गीत लेखन मिती २०१०-०२-१८
चोरी हेर्छ मलाई किन, चन्द्रमाले राती,
तारा हरु ले जिस्काउंछ, किन आधा राती !
..........................
ऐना सामु उभी हेर्दा, लाज लाग्छ आँफै
अंग अंग सल्बलाउंछ, किन होला मलाई !
काउकुती लगाउंछ मेरो रातो चोली
कस्ले ल्याउंछ सिन्दुर पोते, पञ्चेबाजा डोली !
चोरी हेर्छ मलाई किन.............
तारा हरु ले जिस्काउंछ............
...........................
भनुं भने संगिनिले, उल्टै गिजाउंछ
नभनु त आँफै भित्र, बैश मग मगाउंछ !
कहाँ होला कस्तो होला, मेरो मन को राजा
घुम्टो खोली हेर्दा मलाई, लाज लाग्छ होला !
चोरी हेर्छ मलाई किन, चन्द्रमाले राती
तारा हरुले जिस्काउंछ, किन आधा राती !
........
अर्पण तामाङ
तरहर-२सुनसरी
हाल दोहा कतार
Thursday, February 18, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment