कबिता लेखेन मिती २०१०-०२-१४ तारिख
सयपत्री फुल फुल्योकी चेली !!!
सयपत्री फुल, फुल्यो कि चेली, त्यो हाम्रो गाउंमा !
राखेउ कि उनी, माइती लाई भनी, त्यो मेरो नाउंमा !!
भन्दो हो बाबा ,पोहोर साल गयो ,यो साला आउंदो हो!
पिढिमा बसी, हातको औंला ,आमाले गन्दो हो!!
ढलेको बरको, सपना देख्दा, झस्केर उठदो हो !
बाडुल्की लाग्दा, सम्झेर राती, पियारी रुंदो हो!!
सांझ ढल्दै जांदा, क्षितिज हेरी, बाल बच्चा सोद्दो हो !
खोइ बाबा भन्दा, पियारी तिम्रो, हृदय जल्दो हो!!
फर फर गर्छ, यो देब्रे अंखा, केही पो भयोकी !
भर भर गर्छ, चुल्हो को आगो, अलछिन लाग्यो कि !!
साउने झरी, त्यो बादल बिचमा असिना झर्योकी !
हुर्केको बाली, साउने खेत,पैरो पो गयो की!!
सपनी सम्झ्यो, गाउंघर सम्झ्यो,यो छाती चर्किन्छ!
भुलाई मन, केही गरी हुन्न,यो आंखा धर्किन्छ!!
भाकल गर्छु, त्यो देबी देवता,केही नहोस भनेर !
घर फिर्ने बाटो, टोलाई हेर्छु दिन गन्ती गनेर!!
धेरै भो पर्देश, लागेको सानु, म फर्की आउंला !
सयपत्री फुल, ओलिन्न चेली यो साला लगाउंला!!
पर्दैन अब, बाबा र आमा त्यो औंला गन्न लाई !
पर्दैन अब, प्यारी ले पनि, पिढिमा रुन लाई !!
चाहिदैन अब, बिदेशी धन, असरफी त्यो सुन !
बसुंला बरु, ढिडो र पिठो, खाएर त्यो नुन !!
सयपत्री फुल, फुल्योकी चेली, त्यो हाम्रो गाउंमा !
राखेउ कि उनी, माइती लाई भनी, त्यो मेरो नाउंमा !!
अर्पण तामाङ
हासपोस-२ तरहरा सुनसरी
हाल दोहा कतार
Sunday, February 14, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment