गजल
आज एउटा जुन देखे आधा रातिमा
तारा हरुले सजिएको आधा रातिमा!
टिपी ल्याउने मन भयो त्यही जुन लाई
दिउकी कोसेली भनी सोचे मेरी उनिलाई !
उडी जाउकी चुमी आकाश आधा रातिमा
बेग हानी पुंगुंला म आधा रातिमा !
जुन पाइ मख्ख पर्छिन होली मेरी उनी
तारा हरुले सजिएको परी बन्छिन होला तिनी!
त्यसैले त आज एउटा जुन देखे आधा रातिमा
तारा हरुले सजिएको आधा रातिमा !
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Wednesday, February 10, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment