गजल
एकान्तमा बस्दा तिमी न आएकै जाती
सम्झी दु:खने पिरती त्यो न लाएकै जाती!
जिउछु बरु तिमी बिना एक्लाई अचेल
मेरो लास तिम्रो लागी नढलेकै जाती!
नभेटिने क्षितिज सँग पिरती गासेर
तिम्रो लागी एकान्तमा नरोएकै जाती!
आजकाल मन परिवर्तन भएको छ
तिमी बिना यो जिन्दगी नचलेकै जाती!
एकान्तमा बस्दा तिमी न आएकै जाती
सम्झी दु:खने पिरती त्यो नलाएकै जाती !
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Wednesday, February 10, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment