लेखनकाल २०५४साल मंसिर सत्ताइस गते (शहीद भएकी आमा) उपन्यास बाट
उठ्नु पर्छ अबत !!!
उठ्नु पर्छ अबत
न्याय प्रेमी जनता हो !
कती दिन बस्ने हामी
गरीबिको को घाऊ हो!!
गाउं गाउं बस्ती बस्ती
एक भई नजुटे !
पाइदैन न्याय मुक्ती
सामन्ती लाई नगिडे !!
कामी दमाइ छेत्री बाहुन
भन्नु हुन्न अबत !
जात भात धनी गरीब
एउटै हुन्छ रगत !!
सानो ठुलो गोरेटो
एउटै हुन्छ बाटो त !
गास बास मन मिले
भलो हुन्छ जगत !!
अर्पण तामाङ
हांसपोसा-२तरहरा-सुनसरी
हाल दोहा कतार
Wednesday, February 10, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment