गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Monday, February 8, 2010

२१औ सताब्दिको' कबिता'

२१औ सताब्दिको
युग रोजि रहेछु।
महादेस हरुको बिचमा
आफ्नै मुलुक खोजि रहेछु
हिमालको काखमा रहेको
मेरो नेपल!!!
सगर्मथाको सिर ओढेको
नेपाल रास्ट्र हेरि रहेछु।
जङ्गल र दुइ सहर बिचको
द्वन्द भित्र दुखेको
आफ्नै स्वभिमान र सार्भभौमिक्ता भित्र
आज आफनै देस दुखेको
स्वयम्भुका दुइ आखाले खोजि रहेछु
इतिहास हाक्ने पुरुस हरु
जन्माउने रित्तो काख आमा हरु
देसका धरोहर् खम्बाका
बाद्यता र बिबस्तामा
सेतो घुम्टो ओड्ने बिधवा हरु
भबिस्य खोज्ने नाबलक
टुहुरा बालक हरु!
यि सबै भित्र दुखेको घाउ हरु
आज म आफै !
आकुल ब्याकुल र सोकाकुल भ्येकोछु
देस बचाउने नाममा
शान्ति!शान्ति!!शान्ति!!! भन्दै
धेरै पल्ट दुखेको चोट बोकेर
पटक पटक मरेर पनि बाचेकोछु
१४ हजार मृत नेपालोको
रगत आहालमा रोयेकोछु
रगतमा डुबेको आफनै नेपाल आमा
प्रसब बेदनालेछट पटियेर
असक्त भयेको बेला
अझै पनि बन्दुक नाल तेर्सायेर
गोलि र बारुद मा रगतको होलि खेल्ने
ए!दुइ खेलाडि सक्ति हरु हो !!
के हामिलाइ फेरि पनि
बुद्धा जन्माउने माया देबि
र !
२६ सय बर्स अघिको बुद्ध दिन सक्छौ?
सक्छौ भने दुइ हात हरु मा
सिप उमार्ने कपि र कलम् देउ
शान्ति को ध्वानि छर्ने बुद्ध देउ
सन्सारको नर सम्हार गर्ने
अटमं र पर्माणु बिग्यान होइन
जेट बिमान र अन्तरिक्क्ष यान
उडाउने हात हरुको बिग्ग्यान देउ
ए!रास्त्र हाक्छु भन्ने समंबाहकहो!?
शान्ति को नाम असान्ति ल्याउने हरु
परिबर्तनको नाम!
रगतको खोलो बगाउने हरु
भो नदेउ हामिलाइ अब
रक्त पिपासु शन्देश हरु
सक्छौ भने देउ बरु !
पुत्बमा टिस्टा र पस्चिम्माअ काँगडा हाक्ने
बलभद्द्र,अ्मर्सिङ्ग,कालु पान्डे र भिम्सेन हरु
अनि देउ!आदर्स र मित्रताको साइनो गास्ने
भृकुटि,सिता र अरनिको हरु!
अनि खोजि रहेछु!!!
सम्पन्नता र सार्बभौमिक्ताको
२१औ र २२औ सताब्दि बिचको
उन्नति उन्मुख नेपाल खोजि रहेछु


अर्पण तामाङ
सुनसरि,हासपोसा गाबिस-२तरहरा बजार

No comments: