कबि होइन म !
तैपनि मनको बह बिसाउछु
एउटाकपी को चौतारिमा
तर !दोस नठानि दिनु कबि भनेर
एउटा भुल सम्झि दिनु
निर्दोष कलम सम्झेर !
त्यसैले !आफू दोशि ठानौ भने
सुइकार्न सक्दिन !
कलम दोसि भनौ भने
निर्रजिब बस्तु कसरि
मनको पिडा पोख्छर ?
तैपनि ! चलि रहन्छ निरन्तर !!
एउटा बिना प्राणको
सेतो कोरा कागजमा जिबन पोखि रहेछ
एउटा हातको सहारामा
औला हरुको बैषाखि लिएर
निर्जिब शब्द हरुलाइ
प्राणको संन्जिबनि छरिरहेछ
एउटा कबिता बनेर।
त्यसैले कबि भनौ भने
अनि भाब हरु पोखौ भने !
शब्द सजाउन सक्दिन ।
उर्बरा मरुभूमिझै सेतो कागजमा
आफै निरन्तर पोखि रहन्छ
एउटा मनको भाब बनेर।
कहिले मायाँ प्रेमको शब्द बनेर
ओकलिन्छ कबिता ।
कहिले बिछोड र मिलनको समिश्रण बनेर
बगि दिन्छ कबिता ।
अभाबमा पिल्सिएको जिउनिको अर्थ
जिन्दगि बनेर बगि दिन्छ कबिता
महासागर हरुको बिचमा
नदिको किनारा बनेर
बगिदिन्छ कबिता ।
कहिले अन्याय र दमनमा
पिल्सिएको घाउ बोकेर
बिद्रोहको नारा उराल्छ कबिता
कहिले सिता जानकि र भृकुटिको
गित बनेर आउँछ कबिता
कहिले बुद्घको शन्देश त कहिले देशको
राजनिति लिएर आउँछ कबिता ।
यसरि अवतार लिएर आइरहन्छ
बार-बार कबिता ।
त्यसैले मत भाबक मात्रहूँ
कबि नभनिदेउ साथी
म कबि होइन ।
शब्दमा पोखिएको भाबहो त्यो
त्यो कबिता होइन
साच्चै होस या ख्याल ठट्ामा
कबि नभनिदेउ साथी
म कबि होइन ।।।
अर्पण तामाङ
हासपोसा-२ तरहरा सुन्सरी
हाल:दोहा कतार
Monday, February 8, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment