हे !भोका नाङगा सन्सारका मजदुर हरु हो
जागन उठन अबत !आवाजमा मुठि हरु लिएर
कति बाँच्छौ आफैमा जिउन गारो
दासताको सिक्रिमा उनिएर !!सामनता बाद र पुजिबादको
चक्कीमा सधै पिसिएर
थकित मुद्रामा पसिनाले निथ्रुक भिजेका
ईस्पात,फलाम र कोइला हरुले
रापिएका र डामिएका काला अनुहार हरु
बिहान र बेलुकिको फ्याक्ट्रिको साइरन सङगै
जिन्दगिका पाइला नाप्न हतार हतार
हात मा सानो रोटिको टुक्रा
र !पिठ्युँमा भबिशय खोज्ने साना बालक हरु च्यापेर
बिहान बेलुका जानु र आउनुलाइ
आफ्नो नित्य कर्म सम्झेर
निरन्तर समाप्त गरिरहेछौ
आफ्नै जिदगि हरुलाइ
सामान्त र पुँजिबादका ठेकेदार हरुले
तिम्रो पसिना लाइ महँगो भाउमा
पाउण्डस्टलिङ् र डलर हरुमा बेचि रहेछ
प्रक्रितिले दिएको जिउनुको अर्थ मानबतामा
सृजिएका हाड हड्ि र रगत हरु
मारसल र रबिन्सको अर्थशास्त्रको
जोड घटाऊको परिभासा संगै
क्रय बिक्रय नाफा नोक्सानको बिनिमय संगै
ठुला सेमिनार र गोश्टि हरुमा
महँगा तारेहोटल र पार्टि हरुमा
एकातिर तिम्रा हाड,खोर रगत र पसिना
अर्का तर्फ बादसाह हरु को मोलमा
मोलि रहेछौ ए मजदुर श्रमिक हरुहो
हातको गैति झ्याम्पल हरु लिएर
करडौ मजदुर हरुको आवाज र झण्डा हरु लिएर
एकताको गित गाउदै उठन अबत
जित हाम्रैछ जागन अबत
कति बाच्छौ आफैमा जिउनु गार्हो
दासताको सिक्रिमा उनिएर !!!
अर्पण तामाङ
हाँसपोसा-२तरहरा
सुनसरि
Friday, February 5, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment