मेची-काली-हिमाल तराइ
सन्तान थरी-थरी !!
भाषा कला सँस्कृति यो
नेपाल आँखा भरी !!!
शिर हाम्रो सगरमाथा
आँगन हाम्रो तराइ !!
रंग छरी ज्योति छर्छ
अन्न लहराइ !!!
शन्तान हामि नेपाल आमा
छैन पक्ष -बिपक्ष !!
जाति भाषा पहिचान हाम्रो
धर्म निरपेक्ष !!!
सयौ थुङ्गा सन्तान हामी
आमा हाम्री माली !!
झुक्न दिने छैनौ शिर
मेची-माहाकालि !!!
देखाइ दिन्छौ शत्रु आए
पाखुरी र पौरख !!
भृकुटी र सिता अनी !
बुद्ध हाम्रो गौरब !!!
अर्पण तामाङ -हासपोसा-२तरहरा=सुनसरि
Monday, February 8, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment