भोली प्रणय दिवस तर आज राती मलाई खै कसरी अचानक निन्द्रा खुल्यो रातको २,४५तिर दिमाखमा प्रणय दीवसको बारे धेरै कल्पे अनी फेरी कल्पे घरमा भएकी जिबन साथी जो सँग मैले मेरो बैबाहिक जिबनको दुख्ख सुखको उतार चढाब सँगइ बसेर होस या टाढा बसेर होस बैबाहिक जिबन बिताएको १० बर्ष भयो। त्यस माथि पनि म पर्देश लगेको ६बर्ष लाग्यो यस बिचमा मैले उस्लाई एक्लो पन बाहेक केही दिन सकेको छैन शायद यो भन्दा पनि टाढा अब पनि शायद केही दिन सक्दिन होला,त्यसैले राती नै मैले यो गजल उनको नाम गरेर लेखे उन्को निम्ती,राती बत्ती बालेर लेख्नु साथी हरुलाई बत्तिले बाध हुनेथियो त्यसैले मोबाइलमा टैप गरेर अहिले तपाईं हरुको सामु राख्दै छु। शायद गजल का नियमा त नपुग्लान तै पनि कोशीश गरेको छु,र यो गजल म र मजस्तै पर्देसिएका प्रभाशी साथी हरु को निम्ती अनी मेरो जिबन सङिनी मा समर्प्रित गर्न चाहन्छु,हस्त धन्यवाद।
गजल लेखन मिती २०१०-०२-१३बिहानको राति३बजे
प्रणय दिवसको दिन आज,एउटा गीत तिमी लाई
नबिर्सिने धुनको,पिरतिको गीत तिमी लाई !
सिन्दुर पोते चुरा त,दिइ सके प्रिया
त्यो भन्दा अमुल्य,जुनी भर्को साथ तिमी लाई !
ताजमहल बनाउने,सामर्थ्य त छैन म सँग
तर मनको महल जुनी भरी तिमी लाई !
यो जिन्दगी रला नरला सँगै,कांचो शरीर न हो
छाडेर जाउंला ति दुई प्रेमको,निसानी तिमी लाई !
भन्दिन म तिमी लाई,म मर्दा बेस्सरी रुनु
बरु जिउन सिकाउने,हिम्मत छाडुंला तिमी लाई !
प्रणय दिवसको दिनआज,नभुल्ने गीत तिमी लाई
नबिर्सिने जुनीभरी पिरतिको धुन तिमी लाई !
अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल-दोहा कतार
Saturday, February 13, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment