गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, February 9, 2010

लुकेछ अब चन्‍द्रमा पनि बादलु भित्रमा!!!!

लुकेछ अब चन्‍द्रमा पनि बादलु भित्रमा!!!!



लुकेछ अब चन्‍द्रमा पनि बादलु भित्रमा!
आशाको त्‍यान्‍द्रो टुटेछ अब दिवालको चित्रमा!!

धुलोले पनि छोपेछ अब त्‍यो तिम्रो तस्‍बिर!
सोचेको भन्‍दा फरक भयो जिन्‍दगी म भित्र!!

जिउनुको अर्थ जिन्‍दगी साँची बाँच्‍न लाई गार्होभो!
जिएर हेरे म आफै भित्र मर्न झन सारो भो!!

सुनेको थिए परिको कथा स्‍वर्गको फुलबारी!
हुन्‍छरे एउटा राज कुमार त्‍याहाँ सानो त्‍यो घरबारी!!

त्‍यही कथा आज अपुरो भयो भन्‍नेले छाडीगो!
मनैमा रहयो मनको तृण्‍णा ब्‍यथा झन गाढाभो!!

कल्‍पना साँची चन्‍द्रमा छुने अठोट अधुरो!
बनेछ एउटा कबिको कथा त्‍यही पनि अपुरो!!

लेखुकी कथा भनेथे आफै स्‍मृती गाढाभो!
पुरानो रैछ कपिको पन्‍ना कल्‍पना टाढाभो!!

के साँचु एऊटा आँशुको थोपा समुन्‍द्र माझमा!
के देखाउ तिमिलाई चिरेर छाति मुटुको माझमा!!

हृदय भए चोटले छुन्‍थ्‍यो पत्‍थर लाई के छोला!
जलेको जलन आगो लाई थाहाछ पानि लाई के होला!!

जोड्‍दिन अब टुटेको दिल लाई चर्केको ऐना!
जन्‍मिदै भाग्‍य लेखेको हुन्‍छ म भाबी होईन!!

संहुला अब जलेको जलन त्‍यो तिम्रो मायाँमा!
सम्‍झना मात्र राखुला तस्‍बिर दर्पण-छाँयामा!!


लेखक:अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार

No comments: