गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Thursday, February 11, 2010

मायां आखिर मायांनै हो,गजल,

गजल लेखन मिती २०१०-०२-१०बिहान

मायां आखिर मायांनै हो दोसी हुन्न गोमा जी
नजर लाग्ला कसैको तर प्यार झुटो हुन्न गोमा जी!

प्रेम लाई पूजा गर्ने हरुलाई घ्रिणा गर्ने यो दुनियाँमा
हजुरको विश्वाश गर्ने मुटुनै कम्जोर भयो कि गोमा जी !

पत्थर्को देवता लाई के थाहा साक्षी राख्नु उसलाई
आँफैलाई भुल्नु भोकी कही दोसी नठान्नु कसैलाई गोमा जी !

चर्किएको ऐना टुक्क्रिएको दिल थाहाछ मलाई पनि
फुल फुल्छ प्रेमको बगैचामा हरेस नखानु गोमा जी !

अबिश्वाशले जोडेको क्षितिजको पर्खाल तोड्नु फेरी गोमा जी
चोखो प्यारमा जे पनि हुन्छ विश्वाशले दुई मुटु जोड्नु फेरी गोमा जी

अर्पण तामाङ
हांसपोसा-२तरहरा सुनसरी
हाल दोहा कतार
(यो गजल फेशबुक मार्फत मित्रता हुनुहुने अपरिचित फेशबुक साथी नाम(परिवर्तन) गोमा जी को (मनको भाबना)पढे पछी शो को प्रतिउत्तरमा निस्केको गजल होयो गजल बिशेष गरेर प्यारमा हार खाने हरुको लागि समर्पित गर्दछु साथै यो नाम कसै सँग मिल्न गए सम्योग मात्रा हुनेछ। अन्यथा क्षमा प्रार्थी चाहन्छु ।

No comments: