गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Monday, February 15, 2010

नसोध मलाई मुटुको चोट

गजल लेखन मिती 2010-02-14

नसोध मलाई मुटुको चोट,आखिर तिमी ले नै देको हौ
नसोध मलाई मनको पिडा,आखिर तिमीले नै छाडेको हौ !


कहाँ दुख्छ कती दुख्छ,यो घाइतेलाई नै थाहा छ
फलामको सुइरोमा उनेर,नबिर्सिने घाऊ तिम्लेनै देको हौ!


कर गरेर जहर पिलायौ,आखिर तिम्रै निम्ती पिइ दिए
फाटेको मनलाई टालेर,मुटुमा सुइरो तिम्लेनै घोपेको हौ !


आत्तिएर भएन रुएर भएन, मनको पिडा लुकाउन लाई
जती लुकाए पनि नछिप्ने यो बदनाम तिम्लेनै देको हौ !


नसोध यो जिबन कहाँ दुख्छ,मिर्त्यु तिमी ले नै देको हौ
नझार बनावटी आंशु,यो कात्रो तिमी ले नै किने को हौ!


अर्पण तामाङ
तरहर-२सुनसरी
हाल दोहा कतार

No comments: