गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Wednesday, February 10, 2010

मेरो मन!!!'कबिता '

मेरो मन!!!



एकिकृत मेरा मन हरु लाई
खै कुन्‍नी के भाछ आजकल ?
आफै भित्र उथल पुथल
आन्‍दोलित हुदै !
म!आफै बाट
छरपस्‍टिन खोज्‍छ
मेरो मन !
लाठी र गोली गठामा
जँगल छिर्न खोज्‍छ
मेरो मन !
तै पनि
असफल मेरो बार्तामा
निमन्‍त्रणा गर्छु !
फेरी पनि !
मनको गल्‍लिमा
बार भत्‍काउँदै
टायर बाल्‍न छोड्‌दैन
मेरो मन !
खै कुन्‍नि के भाछ?
आजकल मेरो मन ।

****************

नख्‍खु र हनुमान ढोकाको
मनको जेलमा
थुन्‍ने धम्‍कि दिन्‍छु म !
तै पनि टेर-पुछर लाउदैन
मेरो मन !
अश्रु ग्‍याँशको शेल संगै
कर्फ्‍यु घोषणा गर्छु
तै पनि टेर्दैन मलाईनै
मेरो मन !
खै केभाछ कुन्‍नि ?
आजकल !
आफू भित्रै
आन्‍दोलित भैरहन्‍छ
मेरो मन ।

****************

शिँहदरबार र सं‍सद भबन
छिर्न नपाउँदै
दश बर्षे जनयुद्धले छाडेका
नारा उराल्‍छ
मेरो मन !
रुकुम रोल्‍पा
र !
गोर्खा बाट होईन
मेची काली
र !
बिहार बाट
आन्‍दोलन चर्काउँछु भन्‍छ
मेरो मन !
दार्जेलिङ को त के कुरा
टिष्‍टा र काँगडा
हाम्रै हो भन्‍छ
मेरो मन!

****************

त्‍यसैले त उ
सिमा पारि पुगेर
गोर्खाल्‍यान्‍डको माग गर्छ
मेरो मन!
शंघियता र स्‍वत्रन्‍तताको
कुरा गर्दा गर्दै !
मेरो राष्‍ट्र र राष्‍ट्रियता !!
कतै लेन्‍डुपको सिक्‍िम जस्‍जै
बन्‍धकमा पो पर्ने होकी
मेरो मन !
त्‍यसैले त
हदै सम्‍मको लचक्‍ता अपनाएर
बार्तामा बोलाउछु
मेरो मन !!
तै पनि आउँदैन
आन्‍दोलित
मेरो मन ।

*******************

आजकल त
मागका बुदा हरु थपेर
क्‍युबा र पेरुमा मात्र होईन
म्यानमार मा !
आन्‍दोलन छेड्‌छु भन्‍छ
मेरो मन !
साम्‍यबादी समाजबादको
पोको बोकेर
मार्कस,लेलिन,
स्‍टालिन र माओको
तस्‍बिर बोकेर
पुरानो रुस हुँदै !
अमेरिका पुग्‍छु भन्‍छ
मेरो मन!
त्‍यसैले त
आजकल डर लाग्‍न थाल्‍याछ
मलाई नै
मेरै मन।

*******************

ईराक र अफगानिस्‍तान
भुटिए जस्‍तै !
कतै बारुदमा भुटिनेपो होकी ?
मेरो मन!!
त्‍यसैले
बार बार डाकी रहन्‍छु
तै पनि
बार्तामा आउँदैन
मेरो मन!
भन्‍छ !
वानकि मुन र पुराना संयोजक
हटाउ भन्‍छ !
मेरो मन!
माग माथी मागका
बुँदा हरु थोपार्दै
पन्‍छिन खोज्‍छ
मेरो मन !
खै केभाछ कुन्‍नि आजकल ?
आफै भित्रको एकिकृत
आन्‍दोलित
मेरो मन !

अर्पण तामाङ(योन्जन)
हाँसपोसा-२ सुनसरी
हाल दोहा कतार

No comments: