुस्वार्थको तिम्रो गाम छोडेर,ठुलिले सिमाना कट्यो भनी दिनु !
चौरास्ता मा उभिदा,कुरा काट्ने तिम्रो पुरुष समाज
चाइदैनरे अब ठुलिलाई,तिम्रो गाम मेरो खबर भनिदिनु !
परिश्रमले बांच्न खोज्दा,नानाभांती कुरा काट्ने तिम्रो समाज
आमा,छोरि,श्रीमती,जोडीएको नात चाहिदैनरे अब भनिदिनु !
चुरी मात्रा होइन यो हातले,बन्दुक पनि बोकी सकेकाछौ
मेरो नाम्को पछी तिम्रो सर्बनाम चाहिदैनरे अब भनिदिनु !
उबिना पनि चल्छरे,कोक्रो चलाऊने हात हरु भनी दिनु
बेच्दिन इज्जत,माग्दिन भिख,पसिना पोखेरै बांच्छरे भनिदिनु
अर्पण तामाङ
हांसपोसा-२तरहरा,सुन्सरी
हाल दोहा कतार
(यो गजल मैले समाजमा घरभित्रको नाता भुलेर बाहिर पुरुस्वार्थको अहम देखाउने अभिमानी पुरुष हरुलाई अत्यचारको सिमाना नाघे पछी एउटा नारिले हिम्मत देखाउन खोज्ने नारी हरु प्रती सम्र्प्रित गर्न चाहन्छु।)
Thursday, February 11, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment