Monday, February 8, 2010
ए ! ठुले फेरि फर्की आउन !!! कबिता'
आज फेरी सुर्य अस्तायो
पारि क्षितिजको कालो डाडाँमा
आज फेरी जुन लुक्यो
कालो बादलुमा !
त्याती मात्र कहाँ होर ?
आज फेरी पापि चन्द्रग्रहण लाग्यो
एक्लो चन्द्रमा मा
त्यसैले !
ए ! ठुले फेरि फर्की आउन
आफ्नै गाउँ-घरमा ।
मिरमिरेको डाक सँगै
बिहान डाक्ने रातो भाले
स्याल ब्वाँसो र चिल हरुले
खोरै बाट अपहरण गरी सक्यो
आज फेरि कलि युगमा
हामिलाइ अर्को ठुलो दशा लाग्यो
किरण छाउने बिहानीको रातो लाली
कालो तुवाँलोले डम्म ढाक्यो
देशको मुहार फेर्छु भनी !
खूडा खुकुरि तरबार बोकी
बैरि माथी गर्धन ताक्ने
मात्र शाहस थियो तिम्रो
आज आफ्नै घर भित्र
शणार्थी बन्न बाध्या पर्यो
त्यसैले हिजोको त्यो शाहस बोकी !
पाखुरीमा बहादुर बोकी !
ए ! ठुले फेरि फर्की आउन !
आफ्नै गाउँ-घरमा ।
ठूला बडाको शहर बाट
हैजा गाउँमा फैली सक्यो
पारी गाउँकोत केकुरा !
आफ्नै गाउँमा छिरी सक्यो
पल्ला गाउँमा कुकुर भुक्यो
बन्दुक !पड्क्यो आधा रातमा
कठै बरा !साँइलि भाउजुको
सिन्दुर !पुच्छ्यो !!
चुरी फुट्यो आफ्नै हातमा
आज फेरि हाम्रो गाउँमा
सामन्तिको शसन जाग्यो
आगो लायो सामन्तिले
काँइला बाको !उठि बाशै लाग्यो
रामे, श्यामे, हरि ,चन्द्रे,
हिजै मूग्लान पसे
हर्के बिर्ख मचिन्द्रेले
साउदी कतार ताके ।
सम्झाइ-बुझाइ तिन लाइ पनि
फर्की लिएर आउन !
आफ्नै देशको एकताको
फेरी क्रान्ति गित गाउन !
बन,जङ्गल, खोला, नाला
मिलि मित लाउन !
क्रान्ति गरौ बिहान ल्याउन
ए ! ठुले !!फेरी फर्की आउन
त्यसैले !
त्यसैले !!फर्की आउन ठुले आज
आफ्नै गाउँ-घरमा ।
अर्पण तामाङहाँसपोसा-२ तरहरा-सुनसरी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment