गजल लेखन मिति२०१०-०२-२१
गजल पनि खै के लेख्ननुर आजकाल गजल सस्तो भाको छ
गजल जस्लाई जसरी लेखे पनि आजकाल गजल सस्तो भाको छ !
प्रेम्मा धोका खाने लाई होस या जितमा फुइखुट्टी लाउने लाई
कपिको पानामा लेखिने गजल आजकाल सस्तो भाको छ।
पिरती गांस्दाको सम्झना होस या सुहाग रातको मधुर सम्झना
मनको हुट हुटी बांड्ने थालो,गजल आजकाल सस्तो भाको छ।
देश लाई होस या राजनेता लाई,महाबणी पोख्ने ठुला ठुला
बजारमा किन्दा पाइने आलुको सस्तो भाउ झै भाको छ।
रौदकी बाट होस या अरबी बाणी ग+ज+अल् बाट होस
जसरी जन्मिए पनि आजकाल गजल सस्तो भाको छ।
शेर,मतला,रदिफ,काफिया,वज्न,कत्वा,फर्द,तगल्जुल,देखी
अन्दाजे वयां,त्खल्लुस,रुक्न सम्मा गजल सस्तो भाको छ।
अर्पण तामाङ
तरहर-२ सुनसरी
हाल दोहा कतार
म मेरो मनको बिचरले गजल लेख्छु तर मलाई पनि गजल को ज्ञान छैन,म धेरै साथी हरुको गजल पनि पड्छु,तर गजलको कुन नियम
सँग मिलेर लेखेको हुन्छ म ठ्याम्मै ठम्याउन सक्दिन,म आफुलाई गजलको सानो शेर लेख्दा लाज लाग्छ कहिले काही किनकी मैले जसरी गजलको नाम दिएर नेट्मा हालेको हुन्छु शायद गजलका बिद्द्वान हरुले पढे भने मलाई मेरो नाम सँग शरमा लग्ला की जस्तो लाग्छ।कुनै पनि चिजको ज्ञान नहुनु र त्यसको व्यबहार गरी टोपल्नु मुर्खता त पक्कै हो तैपनी मन्ले नमान्ने रहेछ। मलाई थाहा छैन ईरानी कबी रौदकी बाट जन्मिए वा अरबी भाषाको ग+ज+अल को उत्पती अर्थात हरिणको सानो बच्चा साबक को शिकारीको तिर बाट घायल बनेर निक्लेको स्वर होकी केहो कसरी गजल शब्दको उत्पती भयो त्यो विद्वान हरुलाई नै थाहा होला। म कहिले काही गजलका नियम पड्छु तैपनी बुज्दिन त्यस्को लागि क्ष्यमा चाहन्छु। अन्यथा मेरो गजलको नियमनपुगेको भए सल्लाह र सुझाब दिनु हुन हार्दिक अनुरोध गर्दछु।
Sunday, February 21, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment