गजल (लेखन मिती २०१०-०१-३१ )2010-01-31
के भुल भयो सानु आजकाल तिमी बोल्दैनौ
भेट हुंदानी नजिक बाट सानु तिमी बोल्दैनौ!
नखोलेरै मनका कुरा तिमी टाढा हुंदा
धड्किन्छ यो मुटु सानु किन तिमी बोल्दैनौ!
लुकाएरै राख्ने भए किन सानु मनका कुरा
दिल खोलेर नाता किन जोड्यौ फुकाएर मनका कुरा !
तिमी हांस्दा संगै हांस्छु रुंदा संगै भन्थेउ
कहांनेर चुक्यो मेरो मायां सानु किन बोल्दिनौ !
के भुल भयो सानु आजकाल तिमी बोल्दैनौ
भेट हुंदानी नजिक बाट सानु तिमी किन बोल्दिनौ !
अर्पण तामाङ
तरहर-२सुनसरी
Wednesday, February 10, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment